Friday, May 27, 2016


संगीत तथा गायन क्षेत्रमा सिन्धुपाल्चोक,पुल्पिङ का नव गायिका पूजा बम्जन तामाङ ले भर्खरै ल्याए सेलो एल्बम
                             '' माइ लभ ''।

सिन्धु त पल्चोक गाउँ भन्ने गीतको म्युजिक भिडियो युट्युवमार्फत songsnepal मिडिया द्वारा सर्बजनिक गरिएको छ। भने नवगायिका पूजा बम्जन तामाङको बिल्कुलै पहिलो एल्बम भएको हुनले उहाँले पहिलो एल्बमको नाम ''माइ लभ'' MY LOVE राखिएर बजारमा ल्याएका हुन। आशा राखौ उहाँको पहिलो एल्बम बाटै धेरै भन्दा धेरै स्रोतहरुको मन जित्न सफल रहोस। शुभ आशिर्वाद।
जसमा शब्द/ स्वर भने पूजा बम्जन तामाङ को रहेको छ।
संगीत:- आर.बि. लामा
एरेञ्जर:- कर्साङ लामा
कलाकार:- गँगा/सिर्जना गुरुङ
क्यामेरा:- चन्द्रमन दङ्गोल
सम्पादन:- टेकेन्द्र शाह
निर्देशन:- प्रेम लामा को रहेका छन।



                    तामाङ बौद्ध महासंघ मलेसिया !!!

Wednesday, May 25, 2016


रामेछाप/बेथान!
जेष्ठ ८-२०७३ / शान्तिका अग्रदुत गौतम बुद्धको २५६०औं जन्म जयन्तीको अवसरमा।
                             
सुनपति भ्वाँसा च्यारिटी मेडिकल सेन्टर पा.लि.को समुद्धाटन शनिबार बेथान ८ भ्वाँसा, रामेछापमा सम्पन्न भएको छ। मेडिकलको उद्धाटन नेपाली कांग्रेसका महामन्त्री,मनोचिकित्सक डा.शसाङ्का कोइरालाले गरेको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले पनि।उपस्थिति जनाएको थिए।धर्मगुरु ङवाङ पाल्देन तामाङ (विमान) ज्यु,२२ वर्षसम्म भारतमा बौद्ध शिक्षा अध्ययन गरेर घर फर्किनु भएको।थियो।

एकदिन उहाँको आमा बिरामी भएपछि आमालाई उपचारको लागि काठमाडौं ल्याउदै गर्दा बिचबाटोमा नै मृत्यु भएको थियो।नजिकै हस्पिटल अथवा मेडिकल नभएकै कारण आफ्नो जन्मदिने आमालाई बचाउन नसके पछि त्यस गाउँमा मेडिकल निर्माण गरेका उहाँले बताउनु भयो । मेडिकल आमाकै सम्झनामा बनाउने भनेर घरमा सल्लाह गरेपछि बुबा धनसिंह तामाङले पनि साथ दिनुभएको थियो। त्यसपछि आफ्नै जग्गामा मेडिकल निर्माण गरेको हो।

मेडिकल निर्माण भएपछि रामेछाप जिल्ला,हिलेदेबी,बेथान र गुन्सिभदैरे लगायतका स्थानीयहरुलाई सहज हुने भएको छ।
उक्त मेडिकल निर्माण गर्न युकेका आनि लोब्साङ खाण्डोले सात हजार पाउण्ड र अन्य सबै खर्च धर्मगुरु ङवाङ पाल्देन तामाङ ज्युले ब्यक्तिगत रूपमा बेहोर्नु भएको हो। २५६०औं बुद्ध जयन्तीको अवसर पारेर गरेको उक्त कार्यक्रममा करिब आठ सय जनाको स्वास्थ जाँच गरेका छन।स्वास्थ परिक्षणका लागि वीर,समित र तामाकोशी लगायत हस्पिटलहरुका करिव ४० जना डाक्टरहरु पुगेका थिए।

१८ बेटको उक्त मेडिकलमा स्त्रीरोग,अँखा,दाँत  र हाडजोर्नी लगायतका विभिन्न समस्या बोकेर मन्थली, नेपालथोक,लुभु,हिलेदेवी,गुन्सिभदौरे,बेथान लगायतका स्थानीयहरु उपस्थित रहेको थिए। परिक्षणको।क्रममा १६ जनालाई मोतिविन्दु भएको पाइएको साथै २६ जनालाई चस्मा दिइएको थियो।
अँखा जाँच  गराउनेको सङ्ख्या १७५ जना रहेको जनाएको।छ। भने ७६ जनाको दाँत जाँच गरिएको थियो। पाठेघर,गर्भवति साथै यौन रोगसमेतको विशेष जाँच गर्दै औषधि समेत वितरण गरिएको डा.सुमन आचार्यले बताएका छन।हाडजोर्नी र नाक कान सम्बन्धि परिक्षण तथा भिडियो एक्सरे समेत गरिएको छ।


धर्मगुरु गेसे ङवाङ पाल्देनको अध्यक्षतामा औपचारिक कार्यक्रमका साथ उद्धाटन गरिएको थियो भने टेक घिसिङ लगायतका कलाकारको सहभागीतामा सांस्कृतिक कार्यक्रम समेत भएको थियो।


          तामाङ बौद्ध महासंघ मलेसिया परिवार !!!

