Sunday, June 26, 2016



साभार:-सैलुङ अन्लाईन

सेलो गीत,संगीतले चिन्न थालेको नाम हो, विशाल योञ्जन तामाङ ।
वि.स.२०५०   सालमा काभ्रेपलान्चोक जिल्ला बेख्सिम्ले -२ आरुबोटमा
पिता पेमा दोर्जे तामाङ र आमा सुनमाया तामाङको कोखबाट जन्मेका जेठा छोरा हो, विशाल ।
विगत केही समयदेखि सांगितिक जगतमा सक्रिय भएर लागि परेको विशालले गीत लेखन, संगीत र स्वर समेत देनि गरेका छन् । प्रगतिशील गीतदेखि मायाप्रीतिका गीतसमेत गाएका योञ्जनले २ दर्जनभन्दा बढी गीतमा संगीत दिइसकेका छन् ।

पहिलो १६ वर्षको उमेरमा
" दुखीले दु:ख विसायो " गीतमा स्वर रेकर्ड गरेदेखि गीत, संगीतमा पसेको योञ्जनले 
तीन-चार वर्ष पछाडि,
स्वयम्भू गाङ्री,
माथी-माथी हिमाल,
हिमालि फेदीमा,
यसपालि ल्होछार,
हिउँदैमा, परदेशी, डाम्फु त छालाले मोरेको, चु ह्युल, माया लाउ देन्बा, अश्याङकी छोरी, ह्याङ्ला चिनारी , ग्याल्बा बजार , काभ्रेली मैच्याङ, मायासे पिन्जी धोका, मैच्याङ नाना, आजभोलिका च्याङ्बा, " हेटौंडा मकवानपुर, स्वयम्भू जात्थाररी " 
लगायत थुप्रै बोलको गीतमा स्वर, शब्द तथा संगीत दिइसकेका छन् ।

उनकै स्वर तथा संगीतमा
" सेलो एल्बम "," जिन्दागीला ग्यालम "
" ह्युल र अमरमुला ह्याङ्ला माया " जस्ता तामाङ चलचित्रहरुमा स्वर संगीत भरेका छन् । त्यसैगरी
"चोखो माया", "तिम्रो हाँसो", " मर्न पनि सकिएन", आधुनिक गीत, " मेरी आमा, कस्तो रहेछ गरिबको कर्म"  लोकगीतमा संगीत भरिसकेका छन् ।
हाल विशाल कला केन्द्र प्रा.लि. जोरपाटीको प्रबन्धक निर्देशकको रूपमा कार्यरत छन् ।
योञ्जनसँग बसेर सैलुङअन्लाईनका अमिर र सनिष योञ्जन तामाङले गरेका प्रत्यक्ष कुराकानीको अंश:

हाल केमा व्यस्तता हुनुहुन्छ ?
तामाङ कथानक चलचित्र "अमरमुला ह्याङ्ला माया" को गीत रेकर्डिङ गर्दैछु। केही एल्बमका गीतहरुमा समेत संगीत गर्दैछु।

यो क्षेत्रमा आउन कसको प्रेरणा मिल्यो ?
मेरो प्रेरणाको स्रोत रेडियो नेपाल हो। रेडियो नेपालको साझा आवाज कार्यक्रम र मेरो बुवा । किनकी मेरो बुवाले सहरबाट सानो रेडियो किनेर ल्याउनु भएको थियो। वास्तवमै बन्नुपर्दा मेरो परिवार र मेरो ठाँउमा संगीत क्षेत्रमा लागेको व्यक्ति कोहि थिएनन् र सांगीतिक वातावरण पनि थिएन। 
मेरो मामा चाहिँ तामाङ चलचित्रमा खेल्नुहुन्थ्यो, संगीतप्रेमी हुनुहुन्थ्यो। उहाँको प्रभाव र सानैदेखी आफैमा गीत, संगीतप्रती चासो र इच्छा बढ्न थाल्यो।

सांगीतिक यात्राको यो घडीसम्म आइपुग्न कतिको संघर्ष गर्नुभयो?
संघर्ष त धेरै गरियो। कलाकार बन्छु भनेर एसएलसी सक्ने वितिकै गाउँको कलेज छोडेर संगीतको अध्ययनकै लागि काठमाडौं कलेजमा भर्ना भएँँ।
बिहान कलेज, दिउँसो काम र बाँकी बेलुकाको समयमा ट्युसन ल्कास सकेपछि संगीत सिक्न जान्थे । यसरी नै कलेजको अध्ययनसँगसँगै संगीतको अध्ययन गरे।
पछि गीत रेकर्डिङ र एल्बम निकल्ने बेलामा धेरै दु:ख गर्नुपर्‍यो । अझै पनि यसरी नै श्रोताहरुलाई आफ्नो सिर्जनाले सन्तुष्ट दिलाउन संघर्ष गरिरहेकै छु गरिरहन्छु।

यस क्षेत्रमा कतिको प्रतिस्पर्धा गर्नुपरेको छ ?
अहिले हरेक क्षेत्रमा प्रतिस्पर्धाकै समय छ। झन संगीत क्षेत्रमा त अत्यधिक प्रतिस्पर्धा छ। धेरै पुरानो तथा नयाँ प्रतिभाशाली व्यक्तिहरु हुनुहुन्छ । त्यसैले आ-आफ्नो कलाले प्रतिस्पर्धा गर्नु त जरुरी नै छ, गर्नुपरेकै छ।

संगीत शिक्षाको बरेमा यहाँको धारणा के छ ?
अहिले संगीत क्षेत्रको माहोल र अवस्थाअनुसार संगीत शिक्षा लिन जरुरी छ। विधिवत रूपमा संगीत अध्ययन गरेर यस क्षेत्रमा आउँदा आफुलाई र सिङ्गो नेपाली तथा तामाङ संगीत जगतलाई पनि राम्रो हुन्छ, जसका कारण राष्ट्रलाई समेत ठुलो योगदान दिन सकिन्छ ।

तामाङ गीतसंगितको अवस्थाबारे तपाईले बुझेका कुराहरु के के छन् ?
तामाङ गीतसंगीतले पहिलेको तुलानामा ठुलो आकार लिइदैछ।
प्रतिभाशाली कलाकारहरुको आगमन पनि बढ्दो छ । समग्रमा भन्नुपर्दा तामाङ गीतसंगीतले राम्रै रुप लिइरहेका छन् ।

तामाङ संगीत क्षेत्रको भरमा भविष्य बन्ला ?
अहिलेको स्थितिअनुसार तामाङ संगीत क्षेत्रमा मात्रै चाहिँ गाह्रो नै पर्ला ।

अबको यहाँको नयाँ कोशेलीस्वरुप बजारमा के ल्याउदै हुनुहुन्छ ?
२०७२ सालमा अपुरा भएका कामहरु २०७३ सालमा नयाँ कोशेलिस्वरुप श्रोता,  दर्शकमाझ मेरो आफ्नै बिशाल कला केन्द्र प्रा.लि. को ब्यानरमा निर्मित तामाङ कथानक चलचित्र ह्युल छिट्टै प्रदर्सनमा ल्याउदैछु। जसमा मेरो शब्द , संगीत र स्वर रहेको छ। धेरै समयपछि अब फेरि श्रोताहरुमाझ मेरो एकल आधुनिक गीति एल्बम ल्याउने तयारीमा छु ।

विशाल कला केन्द्रमा सिक्न के के पाईन्छ ? र कहाँ अवस्थित छ ?
यो विशाल कला केन्द्र संगीत विद्यालय हो, यसको म अहिले प्रबन्ध निर्देशकको रूपमा कार्यरत छु।
यस विद्यालयमा दक्ष तथा अनुभवी प्रशिक्षकहरुरुद्वारा गायन, वाद्यवादन, नृत्य , अभिनय र उद्धोषनका कक्षाहरु सिकाइन्छ। हरेक विद्यामा दक्ष तथा ख्यातिप्राप्त प्रशिक्षकहरु हुनुहुन्छ ।
यस विशाल कला केन्द्र प्रा.लि. मार्फत धेरै वटा एल्बम उत्पादन तथा बिक्रीवितरण र दुईवटा तामाङ भाषाका चलचित्र निर्माण गरि सकेको छन् ।

तपाईले पहिलो गीत कति वर्षको उमेरमा गाउनुभयो ?
गाउन त म स्कुल पढ्दादेखि नै कार्यक्रमतिर मादल बजाएर गाउने गर्थे । तर एसएलसी सकेपछि १६ वर्षको उमेरमा मैले पहिलोपल्ट तामाङ सेलो गीत रेकर्ड गरें।

अन्त्यमा श्रोताहरुलाई के भन्न चाहनुहुन्छ ?

हजुर, म मेरो श्रोताहारुलाई धेरै धेरै सम्झना गर्न चाहन्छु र हरपल सम्झिरहनेछु । किनकि मैले गरेको हरेक सिर्जना, म श्रोताहरुलाई नै मध्यनजर गरेर सिर्जना गरेको  हुन्छु । संगीतमा मेरो मनमुटु जति छ, त्यति नै श्रोता पनि हुनुहुन्छ । त्यसैले यसरी नै यहाँहरुको माया, सल्लाह,सुझाव पाइरहुँँ । सधै सधै यो नेपाली तथा तामाङ गीत संगीतलाई माया गरिदिनुहोला भन्न चाहन्छु। मेरो गीत , संगीत तथा आवाजलाई  सधैभरि कोशेलिस्वरुप स्विकारिदिनु, सुनिदिनुहोला पनि भन्न चाहन्छु । तपाईलगायत सैलुङअन्लाईन टिमलाई धेरै धेरै धन्यवाद र सम्पुर्ण श्रोताहरुलाई पनि धेरै धेरै धन्यवाद छ ।



Thursday, June 23, 2016



लेखक:धर्मचन्द्र योञ्जन तामाङ 


जब कालो बादलको खोस्टो ओडेर प्रकृतिले झमझम बर्षा बर्षाउन थाल्छिन अनि सुरु हुन्छ किसानहरुको महान पर्व असारे रोपाइँ। मुठी खाएर मुरी उब्जाउने सिर्जना अनि कामको चटारोले आक्रान्त भए पनि मन नथाक्ने उत्साहको याम हो असार । त्यसैले त असारे झरीमा रुझेर हरेक बर्ष किसानहरु रोपाइँको आनन्द लुट्ने गर्दछन्। भनिन्छ असारमा रुझ्नेको आनन्द किसानहरुलाई मात्र थाहा हुन्छ । असारको महिना,लामो दिन,छोटो रात । एक हरिस दुई जुवा माथि आइसकेको हुन्छ घाम, म उठेर आङ तन्काउँदा। झाल्को पर्दा खोलेर हेर्छु, घाम अघि नै छिप्पिसकेको हुन्छ । खोपोङ,नगरकोट अनि बुँदी सबैतिर सुनौलो घाम छरिएर घमाईको भएको हुन्छ । अहो! यो उषाकालिन धर्ती कति सुन्दर देखिएको हँ ? म प्रकृतिको सुन्दरताले मोहित हुन्छु । रातभरी पानी परेको छ। बिहान पनि आकाश सफा छैन।बादलको पर्दा फाटेको ठाँउबाट घामले धर्ती चिहाउँदै छ । आद्र धर्तीमा न्यानो घाम पोखिएको छ। सम्झन्छु सानो बस्ती फलाँटे म बसेको ठाँउबाट नजिक छ ।



दोलालघाटको स्टिल ट्रस्ट पुल अनि वल्लो चाइनिज पुल तरेर त्यो कोसिपारीको भुम्लुबेशी (फलाँटे) फाँटका खेतका गह्रा-गह्रामा भएको असारे रोपाइँको याद अरनिको लोकमार्ग हुँदै मेरो मानसपटलमा असरल्ल आइरहेछन।संगैको अरु दौँतरीहरु कसरी सम्झिँदा हुन असारलाई ?

