Sunday, May 15, 2016

                
                 साभर: धर्मचन्द्र योन्जन तामाङ  

सिङ्गोन सङ्ग उर्गेन पेमा छ्योइलिङ गुम्बाको नबनिर्मित प्रवेशद्वार उद्धाटन तथा छे-वाङ ( दीर्घायु अभिषेक ) कार्यक्रम सम्पन्न !!!

जेठ ०२, काभ्रे।
                   काभ्रेपलान्चोक जिल्लाको सल्लेभुम्लो-३ स्थित सिङ्गोन सङ्ग उर्गेन पेमा छ्योइलिङ गुम्बाको नबनिर्मित प्रवेशद्वार उद्धाटन तथा छेवाङ ( दीर्घायु अभिषेक ) कार्यक्रम सम्पन्न भएको छ । जेठ १ गते भुम्लुसल्ले,फलाँटे,भुम्लिटार,सापिङ,बेख्सिम्ले,चौबाँस,गोठपानी,विर्तादेउराली,र कोलाँती गा.बि.स. का भक्तजनहरुको उल्लेखनिय सहभागितामा परमपुज्यनिय तामाङ टुल्कु लोसाङ नाम्ग्याल रीम्पोछेज्यु बाट उक्त द्वारको विविधत ह्राप्ने ( प्राणप्रतिष्ठा ) गरि उद्धाटन गरिएको हो।
सोहीक्रममा प्रमुख अतिथि टुल्कुद्वारा छे-वाङ दिनुका साथै सोही अवसरमा रिम्पोछेले सहयोगिहरुलाई सम्मान-पत्र तथा बुद्धमुर्तिहरु समेत उपहार स्वरुप प्रदान गरेको थिए।

गुम्बा ब्यबस्थापन समितिको अध्यक्ष नेमा दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रमको विशेष अतिथिहरुमा बौद्धधर्म प्रवर्द्धन तथा गुम्बा विकास समितिको कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङ,जिल्ला विकास समिति काभ्रेका स्थानीय विकास अधिकारी टेकराज निरौला,काभ्रे क्षेत्र नं.४ को सांसद विदुर सापकोटा र काभ्रेका प्रहरी उपरीक्षक राजेन्द्रराज बास्तोला लगायत रहेका थिए।
त्यस्तैगरी अतिथिहरुमा छ्योर्तेन टासी तामाङ गुम्बा नयाँ बस्तीको महासचिव पेम्बा गोले,ताम्बा सङ्घ नेपालका अध्यक्ष  धावावाङ्गेल मोक्तान,साहित्यकार तथा गोले तामाङ वंश उत्थान समाजको सदस्य खोजराज गोले,टासी छ्योर्तेन तामाङ गुम्बाको सह-कोषाध्यक्ष महावीर लामा तथा नेपाल तामाङ सन्स्कृती घेदुङको निवर्तमान अध्यक्ष दोर्जे गोले लगायत रहेका थिए ।

गुम्बाका सचिव इन्द्रबहादुर गोलेले स्वागत मन्तव्य राखेका थिए। सोही क्रममा गोलेले,वि.सं.२०३२ सालमा स्थापित गुम्बाको भवन निर्माण २०३६ सालदेखी शुरु भएको र २०५६ सालसम्ममा सम्पन्न भएको जानकारी दिएका थिए ।
नयाँ समिति तथा सबैतिरको सहयोगका कारण गुम्बा स्थापना र सञ्चालन सफल भएको जनाउदै कार्यक्रममा उपस्थित पाहुना तथा उपस्थित सबैलाई स्वागत गरेका थिए ।

