Saturday, June 18, 2016


लेखक:- सिंह बहादुर तामाङ 
नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रटिष्ठान।

नेपालका विभिन्न भाषा,लिपि,धर्म,संस्कृति भएको समुदाय मध्ये तामाङ समुदाय पनि एक प्रमुख समुदाय हो। तामाङ समुदाय युगौ देखी महायान बौद्ध धर्म सँग सम्बन्धित भएको सर्वविदितै छ। भाषा भनेको मानव समाजको सभ्यताको प्रतिक हो।
भाषा विकासको लागि लिपिको ठुलो महत्त्व हुन्छ। जन्म देखी मृत्यु सम्म तामाङ समाजले सम्भोटा लिपिमा लेखिएको धर्म ग्रन्थको आधारमा पाठ पूजा गर्दै आफ्नो भाषा,लिपि र संस्कृतिको पहिचान राख्न सफल भएको समुदाय हो।

युगौ देखी एकात्मक शासन व्यवस्थाले यहाँका सम्पुर्ण भाषा भाषिहरुको अस्तित्वलाई समाप्त गरिएको सर्वविदितैछ। वि.स. २०४६ सालको जनआन्दोलनबाट सम्पुर्ण समुदायको भाषा,लिपिको माध्यम बाट विद्यालयमा पठन-पाठन गर्न सकिन्छ भनि संविधानमा उल्लेख भएको हुनाले सम्भोटा लिपिमा १ कक्षा देखि ५ कक्षा सम्मको पाठ्यपुस्तक तयार गरि पठन-पाठन गरेको हुनाले तामाङहरुको भाषाको विकास पूर्वाधार तयार भएको देखिन्छ। 
बौद्ध धर्मको विकास नचाहने केही अवसरवादी क्रिश्चियन तामाङहरुबाट सम्भोटा लिपिको ३० वटा वर्णमालालाई छांटकांट गरि २२ अक्षरलाई यथावत राखी ३ वटा अक्षर थपि २५ वटा अक्षर बनाई तामाङ समुदायको भाषा,लिपि,धर्म र संस्कृतिलाई तहस नहस गर्न खोजिएको छ। यस्तो विडम्बना विकृतिलाई तामाङ समुदायले समयमै बुझेन भने भाषा,लिपि,र धर्ममा ठुलो क्षति हुनेछ। तामाङ जाति भाषा,लिपि ,धर्म र संस्कृतिको सम्बृद्धि समुदाय हो।
सम्भोटा लिपिमा लेखिएको महायान बौद्ध धर्म दर्शनमा उल्लेख भएको शब्दहरु जस्तो: आपा, आमा, आले, आगु, अरु, अनी, आङा, ह्याङ्ला, म्हेम्हे, डोन्पो, गोन्पा, लामा, होइसेर, पेमा, डोल्मो, सेरकेयम, चाङमा, नाङसाल, म्हारम्हे, सोलो, छ्योदो भन्ने जस्ता शब्दहरुबाट पनि हामी थाहा पाउन सक्छौं । विश्वमा चर्चित बुद्धको जन्म सिद्ध अनुयायी तामाङ समुदायको लिपि यस्तो हुन्छ, यस्तो हुनुपर्छ भन्ने अधिकार कुनैपनी संघ-संस्था वा व्यक्तिलाई छैन।
तामाङ समुदाय भाषा,लिपि र धर्ममा सम्पन्न भएतापनि आर्थिक रूपमा केही कमजोरी भएको हुनाले विदेश दलालहरुबाट तामाङहरुलाई धर्म परिवर्तन नाममा तामाङ बुद्धधर्मावलम्बी होइनन् तामाङहरुको धर्म भनेको बोन धर्म हो, बोन धर्म भन्दा क्रिश्चियन धर्म हो भनेर गाउँ गाउँमा आर्थिक प्रलोभन देखाउदै धर्म परिवर्तन गर्न लगाई रहेको छ।
त्यसबाट हामी सचेत रहनु पर्दछ। सम्भोटा लिपिको व्याकरण अनुसार तामाङ भाषाबाट पाठ्यपुस्तक तयार गरि पठन-पाठन गरेको खण्डमा तामाङ समुदायको भाषा सम्बृद्ध हुने भयो,सम्भोटा लिपिमा लेखिएको धर्म ग्रन्थ अध्ययन गर्न सकियो भने तामाङ समुदायलाई धर्म परिवर्तन गर्न सकिदैन भनेर केही सवसरवादीहरु छटपटाई रहेको छ। सम्भोटा वर्णमाला व्याकरण अनुसार हाम्रो समाज अगाडि बढेको खण्डमा कुनै पनि रत्नमा लागेको खिया तथा धुलो मैलो सफा गरे त्यस्को असली रुप थाहा पाउन सकिन्छ भने झैँ हाम्रो मौलिक भाषा,धर्म र संस्कृतिको चिनारी हुनेछ।
युगौ देखि सम्भोटा लिपिको व्याकरण अनुसार शब्दकोष प्रकाशन नभइरहेको सन्दर्भमा भाषा, लिपिको विकास र विस्तार गर्न ज्यादै कठिनाइ भइरहेको महशुस भएपछि हामीहरुको अथक प्रयासबाट पहिलो पटक तामाङ सम्भोटा लिपिको शब्दकोष प्रकाशन गर्ने जमर्को गरेको छौँ ।
प्रथम पटक सम्भोटा लिपिमा लेखिएको शब्दकोष प्रकाशन गर्न पाउँदा अत्यन्त हर्षित भएको छु।