कहाँ होलिन् ती उर्साङ, पेमा, छ्योइसाङ लगायतका रोपारहरु ? जसको गालामा मैले हिलो दलेको थिँँए । अनि कहाँ होलान् मेरा दौँतरी बाउसेहरु। मलेसिया, साउदी, कतार तिर पो छन् कि कि कतै जापान, अमेरिका, अस्टे्रलिया तिर ? म त यता शहरमा रुमल्लिरहेको छु ।गाउँमा खेत बाँझो होला,बारीहरु जङ्गलमा परिणत भैसकेका होलान् । यता खोपोङ(भक्तपुर) शहरका खेत कंक्रीटको जंगलमा फेरिदैछन्, याम्बु(काठमाडौं)को त कुरै नगरौं दाम्बुलिङ(छिचिमिरा) सरि छन् मान्छेहरु, अनि तिनै साम्बुलिङ सरि मान्छेहरु बस्ने जङ्गल पनि त त्यही संख्यामा हुनै पर्‍यो।


रातभरिको सिमसिम पानी, अनि त्यसमाथि बिहानीको सुनौलो घाम फलाँटे फाँटमा पोखिँदा नयाँ दुलही झैँ देखिएको होला। अहिले त्यस फाँटमा खेतका गह्रैभरी मान्छे सल्बलाउन थालेको होलान् । फलाँटे लगायतका कोसिपारीका किसानहरु सबैलाई मुरी भित्र्याउने सपना बोकेर मानो रोप्ने असारको चटारोले छोपिसकेको होला । म सन्झन्छु यतिखेर कोहि खेतका गह्रामा पानी मलाउँदैछन्। कोहि 'ह ह ह तारे-माले उभो आइज होर' भन्दै जोतीरहेका छन् ।कोहि खनिरहेका छन् ।कोहि आली लगाइरहेका छन् । कोहि बीउ काड्दैछन् ।अनि यहाँ खोपोङ शहरमा बाँकी रहेका केही खेतीयोग्य जमिनमा खेतिपाती लगाउने किसानहरुको चहलपहल देख्दा लाग्छ मेरो कोसिपारी फलाँटेमा पनि भरे दिउँसो रोपाइँ छ। मान्छेहरु यताउता यताउता हिडिरहेका छन्, सल्बलाइरहेका छन्। मेरा मनभित्र पनि फलाँटे कुनै समयमा गरिएका रोपाइँको यादहरुको चटारो चलिरहेको छ।



खेतको फाँटमा मान्छेको चहलपहल, आलीबाट पानी झरेको दृश्य,आद्र धर्ती अनि सिमसिम पानी सबैले मेरो स्मृतिमा गाउँ ल्याइदिन्छन्। मेरो मनका नागबेली अरनिको लोकमार्गको बाटो हुँदै त्यो फाँटमा बितेका मेरा ती बाल्यकालीन स्मृतिहरु ह्वारह्वार्ती झ्यालबाट मकहाँ छिर्छन। म न्यानो स्वागत गर्छु भोइमोसंगै लाठे अनि रोपार बनेर गएका ती दिनहरुका स्मृतिलाई। अनि सपनीमा धित मर्ने गरि डुल्छु आफू हुर्किबढेको पहाडी खेत फलाँटेमा। हामी त पहडी मान्छे,तराईमा वा उपत्यकामा घुम्दा-फिर गर्दा त सबै खेतैखेत पो देखिन्थ्यो। पहाडमा खेत भन्दा बारी धेरै हुन्छ। त्यसैले खेतको महत्त्व धेरै हुन्छ। भिरालो पाखामा आली बारिएका ती खेतका गह्राहरुले हामीले खाने अन्न मात्र फलाएनन, हामीलाई हुर्किन पनि सिकाए। दौँतरी चिनेको,लुकामारी र डुम खेल्न सिकेको, गीत गाउन सिकेको, चोर-पुलिस खेल्ने सिकेको अनि लाप्पा खेल्न शुरु गरेको त्यहीँ त हो नि।



मलाई त लाग्छ तिनै खेलका साँघुरा गह्राहरुले सिकाएका बाल्यकाल भन्नू जम्मै सिक्नु जस्तै रहेछ। के सिकिएन हौ गाँठे खेतमा बसेर। कति सम्झनाहरु त मेरा यी मानसपटलमा अझै ताजै छ। कतिपय साथीहरुले त स्कुसको सुकेको पात भेला पारी अँगेरिको पातमा बरेर बिंडी खाएनन कि! 

कसै-कसैले त बाको खल्तीमा भएको खुकुरी चुरोट पनि उडाए। अनि पछि थाहा पाउदा राम धुलाई पाएनन् की! आम्मा हो के चिज सिकाएन खेतले? अहिले सम्झंदा लाग्छ जे सिकियो खेतमै सिकियो। उपद्रो पनि खेतमै सिकियो।


मलाई याद छ त्यसबेला म भर्खर स्कुल जाने थालेको थिएँँ। उ बेलामा त ७ वर्षमा स्कुल भर्ना भएको थिएँँ अरे। एकपटक चोर पुलिस खेल्दा भुमेडाँडाकि गणेशकुमारी ठुली आमाको दाउराको कुन्युँँ लडायौं। आजसम्म थाहा छैन हामी तीन - चार जना बाहेक अरुलाई त्यो कुन्युँँ कस्ले लडाएको हो। हाम्रो भन्दा तल रातेमाटे गाउँका भुजेल अनि भुमेडाँडाका खरेल साथी हरु टिमै लिएर तेर्सिन्थे। भुम्लोवेशीका तामाङ र गिरी साथीहरु पनि टिम बनाएर आउँथे।हामी पनि जुरेडाँडाको योञ्जन बस्तीबाट बीच खेतमा जान्थ्यौं। फाँटका बीचमा भुजेल गाउँ थियो।अनि फाँटसंगै जोडिएको अर्खौलेको भुजेल र मध्य फलाँटेका डोल्मो, पासाङ, छ्योअीह्लामुहरु पनि आउँथे,यस्तै टिम बन्थ्यो। तीन टोली,चार टोली, पाँच टोली हुन्थ्यो। कोही चुङ्गी खेल्थे,कोही गट्टा, लुकामारी,छोइडुम अनि चोर-पुलिस खेल्थे। फुटबल हाम्रो पहुँचमा थिएन।प्लास्टिक अनि थोत्रा कपडाको डल्लोलाई फुटबल मानेर चनौटे खेतको ठुलो गह्रामा भालेकप खेल्थ्यौं। जस्ले जिते पनि सबै मिलेर भाले खान्थौं पैसा हुँदा।

पैसा नभए खेलको विश्लेषण गरिन्थ्यो,हिडिन्थ्यो। बर्खालागेपछी हाम्रो फुटबल मैदानमा कुलो पस्थ्यो,पानी पस्थ्यो। अलिक दिनमा हल गोरु पस्थ्यो।बाँझो फुटाइन्थ्यो र खेलमैदान मासिन्थ्यो। फुटबल खेल्ने खेल मैदानको आली काटिन्थ्यो,भित्ता खुर्किएरपछि धान पोप्न लायक बनाइन्थ्यो।अनि बीउ हुर्किएपछि खेत हिल्याउन शुरु हुन्थ्यो।हिल्याएपछि आली लगाइन्थ्यो अनि रोपाइँ हुन्थ्यो।हामिले जान्दा रोपाइँमा पञ्चेबाजा बजेनन् तर हजुरबुवा अनि हजुरआमाले रोपाइँमा पञ्चेबाजा बजाएर बेठी लगाइन्थ्यो भनेर सुनाउनुहुन्थ्यो,हामिले उबेला मै कथा जस्तो लाग्थ्यो अहिलेका केटाकेटीलाई त लोककाथा नै भैसकेको हुनसक्छ। हामी केटाकेटी हुँदा ती बाजा बिहेमा मात्र बज्थे। आजभोलि बिहेमा ब्यान्डबाजा बज्छन्। आजभोलिका बालबालिकाले बिहेमा पञ्चेबाजाको धुन सुन्न नपाए जस्तै हामिले पनि खेतमा गह्रामा पञ्चेबाजाको धुन सुन्न पाएनौं। खेतका गह्राहरुले सुन्न छोडेका थिए।रोपार, बाउसे, हलीले पनि सुन्न छोडेका थिए।
संगीतको कामसंग साइनो हुन्छ। संगीत माही सर्वश्रेष्ठ प्राणी मानवले समय र काम अनुसार सुनिरहनु पर्ने कुरा हो। कुनै समयमा गीत सुनाउदा गाईले धेरै दुध दियो भन्ने  पनि चर्चा चलेको थियो। निकै गाह्रो अनि कठिन काम गर्न मान्छेलाई संगीतले सघाउछ, थकानलाई पन्छाउछ। भनिन्छ संगीतले बिरामीलाई पनि आनन्द दिलाउछ र सन्चो गराउछ।तर , म केटाकेटी हुँदा खेतमा पञ्चेबाजा बज्न छोडिसकेको थियो। रोपाइँमा पञ्चेबाजा सामन्ति संस्कारको घोतक हो। राणाकालमा त कुन्नि के के हुन्थ्यो? बुढापाकालाई मात्रै थाहा होला। अहिलेका बुढापाकाहरुलाई पनि के थाहा होला र ? अलिक पहिलाका बुढापाकाहरुलाई त अवश्य पनि।थाहा होला। पञ्चायतकालका कुरा चाहिँ मैले पनि सुनेको छु। मुखिया- काजीको खेतमा रोपाइँ हुँदा मात्रै पञ्चेबाजा  बज्थ्यो। सर्वसाधारणको खेतमा बज्दैनथ्यो। गाउँले अर्थात प्रजाहरु जान्थे र मुखिया काजीको खेतमा नि:शुल्क श्रम गर्थे । दमाईहरुले नि:शुल्क पञ्चेबाजा बजाउँँथे। रोपाइँ सकेर काजी-मुखिया परिवारका लागि घोर्ले खसी ढालिन्थ्यो। अरुका निमित्त होइन अरुले त दु:ख परिश्रम गरे सिद्दियो। खेतमा शोषणको स्वरुप यसरी देखिन्थ्यो,जातीय विभेद झल्किन्थ्यो। सुनेको छु,उनीहरुको अहाए खटाए जस्तो काम नगरे कतिपय खेताला प्रजा कुटिन्थे,भकुरिन्थे,अपाङ्ग बनाइन्थे यी सबै अरेको कुरा मात्रै हुन् । यस्ता कथा बोकेका गत्तिला साहित्य नै त्यति छैनन्। रमेश विकलको अविरल बग्दछ इन्द्रावती जस्ता कथा कति होलान् हाम्रो देशको कुनाकन्दरामा। उनले त सुनकोशी नदी किनारका माझीहरको कथा लेखे,अरु हिमाल,पहाड,भित्री मधेश,अनि तराईका समथर भुभागदेखी पहाड र हिमालसम्मका खोंच,गल्छी अनि दुरदराजका कति कथा नलेखिएरै मेटिन लागे,हामिले पढ्न पाएनौं। हामीभन्दा पछिका पुस्ताका लागि लेख्नु झन् जरुरी छ। लेख्ने चेतना भएका,समाज बुझ्नसक्ने थुप्रै लेखक भए पनि किन नलेखेको हुन कुन्नि ? लेखिदिए हुन्थ्यो नि यस्ता शोषण अनि दमनका कथाहरु! त्यो बेला धेरै शोषण पनि खेतमै हुन्थ्यो। हाम्रो समाज र जीवनसँग खेतमै देखिने सामाजिक पद्धति र अर्थब्यबस्थाको प्रतिबिम्ब कसरी जोडिएको छ ? असारे खेतले प्रष्ट देखाउन सक्छ। तसर्थ असारे दमनका कथाहरु लेखिनुपर्छ।२०४६ सालमा सामन्तवाद उन्मुलन प्रक्रिया शुरु भएसँगै देखिन थालेको अर्थब्यबस्थाको पुँँजीवादीकरण पनि खेतमै देखिन्छ,रोपाइँमै देखिन्छ। आजभोलि रोपाइँमा श्रमिकहरु हुन्छन्।कृषि मज्दुरहरु,उनीहरुले पारिश्रमिक पाउँछन्।


तर हाम्रो समाजमा बिद्यमान विभेद अझै पनि त्यही खेतका गह्रामा देखिन्छ। हलीको पारिश्रमिक धेरै हुन्छ,बढी श्रम पर्ने काम हो,गोरुको पनि श्रमको हिसाब हुन्छ।तर,रोपार र बाउसेमा विभेद किन ? किसान त्यो  वर्ग जसले मानव समुदायको प्राण बचाएको छ। संसारको मैहुँ भन्ने मान्छेले खाने खुराक किसान कै पौरख हो। किसान कै पौरखमा संसार चलेको छ। यो हिसाबमा हेर्ने हो भने किसानहरु सबैभन्दा आदरणीय छन्,पूजनीय छन्।किसान धर्तीपुत्र हुन् धर्तीसँग उनको नङ मासुको सम्बन्ध छ। धर्ती न किसानबाट अलग हुन्छ न किसान धर्ती बिना बाँच्न सक्छ। युगौंदेखी किसान र धर्तीको यही सम्बन्ध कायम हुँदै  आएको छ।तर युगले  किसान र धर्तीलाई अलग्याउने प्रयन्त नगरेको होइन।

औद्योगिक क्रान्तिले धर्तीको धेरै पाटोलाई किसानबाट खोसेर लग्यो,धेरै किसानहरुलाई औद्योगिक मजदुर बनायो।त्यही क्रान्ति ले यस धर्तीका केही मान्छेहरुलाई अरवपति-खरबपति बनायो। ती खरबपति-अरबपतिहरुले किसानबाट धर्तीको स्वामित्व खोसे,अझै खोस्ने क्रम जारी छ। संसारका हालत यही छ।यस धर्तीका सच्चा धर्तीपुत्रहरु धर्ती विहिन छन्। आफ्नै धर्तीमा ज्यालादारी मजदुर बनेर असारे रोपाइँ गरिरहेका छन्।तर मंसिरमा धर्तीसँग साइनो न सम्बन्ध भएकाहरुको भकारिमा अन्न घोप्टिन्छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकसित समाजले यसमा परिवर्तन ल्याउला ? सामन्तवादको यो अवशेष अझै हटाउन बाँकी छ,कतिपय कुरा यसरी जोडिंदो रहेछ समाज,खेत र असारसँग। म यही समाजको एउटा अंश,कसरी अजोडिन सक्छु र ? धेरै किसानका छोराछोरीहरु जस्तै मसँग पनि खेत जोडिएको छ।जीवनको अनुभव अनुभुती गर्न मलाई खेतले नै सिकाएको हो। असारे भाका मैले रोपाइँ हुँदै  गरेको खेतका गह्राहरुमा सुनें र आफ्नो समाज र संस्कृति प्रति रुचि बढाएँँ। रोपारहरुको लहरबाट आमादिदीले गाउने मनुस्मृतिमा आधारित चाणक्यवादी सामन्ति संस्कारको जाँतोमा पिसिएका महिलाहरुको वेदनाले युक्त विरही
भाका सुनें। उनीहरु मुक्तिको बाटो नदेखेर, भग्यालाई दोष दिएर झ्याउरे गाउँथे। यी भाकाहरु हाम्रो संस्कृति मात्रै होइनन्, इतिहास पनि हुन्। यिनको संरक्षण गर्ने दायित्व सरकारी रेडियोको मात्रै होइन। यी गीतसँगै मैले पुरुष हुनुको अभिमान गर्न पनि सिंके, रोपाइँको मेलामा।असारे  भाका अरु पुरुषले पनि स्वर थपेर गाए  तर मैले पनि गाइनँ । गाइदिने त ती महिला अनि पुरुषहरु नै थिए-हामी केटाकेटी त रमिते पो। पुरुषहरुले रोपार बन्न नहुने, म पनि बाउसे भइटोपल्थें।यसैगरी केही रोपाइँ हेर्दाहेर्दै म पनि किशोर भइसकेछु। हिलो छ्याप्नुको मज्जालाई रोपाइँमा रमाइलोको पर्यायवाचीको रूपमा लिइन्थ्यो। खुब छ्यापियो हिलो उर्साङ, पेमा, छ्योइसाङ लगायतका रोपारहरुलाई। हिलो छ्यापेपछि निथुरक्क भिज्थे उनिहरु।लुगा शरिरमा चपक्क टाँसिएपछि शरिरको आकार-प्रकार बाहिरबाटै प्रष्ट देखिन्थ्यो । यो दृश्यमा रमाउन पनि रोपाइँले सिकायो। अनि मेरै उमेरका ती किशोरीहरु यस्तोबेला लजाएर गाला रातो पार्थे। हिलाम्य हात म गालामा दलिदिन्थें। उनिहरु अझ लजाएर कर्के नजरले हेर्थे । त्यतिबेला मनमा प्रेमको मुना पलाएछ। त्यतिबेला पलाएको प्रेम अर्गानिक प्रेम हुन्थ्यो।त्यतिबेलै थाहा भएछ प्रेम गर्नुपर्छ। हुन त असार प्रणयको सूत्रमा बाँधिदिने याम पनि हो। यौवनको खुट्किलो उक्लन्दै गरेका युवायुवतीहरु धेरैले असारे रोपाइँबाटै मायाको माखेसाङ्लो बुनेको अथा किसानहरुमा प्रशस्तै पाईन्छ। हिलो छ्यापी होस् वा गह्रामा खाल्डो खनेर रोपाहरुलाई डुबाउने खेल प्रणयकै प्रारम्भिक विन्दु हुन्।