Tuesday, May 24, 2016


लेखक:- धर्मचन्द्र योन्जन तामाङ ,कोशीपारी काभ्रे ।

२०७३ जेष्ठ ३ गते दिउँसो ३-४ यस्तै समय थियो।एकजना बौद्ध धर्मका गुरु ले फोन गर्नुभयो। केही क्षणको वार्तालाप पश्चात् ८ गते बेथान -८ भ्वाँसा, रामेछापमा एउटा कार्यक्रम छ हजुर अनि हजुरसंग को को जानुहुन्छ जानुपर्छ है भन्नुभयो।
म एकछिन अक्मक्किएँ र जवाफ दिएँ: हुन्छ।

त्यस पश्चात् पनि सामाजिक संजालहरुमा कुराकानी हुँदै थियो।यो कुरा मैले मेरी आदरणीय दिदि नम्रता बम्जन तामाङलाई भोलिपल्ट बिहानै फोन मार्फत व्यक्त गरे अनि दिदि भाइ संगै जानको निमित्त आग्रह गरे। वहाँले प्रत्युत्तरमा समय बाँकी रनै छ आले,सोचुला नि भन्नुभयो। मैले भने हवस् दिदी हुन्छ नि। यसरी नै हामी दिदि र भाइ बीच टेलीफोन र सामाजिक संजालमा कुराकानी भैरहन्थ्यो नै। यसै क्रममा जेष्ठ -७ अपरान्ह ४:३० तिर फोन आयो,मैले गोजिबाट मोबाइल फोन झिके,दिदिको फोन रहेछ,मैले रिसिभ गरे।
दिदिले भन्नुभयो: भाइ दिदिकोमा आउन है दिदिलाई पनि सजिलो हुन्छ, भोलिको लागि जाने तयारी हुन्छ। मेरो सानोठिमी जानुपर्ने काम थियो तर मैले दिदीको वचन हार्न सकिन र ५ -५:१५ मा हान्निए, दिदीको आवासगृह वसुन्धरा काठमाडौं तर्फ। त्यस दिनको हल्का पारिवारिक गफगाफ पश्चात् खाना खाइवरी हामी सबैजना सुत्यौ किन्की भोलिपल्ट सबेरै उठ्नु थियो।
भोलिपल्ट बिहान अर्थात ८ गते बिहान ४:१५ मा लामा गुरुको फोन आयो त्यतिबेला हामी उठेर चिया पिउन थालेका थियौं ।अब चाहिँ सुरसार गर्नु पर्छ भन्नेमा थियौं । फोन रिसिभ गरे,सर कहाँ आइपुग्नुभयो भन्ने प्रश्न थियो वहाँको मैले हामी अब हिड्नै लागेको भन्ने जवाफ दिए।
त्यतिबेलासम्ममा दिदी पनि तयारी भैसक्नु भएको रहेछ,म पनि झटपट तयार भए अनि लामा गुरुको आग्रहम दिदी भाइ बौद्धतिर लाग्यौं।

गाडीमा जादै गर्दा क्रमश: भाइ प्रविण योन्जन तामाङ र साथी आर.के. दोङ तामाङको फोन आयो। वहाँहरु लाई रामेछाप जानका लागि मैले आग्रह गरेको थिए। मैले दुवैजनालाई कोटेश्वरमा जानुहोला,हामी बौद्ध बाट आउदैछौ भने। बौद्धमा हामी ५ बजे ठ्याक्कै पुग्यौं किनकी हामीलाई त्यही समयमा आइपुग्न भनिएको थियो। हामी त्यहाँ गाडीभएको स्थानमा पुग्दा लामा गुरुलगायतका ब्यक्तिहरु आइसक्नु भएको रहेछ।तर थुप्रै ब्यक्तिआउन बाँकी हुबुभएको हुँदा केही समय पर्खन जरुरी थियो र ६ बज्दा नबज्दै वहाँहरु पनि आइपुग्नु भयो। र करिब ६:१५ - ६:३० मा हाम्रो बेथान -८ भ्वाँसा , रामेछापको यात्रा शुरु भयो।


हामी चाबहिल,गौशाला,सिनामंगल,तिनकुने हुँदै कोटेश्वरमा पुग्यौं त्यहाँ पुग्दा प्रविण योन्जन तामाङ र आर.के.दोङ तामाङ आइसक्नु भएको थियो।वहाँहरु लगायतका साथीहरुलाई गाडीमा चढाएर अगाडि बढिरह्यौ। भक्तपुरको सल्लाघारी,र सुर्यविनायकमा रहनुभएका कलाकार साथीहरुलाइ रिसिभ गरेर हामी अगाडि बढ्दै थियौं । सायद ७:४५ भएको हुँदा हो हामी धुलिखेलबाट वि.पि. लोकमार्गतर्फ मोडिदा। केही पर पुगेपछी हाम्रो रिजर्भ गाडी रोकियो।त्यो एउटा विश्राम थियो।एकै छिन विश्राम पश्चात् नागवेली वि.पि. लोकमार्गका दायाँबायाँका हरियाली नियाल्दा नियाल्दै भकुण्डेबेशी आइपुगेको पत्तै भएन। रिजर्भ बस आफ्नै रफ्तारमा गुडिरहेको थियो। दायाँबायाँ रोपिएका मकै खेतिले हाम्रो मन लोभ्याउदै थियो। दाप्चा पुल काटेर केही परसम्म त हरियाली थियो,हल्का रमाइलो अनुभव भैरहेको थियो।

केही समय पश्चात् नेपालथोक पुग्यौं, अलिक पर पुगेर गाडी देब्रे मोडियो। त्यस पछि गाडीले ग्रामीण कच्ची मोटर बाटो पहिल्याउन शुरु गरिसकेको हाम्रो अनुभव थियो। त्यो काभ्रे,सिन्धुली र रामेछाप संगम सिमा दुम्जा रहेछ। जहाँ रोशी र चौरिखोला समेत मिसिएर सुनकोशी अविरल बगिरहेको हुन्छ। त्यहा पुग्दा मलाई एउटा तामाङ गीत सम्झनामा आयो:

रोशी कोसीला झुम्जारी
औशी ला जात्थर दुन्जारी !
          जात्थार च्याखाबा होइआङा,
          जात्थार छुजिगी आछुजी!!
सेला-सेला ह्राङ ताबा,
खालाङ्री म्राङ्बा ह्राङ ताबा!
           दिम खालाङ्री पार्दिजी,
           ह्रुअी तिला पार्दिजी !!
चुम्हिसे च्याजी एदान होअी,
कुटुम्ब हिन्सम जालमाया लाअी !!!

