Tuesday, July 5, 2016


संगीत जीवन को एक मिलन बिन्दुमा ल्याउने संगम पनि हो,त्यहीँ संगमलाई संगीतमा माया मोह रहि उदयका एक गायक हुन कोसिपारी का सुजन तामाङ ।

काभ्रे,कोसिपारी सल्ले-भुम्लुमा बुबा राजेश तामाङ र आमा निर्मला तामाङको कोखमा इ.स. 23 जुलाई 1993 मा जन्मनु भएको थिए सुजन तामाङ !
वहाँ केही वर्ष मात्र आफ्नो गाउँ सल्लेमा रहे। केही वर्ष पश्चात् गाउँमा राम्रो संग बस्ने वातावरण नभएपछि सानैमा सुजन तामाङ र वहाँ को बहिनी सुस्मिता लाई आमा निर्मला ले ललितपुर लगानखेलको LMV school को होस्टेलमा राखेर, छोराछोरी को उज्ज्वल भबिश्यको लागि केही वर्ष काठमाडौंको बसाइँ पश्चात् आमा परदेश जानू भएको थियो।

करिब ८ वर्ष सम्म होस्टेल बसाइँमा वहाँले पढाई मात्र नभई संगीत क्षेत्रमा पनि लागे। उता पढाई अनि संगीत किन भने वहाँको सानै देखि इच्छा थियो कि संगीतमा रम्ने, सुजन कहि कतै फुर्सद भए पछि खेल्नु भन्दा पनि स्कुलको चौरमा साथी भाइ संग गीत गाउने र सुनाउने गर्थें।
अझ रमाइलो कुरा त जब स्कुल प्रेड सकेपछि होस्टलमा सर,म्याडम हरुलाइ समेत गीत गाएर मनोरञ्जन दिलाउथे।

पढाई त निरन्तर थियो साथै संगीत पनि त्यसै क्रममा आफ्नो SLC दिए पछि वहाँको सपना थियो गायक बन्ने!
एक दिन को समय निकालेर र आफ्नो गायक बन्ने सपना बोकेर वहाँ काठमाडौं स्थित पुतलीसडक साधना कला केन्द्रमा पुगे। र त्यहाँ वहाँले करिब २ वर्षसम्म गुरु प्रकाश गुरुङ संग संगीत सिके।

त्यसै क्रममा बिस्तारै वहाँ लाई कुनै गीत को एल्बम निकाल्ने सोचाइ आयो र पक्का निर्णय गरे वहाँलाई त्यो वातावरण सिर्जना गर्न का निम्ति आफ्नै पुजानीय आमा निर्मला तामाङले धेरै साथ दिनु भयो,कारण आमा को कोमल मन अखिर छोराछोरी को चाहाना पूरा गर्नु पर्ने।
त्यसै सिलसिलामा सुजन आफ्नो गीति एल्बम निकाल्न को लागि सुजन गीत को लिरिक्स को लागि रचनाकार जीवन बम्जन संग गीत लेख्न लगाइ र संगीतकार टेक घिसिङ,आर बि लामा र टीका बम्जन संग संगीतको लागि धाउनु भो र सुजन तामाङ ले आफ्नो पहिलो एल्बम शैलुङ्गे मैच्याङ
बजार मा ल्याउन सफल पनि हुनु भएको छ।


एल्बम को सबै गीत हरु काठमाडौं डिजिटल स्टिडियो मा रेकर्ड गरिएको थियो। एल्बममा ५ वटा गीत हरु समबेश गरिएको छ।
एरेन्जर :-अमृत ल्वागुन,पवन वाङ लामा र आगा लामा ले गर्नु भएको छ।
मिक्सिङ र मस्तृङ डिक गुरुङले गर्नु भएको छ।
 आमा विदेशमा भए पनि आमाको हरेक साथ र मायाले सुजन लाई अगाडि बढ्नु धेरै प्रेरणा मिलेको छ , वहाँ ले यस एल्बम मा समबेश गरिएको गीतहरु को चाडैं नै भिडियो दर्शक माझ ल्याउने बताएका छन् ।
एल्बम म्युजिक पर्टनर बाट ल्याएको छन्। यस एल्बम निकाल्न/सफल हुन आमा को प्रेरणा द्वारा नै भएको छन्। सायद आमा को एक्लो छोरो भएर नै होला सुजनको हरेक कुरा हरुमा आमा को साथ मिलिरहेको बताउनु हुन्छ।
जस एल्बममा समबेश गरिएको गीत हरु:-
)सैलुङ्गे मैच्याङ 
)सगुन आइरक
३)ताम्बा आखे 
            ४)हिमान्चलमा हिउँ सेतै
         ५)तिम्रो त्यो अँखामा 


Sunday, July 3, 2016


                         तामाङ बौद्ध महासंघ मलेसिया !!!

बौद्ध धर्म गुरु द्वारा (मोन्लाम) पूजापाठ गरि पहिलो वार्षिक साधारणसभा मनाउने तयारीमा छन् ।

तामाङ बौद्ध महासंघ मलेसियाले यहि आउदो 07 जुलाई 2016 / 2143 बिहिवार का दिन तामाङ बौद्ध महासंघ नेपाल का केन्द्रिय सदस्य धर्म गुरु ङावाङ लामा तामाङ र महासंघ कै महासचिव सुन्दर योञ्जन तामाङ ज्युको प्रमुख उपस्थितिमा
         प्रथम स्थापना दिवस तथा सम्मान समारोह
मलेसिया को क्वालालम्पुर स्थित नेपाली किचेन रेस्टुरेन्टमा मनाउने भएका छन् ।
उक्त कार्यक्रममा बौद्ध धर्म ग्रन्थ अनुसारको (मोन्लाम)पूजा पाठ साथै बौद्ध धर्म संस्कार,संस्कृति,कला,भेषभुषा र भाषा बारे धर्म देसना प्रवचन लामा द्वारा गरिनेछन ।  साथै सदस्यता नवीकरण एवं नयाँ सदस्य दर्खास्त फाराम सोही दिन वितरण गरिने हुँदा, र विभिन्न पेशा गत मलेसियामा छरिएर बसेका संघ संस्था,व्यावसायिक,कलाकार,खेलाडी लगायत तामाङ बौद्ध महासंघ स्थापना कल देखि हालसम्म आर्थिक,भौतिक र नैतिकता बाट सहयोग पुर्‍याउन हुने सदस्य एवं संघ संस्थाहरुलाई सम्मान गरिने भएका छन्।


तामाङ बौद्ध महासंघ मलेसिया परिवार !!!
क्वालालम्पुर,मलेसिया ।



Letest Video

Popular Posts