हो यस्तै अर्गानिक प्रेमकी एकजना पात्र भोइमो थिइन। पहिले पहिले धानसंग आलु साँटन कोसिपारीको बेखसिम्लेतिरबाट मानिसहरु वेंशितिर झर्थे तर हामी हामीले प्रेरेम बुझ्ने समयमा हामी आलुको बिउसंग साँट्न धान लिएर जान थालेका थियौं

 त्यही बेख्सिम्लेकी भोइमो राजनितीक उथलपुथल ल्याएर कोसिपारी क्षेत्रमा कृषिको आधुनिकरण गरेर समुन्नत कोसिपारी निर्माण गर्ने उद्देश्यका साथ रातो क्रान्तिमा होमिएकी थिइन। हजारौं किसानहरुको नाममा धर्तीको एक टुक्रो छैन, लाखौंको भागमा रेखा-पाखोमात्र छ। माटोसँग अपरिचित मुठ्ठीभर भु-माफियाहरुको नाममा हजारौं विगाह जमिन अलपत्र छ,जहाँ हरूवा बनेर किसानहरु रोपाइँ गरिरहेका छन्। मुठ्ठी खाएर मालिकको नाममा मुरि उब्जाइरहेका किसानहरुको यो ब्यथा युगौं पुरानो हो। नेपाली माटोले धेरै पल्ट परिवर्तन भोग्यो,प्रत्येक परिवर्तनसँगै भूमिसुधारको चिल्ला नारा फलाकियो तर न भूमीहिन जनताहरुको नाममा एकटुक्रा जमिन दर्ता भयो न भू-माफियाहरुको एक विगाह जमिननै राष्ट्रियकरण हुन सक्यो।
जस्ले जमिन जोत्छ त्यो जमिन जोत्नेको हुँदैन भने त्यहाँ जोत्नेले दिलैदेखी काम गर्दैन। जहाँ मन लगाएर काम गरिदैन त्यहाँ उत्पादन क्षमता अनुसार हुँदैन । नेपालको कृषि प्रणालीले एकातिर आधुनिक कृषि प्रविधि अपनाउन सकेको छैन, अर्कोतिर जमिन जोत्नेको नहुँँदा उत्पादन भने अनुसारको भईरहेको छैन। त्यतिबेला पहाडी क्षेत्रमा त उत्पादन ह्रास हुने क्रम अत्याधिक छ, कारण हजारौं जमिन बाँझिएर बसेको छ। नयाँ पुस्ताको सहर पस्ने र बिदेशिने पवृती बढेकाले जमिन बाँझो रहेर उत्पादनको क्षमता ह्रास हुनु परेको हो। आज गाउँमा हलो जोत्ने र बाउसे गर्ने युवाहरुको खडेरी छ।उमेरले डाँडो काटिसकेका हजुरबाहरुको हातमा हलगोरु र कोदाली थमाइएका छ। घरले जा जा बनले आइज आइज भन्ने उमेरमा हलो कोदालो गरिरहेका हजुरबाहरुलाई रोपाइँको के महत्त्व ? हिलो छ्यापेर हौस्याउने बाउसेहरु नै नभएपछि रोपारहरुलाई असारे गाउने के को जाँगर ? असार पन्ध्र ले दहि र चिउरा नबिर्से पनि रोपाइँले बेठी बिर्सिसक्यो। रोपारहरुले धानको बिउ हिलोमा गाड्न नबिर्से पनि असारे भाका भुली सक्यो।


हो तिनै भोइमोप्रति मेरो प्रश्न मनमनै तेर्सिएको छ। र त माथिल्लो अनुच्छेदमा भोइमोसंग अकोहोरो प्रश्न गरेछु। भोइमो अब तिम्रो त्यो रातो क्रान्तिले पनि असारका परिवर्तित कथाहरु अनि परिवर्तित कथामा किसानका भविश्यहरु लेख्न सकेन।

कृषिलाई आधुनिकरण नगरेसम्म र जमिन जोत्नेको अबनाएसम्म राष्ट्रको उन्नति केवल कल्पना मात्र हुने छ। हो तिमी पनि यस्तै भनेर विगतका दिन्हरुमा भाषन गर्थ्यौ अब यो देशमा कृषि क्रान्ति गर्नु पर्छ। यहाँका जनतालाई समृद्ध बनाउन भनेर रातो क्रान्तिमा लागेको भोइमो तिमीलाई मुहार्पुस्तिका झल्क्क देखें। पछि मुहारपुस्तिका भरी असिनपसिन हुने गरि खोजें तर कतै भेट्न सकिएन। हुन त गाउँमा हुँदा पो सबै कुरा अर्गानिक,क्रान्तिमा लागे पछि त त्यतिखेरको त्यो  अर्गानिक प्रेम अनअर्गानिकमा परिणत भयो है। हुन त म पनि क्रान्तिकारी विचार नै बोकेको व्यक्ति हुँँ तर त्यो रातो क्रान्तिले मेरो मन जित्न सकेन। त्यसैले त आज अर्गानिक मान्छे पनि अनअर्गानिक भैरहेका छौं है ।


हिजो रातो क्रान्तिका माध्यमबाट नेपाली राजनीतिक धरातलमा भएको संविधानसभाको निर्वाचन मार्फत कोसिपारी क्षेत्रको प्रतिनिधित्व गरेर सुर्यमान दोङ र तेजबहादुर मिजार सभासद बने,विभिन्न कारणले संविधानसभा विघटन भयो। ती सभासदले कोसिपारीलाई फर्केर हेरेनन।दोस्रो संविधानसभाको निर्वाचन भयो तर रातो क्रान्तिलाई कोसिपारीले रुचाएन। तसर्थ भोइमो कोसिपारी क्षेत्रमा रातो क्रान्तिले भनेजस्तो अनि कोसिपारीका जनताले चाहेजस्तो परिवर्तन हुनसकेको छैन। बरु  नकारात्मक परिवर्तन प्रशास्तै भैसकेको अवस्था छ। आज फुर्वा, छेडुप अनि दावा नाम्ग्यालहरु विदेशी भूमीमा पसिना चुहाउन बाध्य छन्। कोसिपारीको ५०% जमिन बाँझो छ। एकतर्फी चल्ने साङुरा कच्ची मोटर बाटोमा चल्ने अरनिको कोसिपारी यातायातका गाडीहरु पनि हल्का वर्षा हुने बित्तिकै दोलालघाटबाट उकालो लाग्न मुस्किल छ।

अनि असारे रोपाइँका निमित्त किसान्हरुको खाद्य सामाग्री बोकेर गाडी उकालो लाग्न नसके।पछि ती किसानको हालत कस्तो होला? तसर्थ भोइमो अब फुर्वा, छेडुप अनि दावा नाम्ग्याल अनि उर्साङ,पेमा, छ्योइसाङहरुजस्ता युवाहरुलाई यही ठाँउमा केही गर्न अभिप्रेरित गर्नु छ। भोइमो अझै फेरिएको छैन है हाम्रो कोसिपारी। यही कुरा फुर्वा, छेडुप अनि दावा नाम्ग्याल अनि।उर्साङ, पेमा, छ्योइसाङ्हरुजस्ता युवाहरुलाई सुनाउनु छ र भन्नू छ विदेशमै बसे पनि गाउँलाई माया गर्नुपर्छ, यसलाई काभ्रेको कर्णाली हैन काभ्रेको सिङ्गापुर उपमा दिइनेगरी युवाहरु लाग्न जरुरी छ।यादहरु संगाल्दा-संगाल्दै यहाँसम्म आइपुगिएछ। यहाँ माया-पिरतीका सस्ता शब्दहरुले धेरै किताबका पानाहरुको ओईरो लाग्यो,प्रगति र विकासवादको नाममा मार्ने र मर्ने कुराको ब्याख्या धेरै भयो तर किसानको छोराछोरीले धानिरहेको नेपालको कृषि क्षेत्र आज बेवारिसे छ।
तसर्थ अझै पनि कोसिपारीलाई परिवर्तनलाई मार्गनिर्देशन गर्न सक्ने दिशा-निर्देशक युवाको खाँचो छ।


            हो हो रे हो हो हो

            हो हो रे हो हो हो


हल गोरु सायौं असारे गायौं ढल्कियो हेर दिन

पसिना खेतमा बगाउन अब नमनौ लाज घिन!


गहिरी खेतको यो भेट हजुर हन्दैन हम्मेसी 

भविश्य आफ्नै माटोमा खोज्न फर्क है परदेशी !
    
                 हो हो रे हो हो हो
                 हो हो रे हो हो हो........




Wednesday, June 22, 2016


      तामाङ बौद्ध महासंघ मलेसिया

यस संसारमा विभिन्न प्रकारका प्राणीहरुको  जन्म हुन्छ र समयको प्रवाह संगसंंगै हुर्कदैँ बढ्दै जान्छ,वयस्क हुन्छ र अन्ततः बृद्धअबश्था पार गर्दै यस संसारमा जन्म लिने प्राणीहरु मध्येको सर्वश्रेष्ठ प्राणी मानव हो,यस तथ्यलाई सारा विश्वले मानेको छ।

आज यस संसार हत्या-हिंसा, लगायतका विभिन्न अपराधहरुले आक्रान्त छ।
आजभन्दा २५६० वर्ष पहिल्यै सिद्धार्थ गौतम बुद्धद्वारा प्रतिपादित विश्व शान्तिको सिद्धान्तलाई मानव जीवनमा प्रयोग गर्न नसक्नु नै यसको मुल कारण हो ।
हो यहाँ बुद्धका बोधीज्ञान आम जनमानसमा फैलाउनका निमित्त थुप्रै रिन्पोछेहरुको जन्म भइसकेको हामिले सुन्न पाउँछौं। ती रिम्पोछेहरु मध्येका एक हुनुहुन्छ क्याब्जे खेन रिम्पोछे गेशे ङिमा तामाङ।
वहाँ आजभन्दा ४५ वर्ष अगाडी जुन २३ का दिन ललितपुर जिल्लाको कालेश्वर गाउँ विकास समितीमा जन्म भएको थियो।

आज जुन २३,२०१६ उनै परमपुजनीय क्याब्जे रिन्पोछे(तामाङ खेन रिन्पोछे) गेशे ङिमा तामाङज्युको जन्मदिन परेको छ।
वहाँ आज बाट ४४औ वसन्त पार गर्दै ४५औं वसन्तमा प्रवेश गर्दै हुनुहुन्छ।
यस परमपावन अवसरमा परमपुजनीय तामाङ खेन रिन्पोछे गेशे ङिमा तामाङज्युमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। साथै तामाङ समुदायका निमित्त वहाँले पुर्‍याउनु भएको योगदानको मुल्यांकन आम तामाङ समुदायले गरिरहेको कुरा यदाकदा सुनिनमा आइरहेको हामीले पाएका छौं। तसर्थ तामाङ बौद्ध महासंघ नेपालको अध्यक्षसमेत रहनुभएका तामाङ खेन रिन्पोछेज्युको अमृतमय वचनद्वारा आम तामाङ समुदायलाई सच्चा बौद्ध धर्मावलम्बीको रूपमा परिचीत गराउन सफल होस् भन्ने कामना सहित वहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै जिन्दगीका हरेक पाइलाहरुले सफलताको शिखर चुमिरहोस, शब्द रूपी शुभकामनाका पुष्पगुच्छा समर्पण गर्दछौं।