वास्तवमा यो यात्रा जात्रा त थिएन, एउटा अवसर थियो हाम्रो लागि। किनकी ०५२ फागुन १ गते जनयुद्धको सुरुवात भए पनि त्यस दिनदेखि बेथान चौकी कब्जा भन्दा अघिल्लो दिन करिब ११ महिनासम्म नेकपा ( माओवादी )ले कुनै पनि शसस्त्र प्रहरी चौकी र हतियार कब्जा गर्न सकेको थिएन। फागुन १ गते तीनवटा चौकी कब्जा गर्न भए  पनि हतियार कब्जा भएको थिएन। यस्तो परिस्थितिले गर्दा अब जनयुद्ध समाप्त भयो भनेर हल्ला गर्नेहरु पनि बढ्न थालेको स्थिति थियो। आन्तरिक रूपमा पनि यस्तो स्थितिले निराशा र पलायनका संकेतहरु जन्माइरहेको थियो।
यस्तो सङ्कट्को घडीमा यानप्रसाद गौतम
'आलोक' को योजना र नेतृत्वमा बेथानमा रहेको प्रहरी चौकी माथी ०५३ पुस १९ गते सफल आक्रमण थियो। यो नै जनयुद्धको पहिलो पूर्ण सफल कारबाही थियो।
यस आक्रमणमा दिलमाया योन्जन,फत्तबहादुर स्माली र तिर्था गौतम जस्ता होनहार युवाहरुले शाहदत प्राप्त गरेका थिए। चौकीमा भएका सबै हतियारहरु कब्जा भएको थियो।

मलाई त्यस्तो ठाँउमा कतिखेर पुग्न सकिएला ? अनि मेरी दिदी दिलमाया योन्जन लगायतका कमरेडहरुलाई श्रद्धाञ्जली अर्पण गर्न पाउछु भन्ने उत्सुकताले मन धक्का फुलेको थियो।
बेथान आक्रमणमा दिलमाया योन्जन साहसपूर्ण तवरले आम जनताका अधिकारका निमित्त दिल लगाएर ज्यानको बाजि थापेर लड्दा-लड्दै शाहदत प्राप्त गरेको लडाइँले जनयुद्धको विकासलाई तीब्र गति प्रदान गर्‍यो। जनयुद्ध समाप्त भयो भन्ने हल्ला र प्रचारलाई गतिलो जवाफ दियो। जनयुद्धका नेता र कार्यकर्ता तथा समर्थकलाई ठुलो उत्साह प्रदान गर्‍यो। योद्धाहरुको छापामार युद्धकलाको विकासलाई स्पष्ट बनायो।

हो म त्यही दिलमाया योन्जन तामाङको शाहदत प्राप्त गरेकी ठाँउ बेथान जादै थिए।सुनकोसी नदिमा रहेको अस्थायी पुल तरेर हामी पारी जनकपुर अञ्चल अन्तर्गत पर्ने रामेछाप जिल्लामा पाइला टेक्दै थियौं।कोशी तरेर हल्का माथी उक्लिदै थियो हामीलाई लिएर गएको गाडी,२ स्टेप माथी गए पश्चात् लुभुघाट तर्फ तेर्सियो। तर बीचैमा स्काभेटरले बाटो मर्मत गरिरहेको दृश्य देखियो, गाडी केही समय रोकिने थाहा भएपछि हामी पैदल हिड्यौ लुभुघाट सम्म। लुभुघाट तर्फ हिड्ने क्रममा एउटि बहिनि झुलुक्क झुल्किइन उनी रहेछिन तामाङ मोडल सरिना थिङ तामाङ। हिड्दा हिड्दै सामान्य परिचय संगै केही तस्बिरहरु आ-आफ्नो क्यामेरामा कैद गर्दै अगाडि बढ्यौ। र केहिछिनको पैदल यात्रा पछि लुभुघट पुग्यौं। करिबकरिब १० बज्नै लागेको थियो त्यतिबेला,पेट्मा मुसाहरु पनि आन्दोलित हुँदै थियो।हामी पनि आन्दोलनलाई मत्थर पार्ने योजना सहित एउटा खाजाघरमा छिर्यौ। केही खाएर निस्कियौ।



खाजा खाएर बाहिर निस्कियौ,सडकबाट कोसिपारीको उराठ लाग्दो भिरालो ठाँउ देखियो,काभ्रेको मेच्छे गाविस रहेछ।त्यस लगत्तै गाडीले हर्न बजाउन थाल्यो,वारि लुभुघाटबाट गाडी माथीतिर ह्रैह्रै गर्दै उकालो चढिरहेको अवस्थामा जिवनको परिकल्पना समेत गर्न नसक्ने हरियाली विहिन उराठ भिरपाखाहरु नियालेर हिडिनै रह्यौ।अलिक माथी पुगेपछी बाँसको एउटा सानो प्रवेशद्वार बनाइएको रहेछ, लेखिएको थियो खनियापानी गाविसमा यहाँ हरुलाई स्वागत छ।
हामीले थाहा पायौं कि हामी खनियापानी गाविसमा आइपुग्यौ। मैले एकजना स्थानीयलाई सोधे: अब बेथान आउन कति समय लाग्छ ? जवाफ आयो धेरै समय लाग्दैन,आइपुग्नै लाग्यो। खनियापानी पछि बेथान गाविस पर्दोरहेछ।