यस ऐतिहासिक पहल कदमिलाई वर्षौं देखि यस लेखन कार्यलाई विभिन्न ठाँउका समुदायहरुबाट शब्दहरु संकलन गर्ने कार्यमा सहयोग पुर्‍याउनु भएका 
सुभास योञ्जन तामाङ
डोल्मा योञ्जन तामाङ
नवाथाया योञ्जन तामाङ
सम्पादनको कार्यमा महत्वोपुर्ण सहयोग गर्नुहुने गेशे ङिमा तामाङ र प्रेम लामा तामाङ, प्रकाशनमा सहयोग गर्ने होम बहादुर घिसिङ तामाङ र प्रकाशनको कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पुर्ण महानुभावहरु प्रती हृदय देखिनै धन्यवाद दिदै यस प्रकाशनमा त्रुटि भए सुधारका निमित्त सल्लाह र सुझाव दिनु हुनेछ भन्ने विश्वासका साथ अर्को प्रकाशनमा यहाँहरुको अमुल्य सल्लाह र सुझावको उच्च कदर गर्दै परिमार्जन गरि प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रटिष्ठान 
अध्यक्ष :सिंह बहादुर तामाङ ।

Related Posts:

  • २५६०औं बुद्ध जयन्ती र बेथान यात्रा -२०७३ लेखक:- धर्मचन्द्र योन्जन तामाङ ,कोशीपारी काभ्रे । २०७३ जेष्ठ ३ गते दिउँसो ३-४ यस्तै समय थियो।एकजना बौद्ध धर्मका गुरु ले फोन गर्नुभयो। केही क्षणको वार्तालाप पश्चात् ८ गते बेथान -८ भ्वाँसा, रामेछापमा एउटा कार्यक्रम छ हजुर अ… Read More
  • भोइमो अझै फेरिएको छैन है हाम्रो कोसिपारी लेखक:धर्मचन्द्र योञ्जन तामाङ  जब कालो बादलको खोस्टो ओडेर प्रकृतिले झमझम बर्षा बर्षाउन थाल्छिन अनि सुरु हुन्छ किसानहरुको महान पर्व असारे रोपाइँ। मुठी खाएर मुरी उब्जाउने सिर्जना अनि कामको चटारोले आक्रान्त भए प… Read More
  • प्रथम स्थापना दिवस तथा सम्मान समारोह                          तामाङ बौद्ध महासंघ मलेसिया !!! बौद्ध धर्म गुरु द्वारा (मोन्लाम) पूजापाठ गरि पहिलो वार्षिक साधारणसभा मनाउने तयारीमा छन् । तामाङ बौद… Read More
  • सुजन तामाङ ले ल्याए सैलुङ्गे मैच्याङ संगीत जीवन को एक मिलन बिन्दुमा ल्याउने संगम पनि हो,त्यहीँ संगमलाई संगीतमा माया मोह रहि उदयका एक गायक हुन कोसिपारी का सुजन तामाङ । काभ्रे,कोसिपारी सल्ले-भुम्लुमा बुबा राजेश तामाङ र आमा निर्मला तामाङको कोखमा इ.स. 23 जुलाई 1… Read More
  • इशान बम्जनको नयाँ कोसेली पाँचै पोखरी मेलामा सिन्धुपाल्चोक घर भइ हाल मलेसियामा कार्यरत तामाङ बौद्ध महासंघ मलेसियाका केन्द्रिय सदस्य नवगायक इशान बम्जन हालै मात्रै मलेसियामै रेकर्डिङ गरिका गीत।गीतको बोल (पाँचै पोखरी मेलामा)भन्ने गीत Shine production द्वारा युट्युबमा सा… Read More

0 comments:

Post a Comment

Letest Video

Popular Posts