तामाङ बौद्ध महासंघ मलेसिया परिवार।

Saturday, June 18, 2016


नवगायक प्रदीप योञ्जन बारे ''परिचय''
काभ्रे कोशिपारी,१७ गा.बि.सा. मध्ये एक सिन्धुपाल्चोकको बोर्डर/सिमाना पर्ने गा.वि.सा. हुन बेख्सिम्ले।
बेख्सिम्ले,हिले स्थाइ घर भइ अध्ययनको क्रममा प्रदीपले ''श्री बान देवि माध्यामिक बिद्यालय'' बेख्सिम्लेमा गरेका हुन भने प्रदीप सानैदेखि नै संगीत प्रती निकैनै चासो लिने र बिद्यालयमा प्राय:शुक्रबार को दिन केही क्रियाकलाप पश्चात नाच गान हुने गर्थ्यो त्यस बेलामा पनि प्रदिप गीत गाउने बाजागाजा बजाउथे भन्नुभएको थियो।
त्यसै अध्ययन सिलसिलामा प्रदीप एक दिन काठमाडौं निस्के आफ्ना मनमा भएका सिर्जना हरु बटुलेर,केही वर्ष काठमाडौं मै बिताउने क्रममा आफ्नो कलालाई आत्मसात राख्दै,गायन क्षेत्रमा लाग्नु भन्दा पहिले म्युजिक भिडियो मा पनि मोडल गरिसकेका छन,जुन म्युजिक भिडियोको गीतको बोल रहेका छन "गुराँस हिमाल"योञ्जन डिजिटल हाउस मार्फत युट्युबमा रहेका छन,र आज भन्दा २ वर्ष पहिले कामको सिलसिलामा मलेसिया आउनु भयो। अहिले प्रदीपले मलेसियामा रहेर मन को धोको पुरागरेरै छाडे ''कोशिपारी'' बोल को गीत मलेसिया मै रेकर्डिङ गरेका छन भने Shine production द्वारा युट्युबमा सार्बजनिक गरेका छन,
जसमा शब्द:- प्रदीप योञ्जन,संगीत:- प्रयास दोङ,स्वर:- प्रदीप योञ्जन र शसिकला मोक्तान ले साथ दिएका छन।

भने फेरि पनि प्रदीपले ''सुनकोसी सिरमा घर'' बोलको सेलो पप गीत पनि ल्याउने भएका छन।जसमा शब्द:- ङिमा दोङ, संगीत:- प्रयास दोङको रहेको छन भने ''चन्चले चन्चले भो मेरो मन"
शब्द:- प्रदीप योञ्जन, स्वर:- सगर योञ्जन र शसिकला मोक्तान ले दिएको छन, त्यसैगरी अर्को अती मार्मिक शब्दमा प्रदीपले नै तयार गर्नु भएको छन।
"पर्देशिनु रहर होइन गरिबको कारण ले" बोलको गीत पनि रहेका छन, जसमा शब्द:- प्रदिप योञ्जन, स्वर:- पल्दोर्जे पख्रीन, संगीत:- भने प्रयास दोङ ले नै दिनुभएको छ बताउनु भएको हो।
यी सबै गीत हरु भने shine production द्वारा नै युट्युबमा ल्याउने र अर्को महिनाको तेस्रो हप्ता भित्र तयार हुने भन्ने बारेमा पनि जानकारी गरौंनु भएको थियो।



लेखक:- सिंह बहादुर तामाङ 
नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रटिष्ठान।

नेपालका विभिन्न भाषा,लिपि,धर्म,संस्कृति भएको समुदाय मध्ये तामाङ समुदाय पनि एक प्रमुख समुदाय हो। तामाङ समुदाय युगौ देखी महायान बौद्ध धर्म सँग सम्बन्धित भएको सर्वविदितै छ। भाषा भनेको मानव समाजको सभ्यताको प्रतिक हो।
भाषा विकासको लागि लिपिको ठुलो महत्त्व हुन्छ। जन्म देखी मृत्यु सम्म तामाङ समाजले सम्भोटा लिपिमा लेखिएको धर्म ग्रन्थको आधारमा पाठ पूजा गर्दै आफ्नो भाषा,लिपि र संस्कृतिको पहिचान राख्न सफल भएको समुदाय हो।

युगौ देखी एकात्मक शासन व्यवस्थाले यहाँका सम्पुर्ण भाषा भाषिहरुको अस्तित्वलाई समाप्त गरिएको सर्वविदितैछ। वि.स. २०४६ सालको जनआन्दोलनबाट सम्पुर्ण समुदायको भाषा,लिपिको माध्यम बाट विद्यालयमा पठन-पाठन गर्न सकिन्छ भनि संविधानमा उल्लेख भएको हुनाले सम्भोटा लिपिमा १ कक्षा देखि ५ कक्षा सम्मको पाठ्यपुस्तक तयार गरि पठन-पाठन गरेको हुनाले तामाङहरुको भाषाको विकास पूर्वाधार तयार भएको देखिन्छ। 
बौद्ध धर्मको विकास नचाहने केही अवसरवादी क्रिश्चियन तामाङहरुबाट सम्भोटा लिपिको ३० वटा वर्णमालालाई छांटकांट गरि २२ अक्षरलाई यथावत राखी ३ वटा अक्षर थपि २५ वटा अक्षर बनाई तामाङ समुदायको भाषा,लिपि,धर्म र संस्कृतिलाई तहस नहस गर्न खोजिएको छ। यस्तो विडम्बना विकृतिलाई तामाङ समुदायले समयमै बुझेन भने भाषा,लिपि,र धर्ममा ठुलो क्षति हुनेछ। तामाङ जाति भाषा,लिपि ,धर्म र संस्कृतिको सम्बृद्धि समुदाय हो।
सम्भोटा लिपिमा लेखिएको महायान बौद्ध धर्म दर्शनमा उल्लेख भएको शब्दहरु जस्तो: आपा, आमा, आले, आगु, अरु, अनी, आङा, ह्याङ्ला, म्हेम्हे, डोन्पो, गोन्पा, लामा, होइसेर, पेमा, डोल्मो, सेरकेयम, चाङमा, नाङसाल, म्हारम्हे, सोलो, छ्योदो भन्ने जस्ता शब्दहरुबाट पनि हामी थाहा पाउन सक्छौं । विश्वमा चर्चित बुद्धको जन्म सिद्ध अनुयायी तामाङ समुदायको लिपि यस्तो हुन्छ, यस्तो हुनुपर्छ भन्ने अधिकार कुनैपनी संघ-संस्था वा व्यक्तिलाई छैन।
तामाङ समुदाय भाषा,लिपि र धर्ममा सम्पन्न भएतापनि आर्थिक रूपमा केही कमजोरी भएको हुनाले विदेश दलालहरुबाट तामाङहरुलाई धर्म परिवर्तन नाममा तामाङ बुद्धधर्मावलम्बी होइनन् तामाङहरुको धर्म भनेको बोन धर्म हो, बोन धर्म भन्दा क्रिश्चियन धर्म हो भनेर गाउँ गाउँमा आर्थिक प्रलोभन देखाउदै धर्म परिवर्तन गर्न लगाई रहेको छ।
त्यसबाट हामी सचेत रहनु पर्दछ। सम्भोटा लिपिको व्याकरण अनुसार तामाङ भाषाबाट पाठ्यपुस्तक तयार गरि पठन-पाठन गरेको खण्डमा तामाङ समुदायको भाषा सम्बृद्ध हुने भयो,सम्भोटा लिपिमा लेखिएको धर्म ग्रन्थ अध्ययन गर्न सकियो भने तामाङ समुदायलाई धर्म परिवर्तन गर्न सकिदैन भनेर केही सवसरवादीहरु छटपटाई रहेको छ। सम्भोटा वर्णमाला व्याकरण अनुसार हाम्रो समाज अगाडि बढेको खण्डमा कुनै पनि रत्नमा लागेको खिया तथा धुलो मैलो सफा गरे त्यस्को असली रुप थाहा पाउन सकिन्छ भने झैँ हाम्रो मौलिक भाषा,धर्म र संस्कृतिको चिनारी हुनेछ।
युगौ देखि सम्भोटा लिपिको व्याकरण अनुसार शब्दकोष प्रकाशन नभइरहेको सन्दर्भमा भाषा, लिपिको विकास र विस्तार गर्न ज्यादै कठिनाइ भइरहेको महशुस भएपछि हामीहरुको अथक प्रयासबाट पहिलो पटक तामाङ सम्भोटा लिपिको शब्दकोष प्रकाशन गर्ने जमर्को गरेको छौँ ।
प्रथम पटक सम्भोटा लिपिमा लेखिएको शब्दकोष प्रकाशन गर्न पाउँदा अत्यन्त हर्षित भएको छु।

यस ऐतिहासिक पहल कदमिलाई वर्षौं देखि यस लेखन कार्यलाई विभिन्न ठाँउका समुदायहरुबाट शब्दहरु संकलन गर्ने कार्यमा सहयोग पुर्‍याउनु भएका 
सुभास योञ्जन तामाङ
डोल्मा योञ्जन तामाङ
नवाथाया योञ्जन तामाङ
सम्पादनको कार्यमा महत्वोपुर्ण सहयोग गर्नुहुने गेशे ङिमा तामाङ र प्रेम लामा तामाङ, प्रकाशनमा सहयोग गर्ने होम बहादुर घिसिङ तामाङ र प्रकाशनको कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पुर्ण महानुभावहरु प्रती हृदय देखिनै धन्यवाद दिदै यस प्रकाशनमा त्रुटि भए सुधारका निमित्त सल्लाह र सुझाव दिनु हुनेछ भन्ने विश्वासका साथ अर्को प्रकाशनमा यहाँहरुको अमुल्य सल्लाह र सुझावको उच्च कदर गर्दै परिमार्जन गरि प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रटिष्ठान 
अध्यक्ष :सिंह बहादुर तामाङ ।

Friday, June 17, 2016


18-जुन-2016 शनिबार / विश्व कै सबै भन्दा ठुलो बौद्ध विश्व विद्यालय लरुङ घार गुम्बाको खाण्डो ज्येचुन तारेमा रिन्पोछे ज्युको निर्माण काय अर्थात औतारीको रूपमा शाक्य परम्पराका अधिपत्ति परम पावन धर्म गुरु रत्न बज्र रिन्पोछे ज्युको सुपुत्री को रूपमा जन्म लिनु भएको छ।



खाण्डो ज्येचुन तारेमा रिन्पोछे ज्यु को निर्माण काय हो भनि विश्व शान्तिका महान सारथि परम पावन सर्वज्ञा धर्म राजा दलाई लामा ज्यु ले ठोस प्रमाणित गर्नु भएको हो,।।
हाम्रो बौद्ध धर्ममा स्त्री जातिमा पनि महान गुरुमा हरुको जन्म हुनु भएको छ यसमा म धेरै खुशी र हर्सित छु।।

सम्पुर्ण जगत प्राणीको महा माता बनी दुखी जगत प्राणी हरुलाई धर्मको अमृत पिलई सुख शान्ति र परम आनन्द दिलाउन सकुन ।।

साभर:-मुहारपुस्तिका पूज्यनिय धर्म गुरु खेन्पो दावा टासी पल्साङ नोर्बु तामाङ 


तामाङ बौद्ध महासंघ मलेसिया !!!

18-जुन-2016 शुक्रबार/ HBFC
हिन्दुबुद्धिस्ट फाउन्डेसन अफ क्यानडाले गत आइतबार जुन 12 तारीख 2016 का दिन भान्कुवरको सरे सिटि सेन्टर लाईब्रेरीमा नेपालबाट पाल्नु भएका बौद्ध धर्मगुरु खेन रिन्पोछे गेशे ङिमा तामाङ गुरुज्यु संग भेटघाट तथा प्रवचन कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रम शुरुगर्दै कार्यक्रमका संचालन तथा संस्थाका महासचिव डा.सुनिल हमालले संस्थाको उद्देश्य र स्थापनाको संक्षिप्त जानकारी दिनुभयो।

त्यसपछि खेन रिन्पोछे गेशे ङिमा तामाङ गुरुज्युबारे संक्षिप्त जानकारी शम्भु लामाले दिनु भयो। उहाँले खेन रिन्पोछे ङिमा तामाङ को जन्म ललितपुरको बतासे डाँडा,जुन काठमाडौं शहरबाट करिब ६० कि.मि. दक्षिणमा पर्दछ भन्नुभएको हो। उद
उहाँले आफ्नो गाउँमा स्कुलको शिक्षा हासिल गरेपछि भारतको कर्नाटक राज्य स्थित नमड्रोलिङ,मोनास्ट्रीमा अध्ययन गरि धार्मिक उच्च शिक्षा हासिल गर्नु भयो।यस्तो धार्मिक उच्च शिक्षा प्राप्त गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ। शिक्षा प्राप्त पछि नेपाल फर्की आफ्नै पू्र्खाको आर्जित १५ रोपनी जग्गा र पछि अरु थप १० रोपनी जग्गामा आफ्नै पहलमा एउटा गुम्बा स्थापना गर्नु भयो। उक्त गुम्बा निर्माणमा सरकार वा अरु आधिकारिक ब्यक्तिहरुबाट कुनै सहयोग नपाइएको,त्यसका लागि खेन रिन्पोछे गेशे ङिमा तामाङ ले एशियाका विभिन्न देशहरूमा पटक-पटक भ्रमण गर्दै,सहयोग जुटाउन अपिल गर्दै चन्दा,सहयोग संकलन गरि निर्माण गरिएको जानकारी दिनु भयो।


त्यसपछि कार्यक्रममा बोल्ने क्रममा खेन रिन्पोछे गेशे ङिमा तामाङ ज्युले बुद्ध जयन्तीको अबसरमा संसारभरका नेपालीहरु एक भई एकताको संकेत दिएको,बुद्ध नेपालमा जन्मेको भन्ने तुल,ब्यानर,प्लेकार्ड  बोकेर संसारभर र्‍याली मनाएको निकै राम्रो हो। तर त्यो संदेशलाई अझ बिदेशी आधिकारिक निकायहरुमा पनि पुर्‍याउने पहल भएमा त्यस्ता कार्यक्रमहरु शसक्त हुने विचार प्रकट गर्नुभयो।