केही समयको दौरानमा बेथान गाविसमा पाइला टेकियो। अझै अगाडी बढिरहेको थियो गाडी,करिबकरिब १५ मिनेटमा हामी कार्यक्रम स्थलमा पुग्यौ।सोही कार्यक्रमका लागि गएका थियौं विशेषगरी। तर मनमा सम्झिरहेको थिए दिलमाया योन्जन तामाङ दिदीको शाहदत। यसै घटनाले सत्तामा नकारात्मक प्रभाव परेको थियो।सो घटनाको प्रभाव सत्ता पक्षमा नकारात्मक रुपले पर्नु स्वाभाविक थियो। सत्ता पक्षले जनयुद्ध समाप्त भयो, जनयुद्ध दबाइयो आदि भनेर आफुलाई र आफ्नो पङ्क्तिलाई अलि बढी नै विश्वास्त बनाएको स्थितीले गर्दा यो आक्रमणले धेरै ठुलो मनोवैज्ञानिक प्रहार गरेको थियो।देशभर पुन: एकपटक फेरि लाल आतङ्क छाएको थियो।

खानाको प्रबन्ध मिलाएको रहेछ, खाना खानको लागि गुरु कोसिस लोब्साङज्युले आग्रह गर्नुभयो, हामी त्यस तर्फ लाग्यौं। त्यहाँ जहाँ खानाको प्रबन्ध गरिएको थियो,त्यस घरको अाँगनी भन्दा बाहिरको बारिको बीचमा भर्खरै कोपिला हाल्न लागेको चुवाको बोट रहेछ। मनले फोटो खिच भनिरहेका थियो,मैले दिदी नम्रता बम्जनलाई भने वहाँले भन्नुभयो हो नि खिचम ! क्यामेरामा तस्बिरहरु कैद गरिसके पछि मात्रै हामी खाना खानतिर लाग्यौं। हामी खाना खान तयार भयौं तर दिदीले खाना खानु भएन, मलाई खल्लो लाग्यो।

कार्यक्रम लगभग शुरु हुनै लागिसकेको थियो,एउटा स्वास्थ्य  संस्थाको उद्घाटन कार्यक्रम भएकोले स्वास्थ्य शिविर पनि थियो, आम बेथानबासी लगायत आसपासका जनताहरु स्वास्थ्य परिक्षणका लागि लाइन बसिरहेका दृश्यले बेथानमा मानव स्वास्थ्य अवस्था कस्तो रहेछ?
भन्ने कुरा स्पष्ट हुन्थ्यो। त्यही समस्यालाई समाधान गर्नका लागि बौद्ध धर्म गुरु गेसे ङवाङ पाल्देन तामाङले सुनपती भ्वाँसा च्यारिटी मेडिकल सेन्टर पा.लि. दर्ता गर्नु भयो र बुद्ध जयन्तीकै दिन उद्घाटन गर्नु भएको छ। जनयुद्धमा शाहदत हुने दिलमाया योन्जन तामाङ जस्तो कयौं दिलमायाहरुको स्वस्थ्य समस्यालाई समाधान गर्न संस्था सफल रहोस भन्ने शुभकामना व्यक्त गर्दै हामी दिलमायाले शाहदत गरेको ठाँउ बेथानको बारेमा केही अध्ययन गर्नतिर लाग्यौ।

बेथान जहाँ १० वर्षे जनयुद्ध मत्थर भए पश्चात्  अर्थात नेकपा माओवादी शान्ति प्रक्रिया आइसकेपछि रास्ट्र संघीय मिसन नेपाल च्याप्टर ( अनमिन) हेलिकप्टर समेत दुर्घटना भएको थियो। जहाँ अनमिनले एउटा पार्क समेत बनाएको रहेछ। त्यसपछी मैले कार्यक्रम स्थल भ्वाँसाको अर्थ खोज्न चाहे। भनिन्छ जहाँ इच्छा, त्यहाँ उपाय! त्यसै क्रममा उदय दोङ तामाङज्युसंग भेट भयो। वहाँका अनुसार आख्खेला क्युअी ( बाजेको पधेरा) को छेउमा ब्वाँसोले आन्द्राभुँडी निकालेर खाएको दृश्य रेन्जेन दोर्जेका जेठा छोराले देख्नु भएपछि त्यसको वर्णन नेपाली भाषामा गर्ने क्रममा ट्युन नमिलेर भ्वाँसा  उच्चारण गरेका हुँदा त्यस ठाँउको नाम भ्वाँसा रहन गएको हो। त्यस पश्चात्  हाम्रो ध्यान कार्यक्रम तर्फ आकर्षित भयो।
उक्त समयमा गेसे ङवाङ पाल्देन तामाङका पिता मान बहादुर तामाङ बोल्दै हुनुहुन्थ्यो: अब यो उमेरमा मैले यहाँसम्म सिधै गाडी आउने पक्की पुलको आशा गरेको छु ताकी बर्खा मासमा बिमारी परे पनि काठमाडौं लैजान सक्ने अवस्था सिर्जना होस।यसको लागि राज्यले केही सोचोस र एउटा एम्बुलेन्सको सहजे बेथान आइपुग्न सकोस् ।