बुद्ध जिवनीसम्बन्धी तामाङ भाषामा रहेको गीत टेकबहादुर घिसिङ र धावावाङ्गेल मोक्तानले प्रस्तुत गर्दै शुरु गरिएको कार्यक्रममा  नेपाल बौद्ध महासंघको महासचिव समेत रहेका आचार्य नुर्बु शेर्पाले प्रबचन दिएका थिए। सोहिक्रममा पञ्चशील र चतुर ब्राह्म विहार लगायतका विषयमाथी स्पस्ट पारेका थिए। शेर्पाका अनुसार पञ्चशील गुम्बा रहेका वा ध्यान्स्थ भइ गुफामा बसेकालाई भन्दा पनि राज्य सत्तामा रहेका नेतृत्वकर्ताका लागि अति आवश्यक रहेको हुन्छ।
कोहि पनि जन्मजात बौद्ध धर्मावलम्बी हुँदैन।बौद्ध धर्मावलम्बी हुन त्रि-रत्नको शरणमा जानुपर्ने हुन्छ। बौद्ध मान्यताअनुसार किराफट्याङ्राले पनि बुद्ध हुनसक्ने गुण राखेको हुन्छ । बुद्ध हुन कुनै निश्चित तोकिएको जातिको मानिस हुनुपर्छ भन्ने छैन।
राग,द्वेष,ईर्ष्या र मोहबाट मुक्त मानिस नै बुद्ध हो। बुद्धको शरणमा गएपछी भने लौकिक देउताको पूजा गर्ने वा शरणमा जानु हुदैन। उपचार वा पूजाको नाममा बलि दिनु हुदैन ।
हिंसा गर्नु हुँदैन।चिन्तनद्वारा पनि हिंसा हुन्छ। अज्ञानता जस्ता
रोगबाट मुक्ति दिलाउने नै बुद्ध हो। उनको दर्शन नै औषधि हो । धेरै बिराम गरेकालाई सही मार्ग निर्देशको लागि सङ्घले सहयोग गर्नुपर्ने हुन्छ। सङ्घमा प्रवेश गरेपछि कुलतमा फसेका का संगत गर्नु हुँदैन। चतुर बह्म विहारलाई बुझ्न सक्नुपर्छ।मैत्री,करुणा,मुदिता र उपेक्षाबारे स्पष्ट हुनसक्नुपर्छ। अरुलाई गाली गर्दैमा आफ्नो भाषा र सन्स्कृतिको जगेर्ना हुँदैन। त्यसैले बौद्ध धर्म मान्ने साथै भाषा र संस्कृतिको संरक्षण सम्बन्धित जाती समुदायकै दायित्व हो। अझै अगाडी,आध्यात्मिक र सामाजिक शत्रु हुने जनाउँदै राग,द्वेष,र मोह आदि आध्यात्मिक साथै बेरोजगारी,अशिक्षा र विभेद आदि सामाजिक शत्रु भएको स्पष्ट पारे। ती शत्रुलाई काट्न हतियार भनेको ज्ञान र शिक्षा रहेको समेत शेर्पाले बताए।

सांसद विदुर सापकोटाले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए।उनले बौद्ध धर्म भनेको बहुजन हितायको सिद्धान्तमा आधारित रहेको बताए। सोही क्रममा गुम्बाको थप निर्माण र व्यवस्थापनको लागि आफु तयार रहेका र सन्स्कृती तथा नागरिक उड्डयन मन्त्रालयबाट सम्बोधन गर्ने गरि आफुहरुले व्यवस्थापन गरेको समेत जनाए।
त्यस्तै गरेर सांसद कोषबाट न्युनतम पाँच लाख उपलब्ध गराउने तथा कोलाँतीको मार्ग निर्माणको लागि तीन लाख बजेट व्यवस्था गराएको जनाउँदै खानेपानीको लागि निवेदन पेश गर्न समेत आह्वान गरेका छन। कार्यक्रममा काभ्रे जिल्लाको स्थानीय विकास अधिकारी टेकराज निरौलाले समेत सम्बोधन गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे। कार्यक्रमको समापन गर्ने क्रममा अध्यक्ष नेमा दोर्जे लामाले आफ्नो हजुरबुबाले २०३२ सालमा शुरु गरेको गुम्बालाई आज यो अवस्थामा स्थापित गराउन सफल भएकोप्रती खुशी व्यक्त गरेका छन।

गत साल गएको भुकम्पका कारण गुम्बाको भवन क्षतिग्रस्त रहेका छ। कतिखेर ढाल्ने हो थाहा छैन।
तसर्थ पुनः निर्माणको जरुरी रहेको गुम्बा व्यवस्थापन समिति लगायत स्थानीयको माग रहेका छ। तथापि हालसम्म यसका लागि खासै सहयोग जुटेको देखिन।


तामाङ बौद्ध महासंघ मलेसिया !!!

0 comments:

Post a Comment

Letest Video

Popular Posts