त्यस्तै उहाँले आज बुद्ध जन्मेको २५६०वर्ष पुग्दा,विश्वका धेरै ब्यक्तिहरु बुद्धको शिक्षामा निपुण भई धाराबाहिक प्रवचन दिने नेपाली समाजमा निकै कम देखिँदा दु:ख लाग्ने गरेको बताउनु भयो। सबै नेपालीले बुद्धका शिक्षामा केही जानकारी अवस्य राख्नु पर्ने आवश्यक छ।संसारमा सबै धर्मका बीचमा सद्भाव छ। विविध राजनैतिक कारणले मात्र विश्वमा धार्मिक मतभेद भएको पाइन्छ। नेपालमा भने झनै हिन्दु/बुद्धिस्ट बीचमा भाइ,दाइको सम्बन्ध छ भन्नुभयो। धर्म र दर्शन दुई फरक पाटाहरुहुन। धर्म आफ्नो आस्था अनुसार अवलम्बन गर्न सकिन्छ। मानव जीवन कसरी बिताउने भन्ने मार्ग,दर्शनले दिन्छ। दया,माया र करुणाको संदेश संसारका सबै धर्मले दिएको छ।

धार्मिक सहिष्णुता भएमा सबै मानवको कल्याण हुने बताउनु भयो।कर्म गर्नु र सन्तुष्टि लिने गर्दा नै मनमा शान्त हुन्छ।
लोभ र ईष्र्या जागेमा त्यो दु:ख निम्त्याउदछ।अरुको दु:ख देख्दा सहयोगको भावना जागृत हुने,सबैको भलो,सुख चाहनेलाई बोधी चित्त भनिन्छ । कर्म गर्न शरीर,वचन र मन (चित्त )को प्रयोग हुन्छ। यसमा चित्त मूल हो। त्यसैले बुद्ध धर्ममा भनिएको छ चित्त शुद्ध गर।
यदि दु:ख चाहदैनौ भने नराम्रो नगर,कुभलो नचिताउ। आफ्नो मालिक आफै बन,नैतिकता पुर्ण जीवन बाँच भन्ने बुद्धका संदेश,ज्ञानहरुबारेमा उहाँले प्रकाश पार्नुभयो।

उक्त कार्यक्रममा उपस्थितहरु मध्ये उमेश घिमिरे,रजनी आचार्य,नगेस बराल,देव अधिकारीले आफ्नो जिज्ञासाहरु प्रश्नहरु राख्नुभएकोमा खेन रिन्पोछे गेशे ङिमा तामाङ ज्युले अति प्रष्ट र चित्त बुझ्दो पारामा उहाँहरुले नेपालका विभिन्न भागमा बुद्ध धर्मका ज्ञानका प्रवचन दिने गरेको र प्राचीन अन्धविश्वास र कुरितिहरु कम हुँदै गएको,हालै नेपालमा धर्म निरेपेक्ष हुनु पर्ने,यदि त्यसो नभए बुद्धको देश भनेर उल्लेख भएमा मान्यहुने भन्ने अभिव्यक्ति दिंदा धेरैको समर्थन पाएको भनी बताउनु भयो।
त्यस्तै हिन्दु बुद्धिस्ट फाउन्डेसन अफ क्यानडा स्थापना हुनु धेरै राम्रो भएको र भविष्यमा एउटै भवनभित्र एकातिर हिन्दुका देवताहरु र अर्कोतिर बुद्धको मुर्ति स्थापना गरि धार्मिक सद्भावका साथ अगाडी बढ्न सबैलाई सुझाव पनि दिनु भयो।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष मधु आचार्यले खेन रिन्पोछे गेशे ङिमा तामाङ ज्युलाई सम्मान स्वरुप खादा र प्लाक प्रदान गर्नुभएको थियो। उहाँले खेन रिन्पोछे गेशे ङिमा तामाङ ज्युको करिब महिना दिनको उत्तर अमेरिका भ्रमण गर्ने क्रममा अमेरिका र क्यानडाका विभिन्न शहरहरुमा बुद्धका संदेशहरु दिंदै विभिन्न कार्यक्रममा सहभागी हुँदै नेपाल फर्कने क्रममा केही दिन अघिमात्रको आफ्नो निमन्त्रणा स्विकार गरि यो कार्यक्रममा सहभागी भइ बुद्धका ज्ञानहरु र संस्थालाई मार्ग प्रदर्शन दिनुभएकोमा धन्यवाद ज्ञापन गर्नु भयो।तस्तै खेन रिन्पोछे गेशे ङिमा तामाङ ज्युसंग सम्पर्क गरि कार्यक्रम सफल पार्न सहयोगी गर्नुहुने शम्भु लामा,विकास लामा र रत्न राई ज्यु लगायत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।


@:-DCNepal.

Wednesday, June 15, 2016


सिन्धुपाल्चोक घर भइ हाल मलेसियामा कार्यरत तामाङ बौद्ध महासंघ मलेसियाका केन्द्रिय सदस्य नवगायक इशान बम्जन हालै मात्रै मलेसियामै रेकर्डिङ गरिका गीत।गीतको बोल (पाँचै पोखरी मेलामा)भन्ने गीत Shine production द्वारा युट्युबमा सार्बजनिक गरिसकेको छन। र साथै आरू गीत हरु पनि धमाधम संगीत ट्रकको लागि काठमाडौं पठाएका पनि जानकारी दिनुभएको थियो।



जसमा:
स्वर: इशान बम्जन/अन्जु थोकर
शब्द: गायक तथा संगीतकार कोष बम्जन/छ्योटी डुम्जन तामाङ
संगीत: आर.बि / कोष बम्जन तामाङ
एरेन्जर: कर्साङ लामा को रहेको छ।

 

      तामाङ बौद्ध महासंघ मलेसिया!!!

Friday, June 10, 2016


    लेखक:- लामा थुप्तेन योञ्जन तामाङ

ॐ बज्र भुमी अ: हुँ !
शि योङ्सु दाग्पा वाङ्छेन सेर्गी साशि।
ॐ बज्र रे खे अ: हुँ !
छि च्याग्री खोर्युग्गी कोर्वे उइसु हुँ।
रिहि ग्याल्पो रिराब।श्यार लुइ फाग्पो।
ल्हो जाम्बु लिङ।नुब बलाङ चोद्।
ज्याङ डामि ञेन।लुइदाङ लुइफाग।
ङायाब दाङ ङायाब शेन। योदेन दाङ लाम्छ्योग डो। डामि ञेन्दाङ डामि ञेन्गी धा। रिन्पोछेही रिवो।पाग्साम गिशिङ। दोद् ज्योवा। मामो पाई लोतोग। खोर्लो रिन्पोछे।
नोर्बु रिन्पोछे। चुन्मो रिन्पोछे। लोन्पो रिन्पोछे। लाङ्पो रिन्पोछे। ताछ्योग रिन्पोछे। माग्पोन रिन्पोछे। तेर छेन्पोइ बुम्पा। घेन्पा मा। ठेङ्वा मा। लु मा। गार्मा। मेतोग मा। दुग्पोइ मा। नाङ्साल मा। डिछ्याब मा। ञिमा। धावा । रिन्पोछेही दुग्। छ्योग्ले नाम्पार ग्याल्वाइ ग्याल्छेन। उइसु ल्हादाङ मियी पाल्ज्योर फुन्सुम छोग्पा माछाङ्वा मेद्पा दिञिद्। चावा दाङ ग्युपार चेपे पाल्देन लामा दाम्पा नाम्दाङ यिदाम ग्याल्वाइ किल्खोर घी ल्होछोग। साङ्गे दाङ ज्याङ्छ्युब सेम्पे छोग्दाङ चेपा नाम्ला वुल्बार घिहो। थुग्जे डोवाइ दोन्दु शेसु सोल। शेने जिन्गी लाब्तु सोल। नमो। साशी पोइछ्यु ज्युङ्शिङ मेतोग टाम। रिराब लिङ्शी ञिधे ग्येन्पा दि। साङ्गे शिङ्दु मिग्ते फुल्वा यी। डोकुल नाम्दाग शिङ्ला च्योइपार श्योग। टम गुरु रत्न मेन्डला पुच्छ  मेघा समुडा सफ राना समये अ: हुँ ।।।



    तामाङ बौद्ध महासंघ मलेसिया !!!

Thursday, June 9, 2016

 

लेखक:-लामा थुप्तेन योञ्जन तामाङ

ॐ नाङ्सिद नाम्दाग राङ्शिन ल्हुन्डुपे।
टाशी छ्योग्च्युइ शिना श्युग्पा यी।
साङ्गे छ्योइदाङ घेदुन फाग्पे छोग।
कुन्ला छ्याग्छाल दाम्च्या टाशी श्योग।
डोन्मे ग्याल्पो चाल्तेन दोन्डुब गोङ।
ज्याम्पे ग्येन्पाल घेडाग पाल्दाम पा।
कुन्ला गोङ्पा ग्याछेर डाग्पा चेन।
ल्हुन्पो तार्फाग चाल्डाग पाल्दाङ नि।
सेम्चेन थाम्चे लागोड डाग्पे पाल।
यिद्छिम ज्येपा चाल्राब डाग्पाल ते।
छेन्चाम थोइपे टाशी पाल्फेल वा।
देवार शेग्पा ग्येद्ला छ्याग्छाल्लो।
ज्याम्पाल श्योनु पाल्देन दोर्जे जिन।
चेनरे शिग्वाल गोन्पो ज्याम्पे पाल।
सायी ञिङ्पो डिब्पा नाम्पार सेल।
नाम्खाइ ञिङ्पो पाग्छ्योग कुन्तु शाङ।
उत्पाल दोर्जे पेकार लुशिङ दाङ।
नोर्बु धावा राल्डी ञिमा यी।
छ्याग्छेन लेग्नाम टाशी पाल्गी छ्योग।
ज्याङ्छ्युब सेम्पा ग्येला छ्याग्छाल्लो।
रिन्छेन दुग्छ्योग टाशी सेर्गी ञा।
दोइज्युङ बुम्साङ यिदहोङ कमा ला।
ञेन्डाग दुङ्दङ फुन्छोग पाल्बे हु।
मिनुब ग्याल्छेन वाङ्ग्युर खोर्लो ते।
रिन्छेन ताग्छ्योग ग्येयी छ्याग्छेन चेन।
छ्योग्दुइ ग्याल्वा छ्योइचिङ गेकेद मा।
घेसोग ङोवो डेन्पे पाल्देन वाइ।
टाशी ल्हामो  ग्याला छ्याग्छाल्लो।
छाङ्पा छेन्पो देज्युङ सेमेद बु।
मिग्तोङ देन्दाङ ग्याल्पो युल्खोर सङ।
फाग्के पोदाङ लुवाङ मिग्मी शाङ।
नाम्थोइ सेते ल्हाजे खोर्लो दाङ।
त्रिशूल लादाङ दुङ्थुङ दोर्जे चेन।
पिवाङ राल्डी छ्योतेन ग्याल्छेन जिन।
सासुम नेसु घेलेग टाशी पेल।
जिग्तेन क्योङ्वा ग्येला छ्याग्छाल्लो।
दाग्च्याग देङ्दिर ज्यावा चोम्पा ला।
घेदाङ ञेबार छेवा कुन्शी ने।
दोइदोन पाल्फेल साम्दोन यिद्शिन डुब।
टाशी देलेग सासुम नेसु घेलेग टाशी पेल।
जिग्तेन क्योङ्वा ग्येला छ्याग्छाल्लो।
दाग्च्याग देङ्दिर ज्वावा चोम्पा ला।
घेदाङ ञेबार छेवा छेवा कुन्शी ने।
दोइदोन पाल्फेल साम्दोन यिद्शिन डुब।
टाशी देलेग फुन्सुम छोग्पार सहयोग।।।





तामाङ बौद्ध महासंघ मलेसिया !!!


Wednesday, June 8, 2016

             
               लेखक:- लामा थुप्तेन योञ्जन तामाङ

बौद्ध धर्मअनुसार मरेका प्राणीहरुको उद्धारको निमित्त गरिने देछेन मोन्लाम !!!

ॐ मणि पद्मे हुँ ह्री.............१०८


ए म हो! ङोछार साङ्गे नाङ्वा थाये दाङ।
येसु जोवो थुग्जे छेन्पो दाङ।
योन्दु सेम्पा थुछेन थोब्नाम ला।
साङ्गे ज्याङ्सेम पाग्मेद खोर्गी कोर।
केदि ङोछार पाग्तु मेद्पा यी।
देवा च्येन्शे ज्यावाइ शिङ्खाम देर।
दाग्श्यन दिने छेफोइ ग्युर्मा थाग।
केवा शेनगि बार्मा छ्योइपा रु।
देरु केने नाङ्थाइ श्याल्थोङ श्योग।
देके दाग्गी मोन्लाम तब्पा यी।
छ्योग्च्युइ साङ्गे ज्याङ्सेम थाम्छे कि।
घेमेद डुबर झिनगि लाब्तु सोल।
तयथा पन्चा डिया आवा बोद्ध नि स्वाहा।।
छ्योग्दुइ ग्याल्वा सेचे गोङ।
छ्योग्ञी जोग्ला जेयी राङ।
दाग्गी दुइसुम घेसाग पा।
कोन्छ्योग सुम्ला छ्यिपा बुल।
ग्याल्वाइ तेम्पा फेल्ग्युर चिग।
घेवे सेम्चेन कुन्ला ङो।
डोकुन साङ्गे य्होब्ग्युए चिग।
घेचा थाम्चे चिग्दुइ ते।
दाग्गी ग्युला मिङ्युर चिग।
डिब्ञी दाग्ने छोग्तोग ते।
छेरिङ नेमेद ञाम्तोग फेल।
छेदिर साच्यु नोङ्युर चिग।
नाम्शिल छेफोइ ग्युर्मा थाग।
देवा च्येन्दु केग्युर चिग।
केने पेमा खाछे ते।
लुइतेन देला साङ्गे श्योग।
ज्याङ्छ्युब थोब्ने जिसिन दु।
टुल्पे डोवा डेन्पार श्योग ।।।



तामाङ बौद्ध महासंघ मलेसिया!!!