केही वक्ताहरुले बोले पछि कार्यक्रम सभापति तथा मेडिकलका अध्यक्ष गेसे ङवाङ पाल्देन तामाङले औपचारिक कार्यक्रम विसर्जन गर्नुभयो।तत्पश्चात  सांगीतिक कार्यक्रम शुरु भएको थियो। दिदी नम्रता बम्जन र म मोडेल बहिनी सरिना थिङ तामाङको  नृत्य प्रस्तुती हेरिसके पछि खाजानास्ताको।निमित्त खाजा पसलतिर लग्यौ। केही समयपछि भाइ प्रविण र आर.के. दोङ तामाङज्यु पनि हामी भएतिरै आउनुभयो र चारै जनाले नास्ता गर्‍यौ। त्यतिबेला साँझको ६ बजिरहेको थियो तर कलाकारहरुको प्रस्तुति सकिएको थिएन। हामी गाडी राखिएको स्थानमा नै बसिरह्यो।

करिब ७-७:१५ मा अनौपचारिक सहितको सम्पुर्ण कार्यक्रमहरु सक्किए पछि काठमाडौंतर्फ फर्कने सम्पुर्ण ब्यक्तिहरु गाडीमा जम्मा भयौं । सबैजना जम्मा हुन लगभग एक घण्टा लाग्यो। त्यसपछि ८:१५ तिर गाडी स्टार्ट भयो। हामी काठमाडौंका लागि तल दुम्जातिर झर्दै थियौं ।

दुम्जा झर्दै गर्दा मैले मनमनै फेरि पनि दिलमाया योन्जन तामाङलाई सम्झेर र भने दिदी विभेदको अन्त्य गर्नका निमित्त हजुरले विद्रोह गर्नुभयो, त्यस विद्रोहले गर्दा राज्यमा हुने विखण्डनको स्थितीलाई पनि एकीकृत गरेर एउटा समुन्नत नेपाल निर्माण गर्ने सपना साकार हुना नपाउदै हजुरले शाहदत प्राप्ति गर्नुभयो।घरमा १०० जना कामदार राख्ने सामन्तीगरु संग क्षतिपूर्ति नलिएरै जानुभयो। तपाईको।आत्माले चिरशान्ती प्राप्त गरोस्,हजुरलाई यो भाइको भाबपूर्ण श्रद्धाञ्जली !!!

यसरी दिदी दिलमाया योन्जन तामाङ जसले बेथान कारबाहीमा आफ्नो जीवन बेथान र आम नेपाली जनताको हक अधिकार प्राप्त गराउनको निमित्त अर्पण गर्नुभयो। त्यस ठाँउमा मैले पाइला टेक्ने अवसर पाए। मैले दिदीसंग भेटेर परिचय गर्न अपाए पनि दिदीको हड्डी रुपि ढुंगा,मांसपेशी जस्तैतै माटो अनि आत्मारुपी अक्सिजन भेटे बेथानमा। उहाँले भन्नुभएको थियो: कारबाहीमा म मारिए पनि साथीहरुले कारबाही सफल बनाउनु,कारबाही सफल नपारी नफर्कनु । मैले पनि वहाँले साथीहरुलाई भनेझैं मेरो मनको निर्देशन पालना गरे।जुन मनले मलाई एकपटक बेथान पुग्न निर्देशन गरेको थियो।

हामिलाई वि.पि. लोक मार्गमा आइपुग्न झन्डै दुई घण्टा लाग्यो । हामी लाई बेथान,खनियापानी,लुभुघाट लगायतका गाउँ वस्तीहरुले विदा गरिसकेका थियो। त्यसपछिका ठाँउहरुले पनि हामी लाई क्रमश: विदा गरिरहेका थिए। वि.पि. लोक मार्गमा आइपुगे पछि हामी चढेको रिजर्भ गाडी जालमा परेको मृग फुत्किएझै प्रतिघन्टा १०० कि.मिको दरले काठमाडौं तर्फ हुइकियो।
गाडीमा निकै रमाइलो भयो,ख्याल ठट्टा पनि निकै गरियो।भक्तपुर आइपुग्दा यति मिठो गीत बज्यो, त्यो गीतले बेथानको ब्यथा ओकलेझै लाग्यो:

                  कति सोझो मेरो मन
                  बिर्सिएर जानेलाई बिर्सनै नजान्ने ।
हो आज त्यतिबेला जनयुद्ध गर्ने नेकपा माओवादिले बिर्सेको छ बेथानलाई, अरु शक्तिलाई त वास्तै छैन तर पनि त्यो घाउ कहिल्यै भुल्न सकेको छैन बेथानले।
जहाँ दिलमाया अझै राज्यले गरेको विभेदका विरुद्ध प्रेतआत्मा बनेर क्रान्तिका आवाजलाई बुलन्द पार्दै छिन् ।

अन्ततः यसरी जादा आउँदा १९० किलोमीटरको यात्रा ११:४५ मा काठमाडौं आइपुगेर समाप्त भयो। दिदी नम्रता बम्जन, बहिनी सरिना थिङ, भाइ प्रविण योन्जन,आर.के. दोङ लगायत यात्राका सम्पुर्ण सहयात्रीहरुलाई धन्यवाद! साथै टिम लाई विशेष धन्यवाद !!!!


                 तामाङ बौद्ध महासंघ मलेसिया !!!

Monday, May 23, 2016


                  तामाङ बौद्ध महासंघ मलेसिया !!!