               लेखक:- लामा थुप्तेन योञ्जन तामाङ

बुद्धिस्ट धर्म अनुसार हरेक महीनामा विभिन्न शुभ तिथिहरु  हुन्छन् ।जस्तै बुद्धिस्ट महीनाको
८औं  तिथि (छेप ग्ये) अष्ठमी।
१०औं तिथि (छेप च्यु) दशमी ।
१५औं तिथि (छेप च्योङ्ङ) पुर्णिामा ।
२५औं तिथि (छेप ञेरङा) दशमी । र
३०औं तिथि (नाम्खाङ) औंसी पर्दछ।

गुरु रिम्पोछेको वास्तविक तिथि चाहिँ बुद्धिस्टओ छैटौं महीनाको १० औं तिथि हो। र हरेक महीनाको १०औं  तिथिलाई गुरु रिन्पोछे तिथि मानिन्छ। त्यसैगरी बुद्धिस्टको २ महीना अर्थात धावा ञिपा छेप च्यु, १०औं तिथि तदअनुसार 18 मार्च 2016 शुक्रबारको दिन गुरु रिन्पोछेको तिथि थियो।

बुद्धको अन्तिम निर्वना भएको बेला साफ्नै चेला हरु सबै बोलाउनु भएर चेला हरुलाई आज म यो संसार छोडेर जादै छु भन्नू भयो।र सबै शिक्षा हरुले अब बुद्ध हामी संग नरहने भयो भनेर चिन्ता गर्नु थाल्यो त्यसपछि भन्नू भयो तिमीहरु चिन्ता नगर्नु म ( उगेन ह्युल ) धाना कोशी भन्ने ठाउमा ठुलो पोखरीको बीचमा कमलको फुल माथी ८ वर्षओ बालकको रूपमा जन्म लिन्छु,वहाँ लाई मान्नु भन्नू भयो । वहाँ मेरो औतारको रूपमा आउनु हुनेछ।म जस्तै शान्त स्वरुपको हुँदैन। अलि फरक रुपको हुन्छ र वहाँमा सम्पुर्ण ज्ञानले भरिपुर्ण भएको महा शक्ति र अमर हुनेछ। उहाँ सबै बुद्धको स्वरुप एकै रूपमा भएको र तिनै कालको बुद्ध वहाँ गुरु रिन्पोछे हुनुहुन्छ।
गुरु रिन्पोछे ८ वटा ठुलो सिंहले उचालेको रत्नमणीको गद्दीमा विभिन्न किसिमको कमलको फुल र सुर्य चन्द्रको आसनमा तीनकलको सम्पुर्ण बुद्धहरु एकीकृत स्वभावको,असमानकरुणाका निधि श्रीमान मुल लामागुरु महाबज्रधरको रूपमा बसिरहेका,वर्ण सेतोमा रातो ओज लागेको एक कुख मण्डल र दुईहात राजाको गम्भीर मुद्रामा बस्नुभएको दायाँहातमा पञ्चाग्र बज्र संतर्जित मच्चाइरहेको भावमा धारण गरेको,उहाँले एक भटक योगि को खटम भनिने विशेष त्रिशूल बोक्नु भएको। शरीरमा श्हबेर लामो लामो बाहुला भएको भोटो,धर्मवस्त्र र फोका नामक नृत्यवस्त्र लगाउनु भएको,शिरमा प्यश्व पद्मकारको टोपी लगाउनु भएको छ।

गुरु रिन्पोछेको ८ प्रकारका रुप ज्योती विभिन्न ठाँउ परिस्थिति अनुसार क्रोध वा शान्त रूपमा आफ्नो अस्तित्व विभिन्न पक्षहरुलाई प्रतिनिधित्व गर्नु भएको छ । रिग्पा शेड्र अनुसार ८ प्रमुख प्रकारका आफ्नो जीवनमा विभिन्न अंक मा गुरु रिन्पोछे द्वारा ग्रहण गरेका थिए । गुरु रिम्पोछे को ८ रुप ज्योती विभिन्न गुरु रिम्पोछे को चित्रण छैन,तर विभिन्न आवश्यकता र माग अनुसार देखि पर्न आफ्मो क्षमता प्रतिबिम्बित गर्नु भएको हो। ८ रुपलाई तिब्बतीमा गुरु छेन्ग्ये भनिन्छ । गुरु को मन्त्र हो

ॐ अ हुँ बज्र गुरु पद्म सिद्धी हुँ।

गुरु छेन्ग्ये, ८ गुरुको नाम हुन:-
१) गुरु पद्म ज्युङ्ने।
२)गुरु उर्गेन दोर्जे छ्याङ ।
३) गुरु शाक्य सेङ्गे ।
४) गुरु पद्म ग्याल्पो ।
५) गुरु लोदेन छोग्जे।
६) गुरु ङिमा होइसेर ।
७) गुरु दोर्जे ड्रोलो ।
८) गुरु सेङ्गे ड्राडोगबहुन।

गुरु पद्म ज्युङ्ने :-

कमलको फुलमा जन्म भएको उहाँ एक कमलाको फुल माथी बसिरहनु भएको, त्यो चिसो विरुद्ध सुरक्षा रूपमा,निलो वस्त्र शवेर र भारी तिब्बती जुता पहनता जो अन्तर्गत एक भिक्षु ,तीन राज वस्त्र लगाउनु भएको। उहाँ दयालु प्रेम को दाहिने हातमा हिरा-मण्डाले र योगि स्पष्ट बुद्धि आफ्नो बायाँ हातमा महा शक्ति भएको जल अ्मृत भएको खोपडी धारणा गर्नु भएको। उहाँले एक भटक योगि को खटम भनिने विशेष त्रिशूल बोक्नु भएको। र उनको टाउको एक नेपाली कपडा मुकुट,शैली एक कमल फुल को आकार को एक स्मरण गराउन डिजाइन मा टोपी लगाउनु भएको ।त्यस बेला ''गुरु पद्म सम्भावा '' रुप धारणा गर्नु भएको हो।

गुरु उर्गेन दोर्जे छाङ:-
सम्भोग काया को पोशाक मा रंग मा गाढा निलो रुप देख्नु भएको छ। युम खाडोसंग अङ्गलोमा बाधिएको संघ मा चित्रण गरिएको। त्यस बेला ''गुरु दोर्जे छाङ'' को रुप धारणा गर्नु भएको हो।

गुरु शाक्य सेङ्गे:-

उहाँ ८ बिद्ध्याधारा को तान्त्रिक अभ्यासहरु सिकिसक्नु भएको,बोध गाया को साक्या को सिंहमा । उहाँ ले एक पुर्ण नियुक्त बौद्ध भिक्षु रूपमा आफ्नो रुप देखाउनु भएको छ।त्यस बेला ''गुरु शाक्य सेङ्गे'' को रुप धारणा गर्नु भएको हो।

उडियन को गुरु पद्म ग्याल्पो:-   
उहाँ कमल फुल माथी त्रीपिटक (धर्मशास्त्रको तीन संग्रह) को राजा रुपमा बस्नु भएको । उहाँले एक जवान पहनाया राजकुमार वा राजा जस्तै देख देखाउनु भएको छ। त्यस बेला '' गुरु पद्म ग्याल्पो'' को रुप धारणा गर्नु भएको हो।

कश्मिर को गुरु लोदेन छोग्जे:-
उहाँ इमानदार युवा जस्तै,सबै दुनिया को ज्ञान बटोरता गर्ने एक महान रूपमा बस्नु भएको। उहाँले एक हात-ड्रमरु पिटाइ र एक हात खोपडी -कचौरा समातेर,राज कुमार लुगामा देखाउनु भएको छ। त्यस बेला '' गुरु लोदेन छोग्जे'' को रूप धारणा गर्नु भएको हो।                                                                  

गुरु ङिमा होइसेर:-
जोग्छेन को सूक्ष्म मार्फत मन को अन्धकार उज्यालो गर्ने गुरु ङिमा होइसेर को घामको ज्योती योगि रूपमा बस्नु भएको उहाँ ले एक खटम सुर्य तिर अंक जो पकड एक कमर कपडा मात्र र लुगा एक नग्न योगि रूपमा देखाउनु भएको छ। त्यस बेला '' गुरु ङिमा होइसेर '' को रुप धारणा गर्नु भएको हो।

गुरु दोर्जे ड्रोलो:-
बज्रकिलय (उग्र बज्रस्वत्त्व) को घोर प्रकटिकरण '' हिरा हावाको झोका रूपमा '' सबै को सान्त्वनादाता,बुद्धि - खजाना संग तत्व कैद गरि बस्नु भएको रूपमा चिनिन्छ । त्यस बेला '' गुरु दोर्जे ड्रोलो'' को रुप धारणा गर्नु भएको हो।

गुरु सेङ्गे ड्रदोग:-
नालन्दा विश्वविद्यालय को गुरु सेङ्गे ड्रदोग बहस को सिंह ,प्राणी जगतको मुलुकभर धर्म को प्रचार गर्नु भएको । उहाँले एक हातमा एक डण्डाले र अन्य एक बिच्छी समात्नु भएको ,एक धेरै भयंकर रुप,गाढा निलो र शक्तिशाली बोद्धिस्वत्त्व बज्रपानी को आकारको रुप देखाउनु भएको छ।त्यस बेला '' गुरु सेङ्गे ड्रडोग '' को रुप धारणा गर्नु भएको हो।

गुरु रिन्पोछे दोस्रो बुद्ध मानिन्छ । उहाँ सबै बुद्धको स्वरुप एकै रूपमा भएको ,र तिनै कालको बुद्ध वहाँ गुरु रिम्पोछे हुनुहुन्छ। उहाँ मा मन्जुश्रीको ज्ञान,आयुको ज्ञान,बैद्द्यको ज्ञान, धन लक्ष्मीको ज्ञान,शक्ति को ज्ञान, दया करुणा प्राणिहरु उद्धारको ज्ञान, देविहरुको ज्ञान इत्यादी सबै बुद्धको ज्ञान उहाँमा भएको महा गुरु रिन्पोछे हो।उहाँ निर्वाण हुनु भएको छैन उहाँ अहिले (सिम्पोइ ह्युल) राक्षस को देशमा हुनुहुन्छ । हामी ले गुरु रिम्पोछेको बन्दना,पूजापाठ,मन्त्र जप गर्नुभएमा हामिमा आइपर्ने विभिन्न बाधाबिग्न,दिन दश हटेर जानेछ। मनले चोताएको पूरा हुने, आयु लामो हुने, धन सम्पत्ति को अभाव नहुने, र हामी सबैको।जीवन रक्षा हुनेछ।गुरुले भन्नु भएको छ कि जस्ले भक्ति र बिश्वासको साथ मेरो बन्दना मन्त्र गुन गुनाउछौँ,उस्कै शिरमा म सधैं हुनेछु भनुभएको छ। त्यसैले गुरु रिन्पोछेको बन्दना र जप जति सक्नु हुन्छ त्यति गर्नुहोस!!!
थुजेछे!!!

ॐ अ हुँ बज्र गुरु पद्म सिद्धि हुँ !!!

Monday, June 6, 2016


         
          Koshis Lobsang W. Tamang

रामेछाप स्थित श्री पशुपति उ.मा.बि हिलेदेवी-६ रामेछापका बिद्यालय मा तामाङ बौद्ध महासंघ रामेछाप इकाई समितिका अध्यक्ष Koshis Lobsang W. Tamang ज्यु द्वारा सम्भोटा लिपिको कक्षा संचालन गरिएको छ।
उक्त कक्षा/शिक्षा बारे संचालनमा ल्याउन उहाँ आफै लगिरहनु भएका छन।


यसैगरी अब हरेक गाउँ-गाउँका गुम्बा एवम् बिद्यालयमा तामाङहरुले सम्भोटा लिपि बारे अध्ययन गर्न र गरौंनु तपाई हामीले पहल गर्न आवश्यक देखिन्छ।
तसर्थ प्रतेक तामाङ गाउँ बस्तीका बिद्यालय मा सम्भोटा लिपि बारे बुझाउनु सकियो भने हामीले हाम्रो बौद्ध धर्म भित्रका संस्कार,संस्कृति बारे विकास गर्न सकिन्छ र हामी हरेक क्षेत्रमा सकारात्मक ढंगले शिक्षा लिन र दिन सकिनेछौ।


        तामाङ बौद्ध महासंघ मलेसिया !!!

Saturday, June 4, 2016

 
                 लेखक:-छिरिङ लामा(तामाङ)
साभार:-samadesh.com

आज हामी चौरासी लाख प्राणीहरु मध्य अठार लक्षणलेयुक्त सर्वश्रेष्ठ मानव जीवन प्राप्त भएको हाम्रो शास्त्रले प्रास्ट्याएको छ। यो अमुल्य जीवन पाएर आज कुशल मार्गको चिन्तन मनन र त्रीरत्न प्रती शरण गमन गर्न सकिएन भने पछि बिउ बिनाको फलको आश कसरी गर्ने ? आज दु:ख लाग्दो कुरा के देखा परेको छ भने लामा (छेढोग)र जजमान (जिन्धाग)हरुमा धर्मको बिषयलाई लिएर साधारण ज्ञानको बोध हुन सकेको छैन।

खासगरी हाम्रो पुर्खाहरुले आफ्नो धर्म भित्रको सार अर्थ नबुझेर अन्य धर्मको देखासेखी गरेर मृतक कार्यहरुमा पनि लासलाई सिन्दुरले पहिरिने र लासको अघि-अघि,खुकुरी देखाउदै लाने,मृतकको नाम गरेर नुन तेल बार्ने,केश खौरने,छोपो ओढ्ने,माना चामल तर्पिने,घेवा नसकुन्जेल कुखुराको मासु,माछा,आमाको मृत्युमा दुध,बुबाको मृत्युमा मृगाको मासु आदि बार्ने,काँशको थाल-बटुकामा नखाने,छालाको जुत्ता - चप्पल नलगाउने,खाट-राडी-आसनिमा नबस्ने,गहना फुकाली त्याग्नु पर्ने,चुल्ठो नबाट्ने,लुगा उल्टो लगाउने,गुद्री समेत उल्टा ओछ्याउने,खतुकी (शोकमा परेका व्यक्ति)ले अरुसंग नबोल्ने,खतुकीलाई अरुले छुन नहुने,दोमासे बोर्ने,दागबत्ती दिने,आफन्तले आगो दिने,श्रावणमा धर्म नगर्ने,मृतकको नाममा जिव हत्या गर्ने,यस्ता चलनहरु हाम्रो महायान बुद्धिस्ट भित्र नपर्ने हुनाले यस्ता चलनहरु देखि अलग रहनु अति आवश्यक छ।
यस्ता चलनहरु नछोडेसम्म हामी र हाम्रो बुद्धमार्गी बुद्धिस्ट सन्तानहरु धर्मबाट अत्यन्तै टाढा हुने छौँ। जबसम्म यस्ता चलनहरु छोड्न सक्दैन तब सम्म हामिलाइ हाम्रा गुरुजनहरुले अगाल्ने छैनन र हामिले जतिनै धर्म प्रचार गरेता पनि पानीले भिजेको सलेदोमा आगो सल्काए जस्तो हुनेछ । खोलाको बगरमा स्याउ रोपे जस्तो हुनेछ । यस किसिमको अहितका चलनहरुबाट अलग्ग भइ शुद्ध रहनु पर्नेछ।
हामीहरुमा बारम्बार भोगिरहेको भन्दा हर्षको सिमा रहदैन र हाम्रो हृदयमा अहंकार उत्पन्न हुन्छ। त्यस अहंकारले सताइए पछि शोक सुर्तासंग अलग गराउछ र मृतक आत्मालाई दु:ख देखि छुटाउने पुण्य संचय गर्ने काम देखि छुटाउछ। त्यस्ता चिजहरुलाई तीन वर्ष नभए पनि वर्ष दिन सम्म त्याग्नु पर्छ।

वास्तवमा मृत्यु संस्कारमा पालन गर्नु पर्ने कुराहरु तल दिएको छ:

१)नयाँ लुगा नफेर्ने
२)धार्मिक पर्व बाहेक जातीय पर्व नमनाउने 
३)पाटी नखाने
४)गीत नगाउने
५)ननाच्ने
६)पहिले लगाएको भन्दा थपेर गहना नलगाउने र धूम्रपान,मद-मदिराबाट अलग्ग रहने मृतकको नाममा धर्मिक मार्यमा होसियार साथ लगिरहनु पर्ने। यतिमात्र गर्न सके दु:खको समयमा अचानक उत्पन्न हुने अहंकारको निर्मुल हुनेछ अनि विनम्र भई धार्मिक कार्य गर्न सजिलो हुनेछ। बुद्ध धर्म भनेको अहिंसा परम धर्म हो। बुद्ध धर्मले सबै धर्मसंग धार्मिक सहिष्णुता राख्दछ।

मृतकको नाममा गर्नु पर्ने कामहरु:-

१)मर्ने समयमा बर्दो पाठ गराउने पर्नेछ कारण मरणको दु:खदेखि,मुक्त गराउनलाई 
२)होम यज्ञ वा लाश जलाउने ठाँउ खाल्डो भन्दा चौका उठाइ जलाईए उचित हुनेछ। अस्तु छुट्याएर अरु खरानी र हड्डी चोखो ठाँउमा सेलाउनु पर्नेछ। यदि सिद्धि पुरुषको हड्डी खरानी हो भने पानीको मुल्कोमा बगाउँदा उचित हुन्छ।अरुको यस्तो गर्न मिल्दैन।
३)आफन्तले आगो दिनु हुँदैन। कारण दु:ख माथि दु:ख थपेर बिराठ बन्नेछ। मृतकको आत्माले दु:ख देखि छुटकारा पाउन असमर्थ हुनेछ।
४)बिरन्तरी मानिस वा लामाद्वारा आगो दिनु पर्नेछ।लामाद्वारा आगो दिए पहिले भएको दु:ख देखि मुक्त हुने आशीर्वाद पाउनेछ।
५)लाश जलाईएको कोइला खरानी माथी पूजास्थान (माने छ्योर्तेन)बनाउन मनाही छ। किनकी खरानी हड्डी माथि पुजास्थान बनाई पूजा परिक्रमादी गरे मृतक आत्मालाई दु:खको बोझ बढेर बिराठ बन्नेछ र मुक्त हुने मौका पाउदैन भन्ने बिश्वास छ । माने छ्योर्तेन बनाउदा चोखो ठाँउमा बनाई मन्त्र (सुङ) मात्र लगाई बनाउने र हड्डी खरानी अस्तु नलगाउने।त्यसो गरे सबै प्राणिले पुण्य सन्चाय गर्ने धर्मस्थल बन्नेछ।त्यस्को पुण्यले मृतकको आत्माले सुखवती क्षेत्रमा बास लिन सक्नेछ भन्ने बिश्वास रहिआएको छ।
यसरी संसारिक चलन र धार्मिक चलनमा आकाश र पातालको फरक पर्नेछ। त्यसकारण लोक कीर्तिमा फसेर यो अमुल्य जीवन तथा समय बिताउनु त बहुमुल्य रत्न मणि हिलोमा मिल्काए सम्मानको नोक्सान हुने कुरालाई बुझी दिए आजको युगमा धर्मको सामु मानव जीवन प्राप्त गरेको ठुलो महत्त्व रहने थियो। सधैनै परोपकारीको भावनाद्वारा परामितालाई अपनाई दु:खी प्रा‍णीको  हित गरे अमुल्य पुण्य संचाय गर्ने खानी फेला पर्ने थियो ।

अन्त्यमा:
सबै सज्जन महानुभावहरुमा प्राणीको हित गरि धर्मको सेवा दृढ संकल्प गरौं भन्ने हार्दिक अनुरोध गर्न चाहन्छु।


          तामाङ बौद्ध महासंघ मलेसिया !!!

 
 
          लेखक:-धर्मचन्द्र योञ्जन तामाङ

परिभाषा:
तामाङ भाषामा विवाहलाई ब्रेल्वो अथवा ब्रेलसाङ भनिन्छ।
विवाह दुई व्यक्ति (पुरुष र महिला)का बीचको सम्झौता हो।श्रीमान र श्रीमतीका बीचमा जिन्दगीभर संगै जिउने र संगै मर्ने शर्तनामा सहित मनाइने एउटा उत्सव जस्ले कानुनी सम्बन्धलाई स्थापित गर्दछ,त्यही स्थापित कानुनी सम्बन्धलाई ब्रेलसाङ(विवाह)भनिन्छ।
विवाहका सम्बन्धमा सबैले आ-आफ्नो तरिकाले व्याख्या विश्लेषण गरेको पाइन्छ।
How to choose A suitable life partner.
उपन्यासमा विवाहको सम्बन्धमा यसरी लेखिएको छ; ''Marriage is a very important tool for human beings to live a balanced life and have a systematic society.''
मानवका लागि एउटा सन्तुलित जीवन जिउन र सामाजिक प्रक्रिया जान्नका निमित्त आवश्यक एवम् महत्त्वपूर्ण चीज नै विवाह हो।

विवाहको सम्बन्धमा Oxford Advance Learner's Distionnary यस्तो लेख्छ:-
Marriage is the legal relationship between husband and wife.and the ceremony in which two people become husband and wifi. श्रीमान र श्रीमती बीचको कानुनी सम्बन्ध विवाह हो र दुई व्यक्ति (पुरुष र महिला) जुन समारोहमा श्रीमान र श्रीमती हुन्छन् त्यो नै विवाह हो।

एउटा पुरुष र एउटी महिलालाई एउटा विषेश प्रकारको सामाजिक एवम् कानुनी प्रक्रियाद्वारा एकैठाँउमा उभ्याउने पद्धतिलाई नै विवाह भनिन्छ,जसले समाजको विकास निर्माण देखि लिएर थुप्रै उद्देश्यहरु परिपुर्ति गर्न सहयोग गर्दछ। खैर जे होस विवाह एउटा जीवन पद्धतिको एउटा अत्यावश्यक पाटो हो।

तामाङ समुदायमा विवाह आफ्नै धर्म एवम् संस्कृति अनुसार गरिन्छ। तामाङ जातिको आफ्नै किसिमको वैवाहिक संस्कार छ।तामाङ समुदायमा तामाङ ह्रिमठीम (संस्कृति) अनुसारको कुटुम्ब मिल्ने थरहरुका बीचमा मात्रै विवाह हुन्छ।

प्रकार:
तामाङ जाति भित्र प्रायः विवाह २ भागमा विभाजन गरिएको पाइन्छ।

१.मागी विवाह:
तामाङ जातिमा कुटुम्ब मिल्ने केटा पक्षबाट कुटुम्ब मिल्ने केटी पक्ष समक्ष तामाङ सन्स्कृति अनरुप विधिसम्मत तरिकाले केटि मागेर गरिने विवाह नै मागी विवाह हो। तामाङ जातिमा मागी विवाहलाई सबैभन्दा राम्रो मानिन्छ।

२.भागी विवाह:
केटा र केटीको एकआपसमा मन मिलेको तर अभिभावक र समाजले स्वीकार नगरेको अवस्था केटाकेटी भागेर गरिने विवाहलाई भागी विवाह भनिन्छ। यसलाई प्रेम विवाह पनि भन्न सकिन्छ।

संस्कृति:
तामाङ जातिमा आफ्नै मौलिक वैवाहिक संस्कार रहेको छ। तामाङ लोकबाजा डम्फु बजाएर तामाङ लोकसन्स्कृतिको मुर्धन्य संगीत तामाङ सेलोको तालमा वैवाहिक कार्यक्रम सम्पन्न गर्नु तामाङ संस्कृति र जातीय पहिचानको गौरवमय परिचय हो।उक्त विवाह समारोहमा दाम्पत्य जीवन सुखद एवम् सफल होस भनेर लामागुरुहरुलाई अनिवार्यरूपमा टाशी-घेपा र टाशी-चेक्पा अर्थात शुभ मोन्लाम पाठ गर्न लगाउनुपर्छ।

तामाङ संस्कृतिको मौलिक पक्षहरुको खोजी गरेर हेर्ने हो भने तामाङ चेलीको ह्रुई(थर)परिवर्तन हुदैन। जस्तो योञ्जन वंशकि चेलीको विवाह घिसिङको छोरासंग भयो तापनी उनी घिसिङ कदापि हुदिनन्।

आफ्नो छोरिचेली कुटुम्बलाई सुम्पने बेलामा तपसिलका ४ प्रकारका वस्तुहरु साक्षी राख्ने गरिन्छ ।
१.विवाह हुने स्थानका अलौकिक ज्योहो-ज्योमो(देवी देवता) हरु,
२.हिमालमा हुने डाँफे अनि तराईमा पाइने मयुरको प्रतिकस्वरुप कुखुराको भाले,
३.नदिमा पाइने गोही र कछुवा आदिको सम्झनास्वरुप जिउँदो माछा र
४.विवाह स्थलमा भएका सम्पुर्ण सज्जन महानुभावहरु।
यिनै ४ प्रकारका साक्षीहरुको रोहवरमा मात्रै तामाङ जातिले आफ्नो छोरिचेली कुटुम्बलाई जिम्मा लगाउछ। यहि तामाङ संस्कृतिलाई तामाङ जातिमा छोङ्खोर,घासा वा चारदाम भनिन्छ। यहि चारदाम गर्ने समयमा तामाङ जातिको ताम्बाले हाम्रो छोरिबेटी तपाई कुटुम्बलाई सुम्पिए तापनि हाम्रो ह्रुइ अर्थात थर चाहिँ हजुरहरुलाई सुम्पेको छैनौं भनी माइतीकै थर रहने कुरा बताउँछ ,तसर्थ यहि कारणले तामाङ चेलीको थर परिवर्तन हुँदैन।

चारदामको समयमा ताम्बा र गान्बाले भन्ने तामाङ लोकशैलीको प्रस्तुतिकरण काल्पनिक रुपले नेपाली भाषामै राख्ने जमर्को गरेको छु।

यो सन्देश यस गाउँका अलौकिक ज्यहोज्योमो(देवीदेवता) लगायत सजिब रुपमा रहेको यस भेगका हिमाल पर्वतका डाँफे र समथर तराईका घना जंगलका मयुर अनि मुनाल चराले सुनोस भनी प्रतिनिधिका रूपमा सञ्चारसंबाहक परेवा वा सुनपङ्खी कुखुराको भाले राखिएको छ। नदीनालामा रमाउने जलचरहरु माछा,गोही र कछुवा आदिले थाहा पाओस् भनी प्रतिनिधिका रुपमा माछालाई ल्याएको छौं भने यस विवाह मण्डपमा विराजमान सम्पुर्ण सज्जनवृन्दहरुलाई साक्षी राखी आजको मितिमा ..........जिम्मा लगाएका छौं। पाले पुण्य मारे पाप भनेर हामिले हाम्री चेली दिएका छैनौं,हाम्री चेली तपाई....रेम्बोर्छेको जीवनसाथी अथवा पत्नीको रुपमा रहेता पनि थर भने जीवनपर्यन्त रहिरहने छ।