क्वालालम्पुर, 21 मे 2016 शनिबार - शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६०औं जन्म जयन्तीको अवसरमा           The 5 Elements Hotel मा गीति एल्बम
"""कोष बम्जन ब्यक अगेन विथ तामाङ फ्लेभर को """ बिमोचन गरियो। जसमा मलेसियाका विभिन्न संघसंस्था र तामाङ बौद्ध महासंघ का अध्यक्ष अनिल तामाङ ज्यु ले गायक कोष बम्जन तामाङ र गीतकार सोनाम नोर्बु तामाङ लाई खादा ओढाएर सम्मान,बधाई साथै शुभकामना समेत दिनुभएको थियो।


       साथमा गायक कोष बम्जन ले सोही एल्बम का गीत
                       "घरमा सुख भको भए"
बोल को गीत समेत गाएर उपस्थिति हरुको मन जित्न सफल भए । र कोष निकैनै उत्साहित भइ सोही एल्बम को भिडियो समेत Songsnepal मिडियाले युट्युबमा सार्बजनिक गरेको "हिउँ त झर्ने हिमालि भेग बोल को गीत जानकारी गर्नुभएको थिए । उहाँले बिमोचन पश्चात् ५० थान भन्दा बेसि अडियो सिडि समेत सम्झना स्वरुप बढ्नुभएको थियो ।

     
     Tamang Buddhist Federation Malaysia.


                तामाङ बुद्धिस्ट फेडेरसन मलेसिया !!!

क्वालालम्पुर, 21 मे 2016 शनिबार!
                  शान्तिका अग्रदुत महामानव गौतम बुद्धको २५६०औं जयन्तीको अवसरमा क्वालालम्पुरस्थित-ब्रीक फिल्ड्स ,,,श्रीलंका बुद्धिस्ट महाविहारमा १७औं अवतारी ग्यल्वा कर्मापा रिम्पोछे ज्युको आगमनमा दर्शन साथै भब्यता बुद्ध जयन्ती समापन गरियो।



     Tamang Buddhist Federation Malaysia.

Sunday, May 22, 2016


                   तामाङ बौद्ध महासंघ मलेसिया !!!

क्वालालम्पुर, 21 मे शनिबार - शान्ति का अग्रदुत गौतम बुद्धको २५६०औं जयन्तीको अवसरमा मलेसियास्थित port klang - TSS Security मा कार्यरत विगत ३ वर्षका करार अबधि पूरा गरि / सकिएर, तामाङ बौद्ध महासंघ का केन्द्रिय सदस्य मदन मोक्तान तामाङ आज मिति 23 मे 2016 मलेसियन समय अनुसार बेलुकी 20:05 मा मलेसियन एयर लाइन्स द्वारा आफ्नो देश नेपाल जाने भएको हुँदा गत शनिबार नै बौद्ध महासंघ का धर्मगुरु र सदस्य ज्यु हरुले उहाँलाई उहाँको यात्रा सफलता को शुभकामना दिदै बिदाई गर्नु भएको हो।



Tamang Buddhist Federation Malaysia!!!


                   TBFM_Malaysia !!!

क्वालालम्पुर, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६०औं बुद्ध जयन्ती भब्यताका साथ गत शनिबार जेष्ठ ८ - 21 मे का दिन क्वालालम्पुरस्थित "The 5 Elements Hotel मा गरिएको थियो।



जसमा तामाङ बौद्ध महासंघ का धर्मगरु लामा दोर्जे लोपेन नोर्बु घ्याछो,अनिल तामाङ र पेमा लामा साथै शेर्पा किदुक मलेसियाका पनि धर्म गुरु लोपेन लामाहरु द्वारा नै पूजा (मोन्लाम) पाठ  गरि कार्यक्रम लाई सम्पन्न गरिएको थियो।



यसैगरी तामाङ बौद्ध महासंघ मलेसियाका केन्द्रिय सदस्य गायक कोष बम्जन तामाङ को संगीतिक गीति एल्बम Kosh Bamjan Back Again With Tamang Flavour को बिमोचन गरियो।
बिमोचन कै क्रममा गायक कोष बम्जन र गीतकार तामाङ बौद्ध महासंघ मलेसियाका महासचिव सोनाम नोर्बु तामाङ लाई धर्मलामा गुरु र संघसंस्था बाट खादा ओढाइ सम्मान, बधाई तथा शुभकामना दिनुभएको थियो।

साथमा तामाङ बौद्ध महासंघ मलेसियाका केन्द्रिय सदस्य मदन मोक्तान तामाङ लाई पनि बौद्ध महासंघका लामा गुरु र कार्यकारी सदस्यहरु द्वारा बिदाई गरियो।
कार्यक्रममा मलेसियाका विभिन्न संघसंस्था,व्यावसायी र भक्तजनको उल्लेखनीय उपस्थिति थियो। यसैगरी प्राबसी एकता समाज द्वारा तामाङ सेलो गीतमा नृत्य राखिएको थिए।भने शेर्पा किदुक द्वारा पनि शेर्पा नृत्य गरि कार्यक्रम लाई निकै मनोरञ्जन दिलाएका थिए।

तामाङ बौद्ध महासंघ मलेसिया !!!



                   तामाङ बौद्ध महासंघ मलेसिया !!!