यसरी विधिवत तरिकाले समारोह अन्त्य भैसके पश्चात्  ती साक्षीको रूपमा ल्याइएको डाँफे र मुनाल पंक्षीको प्रतिनिधि परेवा वा कुखुराको भाले,गोही र कछुवाको प्रतिनिधि माछालाई आ-आफ्नो ठाँउमा जिउँदै छोडिदिनु पर्दछ अनि मात्रै दुलहा-दुलहीको दाम्पत्य जीवन सुखमय हुनेछ भनिन्छ।

धर्मचन्द्र योञ्जन तामाङ
फलाँटे -४ जुरेडाँडा,काभ्रेपलान्चोक ।

Wednesday, June 1, 2016


            लेखक:- धर्मचन्द्र योञ्जन तामाङ ।

मानव सभ्यताको विकास क्रमसंगै विभिन्न जातजातिका रूपमा मानिसहरु विभाजित हुने कार्य पनि शुरु भयो। ती विभिन्न जातिहरुमा तामाङ पनि एक हो।तामाङ पहिचान सहितको सभ्यता विकसित हुने क्रममा नै तामाङ थरहरुको पनि सिर्जना भएको हो।यसरी विभिन्न तामाङ थरहरु सिर्जित हुने क्रममा योञ्जन थर पनि अस्तित्वमा आयो।

विभिन्न तामाङ थरहरुको उत्पत्तिसंगै योञ्जन थरको पनि उत्पत्ति भयो। यसरी उत्पत्ति भएको योञ्जन थरलाई तामाङ सभ्यताको चिनारी दिने विभिन्न ग्रन्थहरुमा लिपिबद्ध गरिएको पाइन्छ । सम्भोटा (तिब्बती) लिपिमा लिपिबद्ध हस्तलिखित ग्रन्थहरु ह्रुइसाङ च्योप्गे,सेदाङ,दोङ-ह्राप आदिमा योञ्जन थरको वर्णन गरिएको छ।
यहाँ तामाङ वंशावलीको ह्रुइसाङ च्योपगेला दोङ-ह्रापमा योञ्जनलाई पाँच पुर्खा (खेङा) मध्येको एक पुर्खाको रूपमा वर्णन गरिएको छ। पाँच पुर्खाहरुमा योञ्जन,मोक्तान,घिसिङ,बल र ब्रोक्चन पर्दछ। पाँच पुर्खा (खेङा) को वृतान्त वर्णनमा योञ्जनको बारेमा यसरी वर्णन गरिएको छ:
योञ्जन रेम्बोर्छेला म्हेमेला छान, म्हेमे हुङ्गा ग्याल्बो दहाङ्दो बाबना, नाक्पो च्यागी गोन्बोला बाब, ला तेन्मामी लामा कोनज्योतेन,ताकपा ङो जिन्नामी म्हारला चुरगुरि क्युअी ग्युल्मु।

यसबाट हामी के प्रष्ट हुन सक्छौ भने योञ्जनको उत्पत्ति नाक्पो च्यागी गुम्बामा भएको हो।
गुम्बाको भित्तामा आकाशे रङ्गको चार भुजा (हात) भएको बाघभैरव,महांकालको रूपमा देखिने देवता लामा कोन्ज्योलाई योञ्जनले कुलदेवता मान्दछ।

यसैगरी सेदाङमा पनि योञ्जन थरको बारेमा यसरी लेखिएको छ:
बाब्सा नाक्पो च्यागी गोन्बो
फोला बब ह्रुइगी फोला लामाकोन्ज्यो
दाङ छ्याअी क्योङ पाल
हिसेकी गोन्बो छ्यासिपा तेन

योञ्जनको उत्पत्ति नाक्पो च्यागी गुम्बामा भएको हो। लामा होन्ज्यो,पाल हिसे गोन्बो छ्यासिलाई योञ्जनले कुलदेवता मान्दछ।

यसैगरी योञ्जनहरुको वर्णन दोङ-ह्रापमा पनि  सेदाङमा झै गरिएको पाइन्छ:
बब्सा नाक्पो च्यागी गोन्बोला बब
ह्रुइगी फोला लामा-कोन्ज्यो
दोङ छ्योअी क्याङ पाल हिस्ये गोन्बो छ सहि बब तेन।

अनि ताम्बा काइतेनमा अझै प्रष्टसंग लेखिएको छ:
नाक्पो च्यागी गोन्बोला बब
ह्रुइगी फोला योञ्जन-ला
लामा कोनज्यो महांकाल

नाकपो च्यागी गुम्बामा उत्पत्ति भएको योञ्जनले लामा कोनज्यो नामक कुल मान्दछ।

यसरी पाँच पू्र्खा (खेङा) को यात्रा वृतान्त वर्णन गरिएको हुङ्गा रेम्बोर्छेलाई नै योञ्जनहरुको पुर्खा मानिएको छ।वहाँको जन्म नाक्पो च्यागी गुम्बामा भएको थियो।वहाँले तान्त्रिक शक्तिको माध्यमद्वारा बाँसको टोकरीमा समेत पानी भरेर ल्याउन सक्नुहुन्थ्यो। कुनै समयमा योञ्जन लामाहरुको घिसिङ थरका लामासंग द्वन्द चर्किएको थियो।घिसिङ लामाले आफ्नो तान्त्रिक शक्तिद्वारा हावा-हुन्डरी, असिनापानी पारेर योञ्जनहरुले लगाएको बालीनाली नास पार्ने निर्णयमा पुगे र सोहो अनुरुप गरे पनि,त्यसैबेला नाक्पो च्यागी बगैंचामा हुङ्गा रेम्बोर्छेले ध्यान तपस्या गरिरहनु भएको थियो,वहाँले तपस्या गरिरहेको अवस्थामा वहाँले हावा-हुन्डरी असिनापानी पर्न लागेको थाहा पाउनुभयो। यसले कृषिमा असर पार्छ भनी तान्त्रिक शक्तिद्वारा सुनको डोको बनाएर असिनापानी डोकोमा थाप्नुभयो। उनै हुङ्गा रेम्बोर्छेका सन्तानहरु नै योञ्जन कहलिएका हुन।

बुद्धिमान मोक्तानको तामाङ वंशावली (जिक्तेन तामछ्योअी), सन्तवीर लामाको ताम्बा काइतेन लगायतका अन्य तामाङ तथा तामाङ इतरका लेखकहरुको पुस्तकमा पनि योञ्जन थरको उत्पत्तिको सम्बन्धमा उल्लेख गरिएको पाइन्छ।
उदाहरणका लागि समाजशास्त्री डोर बहादुर बिष्टको ''पिपुल अफ नेपाल - १९७२'', नगेन्द्र शर्माको '' नेपालको जनजीवन -२०३७'' गाव्रिल टाउचरको ''हिमालयन माउन्टेन कल्ट्स'', जनकलाल शर्माको ''हाम्रो समाज: एक अध्ययन - २०३९'' र वंशाटार्टको ''गोर्खज नोट अफ नेपाल - १९०८'' लगायतका  पुस्तकहरुलाई लिन सकिन्छ।

एक किंवदन्ती अनुसार दोङ ज्याल्सा (राज्य)को काग्यु च्यागी गोन्बो अर्थात नाक्पो च्यागी  गोन्बोका लामा पुरोहितहरुको सन्ततिहरुलाई नै योञ्जन थरका तामाङ हुन। यसरी विभिन्न ग्रन्थहरुमा वर्णन गरिएको योञ्जन थरका तामाङहरु शुरुआतमा सिन्धुपाल्चोक जिल्लामा पर्ने नाकपो च्यागी भन्ने स्थानमा बसोबास गर्न थालेको भनिन्छ। त्यस पश्चात्  बन्दरपा,ताङ्गाम हुँदै बसाइँसराइ हुँदै जादा वनजंगल फडानी गरेर हालको ह्रिस्याङगुमा बसोबास गरेका हुन।
योञ्जनहरु ह्रिस्याङगु लगायत धादिङ,फुलपिङ,याम्दाली, पोङ्दी, धैबुङ र वाफल आदि।ठाँउहरुलाई आफ्नो किपट भुमि मान्दछन।

हुङ्गा रेम्बोर्छे समय पश्चात् नै योञ्जनहरु ह्रिस्याङगुबाट बन्दरपा,धादिङ,फुलपिङ,याम्दाली,पोङ्दी र वाफल लगायतका ठाँउहरुमा बसाइँसराइ गरि फैलिएका थिए।यसरी आज पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनि उत्तरी हिमालदेखि दक्षिण तराईसम्मको चौहद्दी भित्र बसोबास गर्न नभएर विश्वभर छरिएर रहेको योञ्जनहरु बम्जन, लोप्चन, मिक्चन र डुम्जनहरुलाई सहथर मान्दछन। अझ सन २०१३ मा भएको तेस्रो अन्तरास्ट्रिय तामाङ सम्मेलनको घोषणापत्रमा त म्हेमे कु(नौ बाजे) र माम कु(नौ बज्यै) बाट जन्मेको सन्तानहरु नै सहथर वा सहगोत्री हुन भनेर उल्लेख गरिएको छ। जसअनुसार म्हेमे हुङ्गा रेम्बोर्छे र माम नाङ्साल्मोको सन्तानहरु बम्जन,लोप्चन,मिकचन र डुमजन नै योञ्जनहरुको सहथर हो। तसर्थ योञ्जन वर्गमा पाँचवटा थर पर्दछ,जसलाई तामाङ भाषामा ङाह्रुअी भनिन्छ।


माथी उल्लेखित योञ्जन वर्गभित्रका पाँच थरहरुका बीचमा कहिल्यै पनि विवाह हुदैन । यसरी तामाङ सामुदायमा पाँच पाण्डव मानिने योञ्जन वर्गमा रहेको योञ्जनहरु दुई प्रकार (गोत्र)का हुन्छन। जसलाई तामाङ भाषा खोर भनिन्छ। योञ्जनहरु लामा र बोन (बिच्छी) अर्थात चन खोर (गोत्र)मा विभक्त छन।तामाङ जहाँ पुगे,जहाँ बसे त्यही ठाँउका खोलानाला,डाडापाखा आदि ठाँउको नामबाट खिर(गोत्र) वर्गीकरण गरिएको पाइन्छ। त्यस्तै योञ्जन थरमा पनि पदवीका आधारमा खोर(गोत्र)छुट्याइएको छ।झाक्री प्रथा अवलम्बन गर्ने योञ्जनले बोन (विच्छी) वा चन खोर (गोत्र)को योञ्जन भन्न रुचाउँछन् भने लामा योञ्जनहरु लामा खोर(गोत्र)को योञ्जन भन्दछ।त्यसैगरी आजापूजा गरिने कुल-देवताको नाम जोडेर पनि खोर(गोत्र) निर्धारण गरिएको हुनसक्छ । लामा-कोनज्यो कुल मानेसंगै लामा  खोर(गोत्र) राखिएको हो कि भन्ने अनुमान् लगाउन सकिन्छ ।तसर्थ जसले जुन खोर (गोत्र)को योञ्जन हुँ भने पनि योञ्जन,योञ्जन नै हो। तामाङ जातिमा हिन्दु वर्णाश्रम अनुसार खोर(गोत्र) फरक भन्ने बित्तिकै विवाह हुदैन।

तामाङ जाती भित्रको एक योञ्जनको घरमा लगाउने रङ्ग पनि फरक छ। योञ्जन थरका तामाङको घरमा पुरै सेतो रङ्ग लगाइन्छ। लोप्चनको घरका भित्तामा पनि योञ्जनले झैँ पुरै सेतो रङ्गको प्रयोग गरिन्छ।तर बम्जनको घरमा रातो रङ्गको प्रयोग गरिन्छ। हिजो यसरी रङ्गको प्रयोगमा पनि आफ्नो पहिचान भएता पनि आजको योञ्जन लगायतका तामाङको घरमा बढ्दो आधुनिकता संगै इच्छा अनुसारको रङ्ग लगाउन थालिएको पाइन्छ।त्यसैगरी योञ्जनहरु जुन खिर (गोत्र)का भए पनि कुल-देवता पूजा कोठामा राख्ने प्रचलन छ।तर अरु केही थरका तामाङले आफ्नो थर अनुसार कसैले घरको थाम,बुइगल,अनि छानामा राख्ने गर्दछन।

आज आफ्नो थातथलो छडेर रोजगारीको सिलसिलामा या बसाइँसराइको कारणले देशदेशावर पुगेका योञ्जनहरु आफुलाई ह्रिस्याङ्गोली, धादिङ्गे, यामदली, र वाफले योञ्जन भनेर चिनाउने गरेका पाइन्छ। यी त बसाइँसराइ हुनुपुर्व आफ्नो पुर्वज बसोबास गर्नुभएको थातथलो हो।
यसरी वर्गीकरण गर्नु उचित हुदैन ।केही समय अगाडीको घटना हो पङ्तिकारले पुर्वकी योञ्जन बहिनीसंग फोनमा वार्ता गर्ने अवसर प्राप्त गरेको थिएँ,अहिले पनि हामी सम्पर्कमा छौँ ।मैले सोधेँ कुन खोर(गोत्र) को योञ्जन हो आङा ? आङाको जवाफ थियो: ह्रिस्याङ्गोली। तसर्थ यहाँ के भन्न खोजेको हुँ भने ह्रिस्याङगु हाम्रो उद्गम थलो हो, खोर (गोत्र) होइन।

संसारभरका योञ्जनहरु एक हौ,फरक छैनौं भन्ने भावना जागृत होस,धन्यवाद !!!


पङ्तिकार फलाँटे -४ जुरेडाँडा,काभ्रेपलान्चोक स्थायी ठेगाना भएको योञ्जन थरका तामाङ हुन।





              तामाङ बौद्ध महासंघ मलेसिया !!!



Letest Video

Popular Posts