२५६०औं बुद्ध जयन्तीका अवसरमा मलेसियामा रहेका नेपालीले विगतका वर्षझै यसपालि पनि विभिन्न कार्यक्रम गरि मनाए।

यहाँका विभिन्न बौद्ध धर्मावलम्बी,भिक्षु र शुभेच्छुक लगायत नेपाली बौद्धमार्गी हरुले बौद्ध स्तुपाहरुमा पूजा (मोन्लाम) पाठ गरे।

त्यस्तै साँझपख मध्य ब्रिक फिल्ड्स- क्वालालम्पुरस्थित बुद्धिस्ट महाविहार मा आयोजित एक विशेष कार्यक्रममा मलेसियाका यातायात मन्त्री लिउ तियोङ लाइ, बौद्ध महाविहारका प्रमुख किरिन्दे धम्मारत्न लगायत वक्ताले शुभकामना दिँदै बुद्धको उपदेश अनुशरणयोग्य भएको भन्दै मुलुकमा सामाजिक सद्भाव र एकताका लागि उनका उपदेश उल्लेखनीय रहेका बताए।
त्यसलगत्तै सुरु भएका शान्ति पदयात्रा मा नेपालीहरुको विगत वर्षझै यसपालि शान्ति र्‍यालीमा उल्लेखनीय सहभागिता जनाए।उक्त अवसरमा नेपाल र मलेसियासहित,बाङ्लादेश,थाइल्यान्ड,म्यानमार,कम्बोडिया लगायत दर्जनौं मुलुकका सहभागीहरु थिए।

पदयात्रामा बुद्ध को प्रतिभा राखिएका र दीप पज्वलन एबम रंगीचंगी फुलहरुले सजिएका ४० भन्दा बेसि लरिहरु र शान्ति सुरक्षाको लागि मलेसियान नगरीक प्रहरी र एम्बुलेन्स ठाँउ ठाउमा ब्यबस्थापन गरिएको थिए।
जस लरिहरु बाजागाजा सहित बौद्ध धर्मगुरुहरु,धर्मावलम्बीहरु,शुभेच्छुक सामेल थिए।

तीमध्ये नेपाली लरिलाई प्राथमिकता क्रममा राखेएको थियो।बुद्ध वाज वर्न इन नेपाल ,भिजिट नेपाल ,बुद्ध वाज वर्न इन लुम्बिनी जस्ता विभिन्न सन्देश लेखिएका ब्यानर प्लेकार्ड र टिसर्ट लगाएका सयौं नेपाली यो यात्रामा सामेल थिए ।

ब्रिक फिल्ड्स श्रीलंका बुद्धिस्ट महाविहार देखि सुरु भएका र्‍याली केएल सेन्ट्रल,पासार सेनि,कोताराया,बुकित बिङ्ताङ हुँदै पुनः महाविहार मै पुगेर समापन भएको थियो।

पदयात्रा सुरु भएको मलेसियन समय अनुसार बेलुकी १९:३५ देखि रात्रि १२:४५ बजे सम्म रहेको थियो।
कार्यक्रममा करिब दर्जनजति नेपाली संघसंस्थाका प्रतिनिधि,ब्यबसायी र पत्रकार र श्रामिक नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो।



Tamang Buddhist Federation Malaysia

Saturday, May 21, 2016


दोर्जे लोपेन लामा नोर्बु घ्याछ्यो लामा गुरु,तामाङ बौद्ध महासंघ मलेसियाका अध्यक्ष अनिल तामाङ र (छ्योबेन) पेमा लामा र तामाङ बौद्ध महासंघ मलेसियाका सदस्यहरु द्वारा मोन्लाम पूजा पाठ गरि बुद्ध जयन्ती भब्यताका साथ मनाइयो।

Thursday, May 19, 2016


                         अध्यक्ष:अनिल तामाङ
भोलि अर्थात 21 मे 2016
आदिबासी जनजाति महासंघ मलेसियाको आयोजकमा संयुक्त रूपमा कार्यक्रम मनाउने तयारीमा।

२५६०औं बुद्ध जयन्ती मलेसियामा भब्यताका साथ मनाउने तयारीमा जुटेका छन।क्वालालम्पुर,स्थित कोतारायाको अति ब्यस्त व्यावसायकका रूपमा मानिने नेपाली रेस्टुरेन्ट " परदेशी "को चौथो तल्लामा तामाङ बौद्ध महासंघ मलेसिया को अध्यक्ष र सदस्य र शेर्पा किदुग मलेसिया सदस्य हरु एकजुट भइ बौद्ध धर्म ग्रन्थ अनुसारको तोर्मो (सोल्मो) बनाउन 20 मे आज बाटै लागिएको बताउनु भएको छ।

जसमा 21 मे बौद्ध धर्म लामा गुरु हरुद्वारा पूजा पाठ गरि कार्यक्रम लाई शुभराम्भ गरिने छन।
कार्यक्रम स्थान : The 5 Elements Hotel
चाइना टाउनको छेउमा।

तामाङ बौद्ध महासंघ मलेसिया!!!

Wednesday, May 18, 2016

           
                   लेखक:-धर्मचन्द्र योन्जन तामाङ

परिचय:
          आजको बैज्ञानिक युगभन्दा २५६० बर्ष अगाडी ई.पु ५६३ मा सम्राट शुद्धोधन र महारानी मायादेबीका सन्तानका रूपमा यस संसारमा जन्म लिनु भएको बिश्व प्रख्यात शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्ध आम मानव जगतका लागि मार्गदर्शक हुनुहुन्छ।
यस भौतिक संसारमा निरन्तर जन्म र मृत्यु बीचमा हुने दु:ख,कष्ट अनि पिडाहरुबाट कसरी मुक्ति पाउन सकिन्छ  भन्ने दुर्लभ आध्यात्मिक मार्गदर्शनसंग गहिरो सम्बन्ध रहेको साक्षात्कार ज्ञानलाई नै आज बिश्वका मानव जातिले बुद्ध मानिरहेका छन्।
छ बर्ष सम्म आध्यात्मिक ध्यान र तपस्या बाट प्रत्यक्ष बोधीज्ञान प्राप्त गर्ने एक जागरुक महापुरुष सिद्धार्थ गौतम नै बुद्ध दर्शनका प्रतिपादक हुन।जसलाई आज संसारभर भगवान बुद्ध भनेर चिनिन्छ।

तिनै महामनब सिद्धार्थ गौतमद्वारा प्रतिपादित मार्गदर्शनलाई नै बुद्ध दर्शन भनिन्छ। भगवान गौतम बुद्धले यस भौतिक संसारमा निरन्तर जन्म र मृत्यु बीचमा हुने दु:ख,कष्ट अनि पिडाहरुबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने दुर्लभ आध्यात्मिक मार्गदर्शनसंग गहिरो सम्बन्ध रहेको साक्षात्कार ज्ञान ( बुद्धत्व ) प्राप्त गरिसक्नु भए पश्चात आफुले प्राप्त गरेको ज्ञान लाई पहिलोपटक सारनाथमा धर्म देशना मार्फत आम मानव समुदायको हितको निमित्त आफ्ना शिष्यहरुलाई प्रबचन दिनुभयो। पहिलो धर्म देशनामा वहाँले चार आर्य सत्यको बारेमा प्रबचन दिनु भएको थियो।
यो बुद्ध दर्शनमा समाहित तिनवटा निकाय थेरवाद,महायान र बज्रयान मध्ये पहिलोसंग आधारित छ। त्यस पश्चात दोस्रोपटक गृद्धकुद र तेस्रोपटक वैशाली भन्ने स्थानमा धर्म देशना गर्नु भयो। यसमा वहाँले मार्ग ( चित्त र मध्य ) को बारेमा प्रबचन दिनु भएको थोयो। यो महायान दर्शनसंग सम्बन्धित छ। तीन वाटै धर्म देशना प्रबचनमा नपरेको सिद्धान्तलाई चाहिँ बज्रयान भनिन्छ।

विशेषत: सबैभन्दा उत्कृष्ट शिष्यहरुका लागि मात्रै दिनु भएको ज्ञान नै बज्रयान हो, यो सिद्धान्त भारतको अमरावतिमा धर्म देशना प्रबचनबाट प्रतिपादन भएको मानिन्छ। यस सिद्धान्तलाई बज्रयान,तन्त्रयान अनि गुह्यतन्त्र पनि भनिन्छ।
भनिन्छ यो दर्शन जो कोहीलाई दिन मिल्दैन।यिनै तिनवटा यान ( सिद्धान्त ) थेरबाद,महायान,बज्रयानका माध्यमबाट महामानव गौतम बुद्धले जुन मार्गनिर्देशन गर्नु भएको छ त्यसैलाई आज बौद्ध दर्शन ( Buddhism ) भनिन्छ।

यसरि तिनपटकसम्म धर्म देशना प्रबचन गरिसके पश्चात वहाँले दिनुभएको दर्शनलाई लिपिबद्ध ग्रन्थ नै त्रिपिटक भनिन्छ।
त्रि भन्ने बित्तिकै तीनवटा भन्ने बुझिन्छ। त्रिपिटक पनि त्रि-पिटक को संयोजन हो। जसलाई सुत्र पिटक,अभिधर्म पिटक र विनय पिटक गरि तीन भागमा विभक्त गरिएको छ। तीनवटै सिद्धान्तमा आधारित त्रिपिटक दर्शन दिनु भैसकेपश्चात यसैको माध्यमबाट शिल,समाधी र प्रज्ञाको बारेमा त्रिपिटक भित्रै बताइएको छ। यस दर्शनमा अनुसारण र अभ्यासका बारेमा जुन खालको विश्लेषण गरिएको छ,मुलत: त्यसैले बौद्ध दर्शन भनिन्छ।

बौद्ध दर्शनको बारेमा एटम बमका आविष्कार,आधुनिक बिज्ञानका पिता Albert Einstineले यसो भन्नुभएको छ '' Buddhism has the characteristics of cosmic religion for the future.It transcends a personal God,avoids dogmas and theology: it covers both the natural and spiritual,and it is based on a religious sense aspiring from the experience of all things,natural and spiritual, as a meaningful unity."
"भबिष्यको ब्रम्हाण्डमा धर्महरुमध्य अपेक्षा गर्न सकिने गुणहरु बुद्ध धर्ममा निहित रहेको छ।यो ब्यक्तिगत भगवान भन्दा टाढा छ,धार्मिक मत र अति-आध्यात्मबादबाट यो टाढै रहन्छ, यसले प्रकृति तथा आध्यात्म दुबैलाई समेटेको छ र यो प्राकृतिक तथा आध्यात्मिक सबै कुराहरुको अनुभबसहितको अर्थपूर्ण एकताको अभिलाषा गरिएको धार्मिक चेतनामा आधारित छ।"

सम्बन्ध:
          बौद्ध दर्शन र तामाङ समुदायको बीचमा कस्तो सम्बन्ध छ त भन्ने विषयमा अध्ययन अनुसन्धान गर्ने हो भने निकै पछि मात्रै तामाङ समुदायले बौद्ध धर्म दर्शन अगालेको पाउछौ। तामाङ समुदायले बौद्ध धर्म दर्शन अवलम्बन गर्नु अगाडीको इतिहासलाई आत्मसात गर्ने हो भने तामाङ समुदायको सम्बन्ध वोन सभ्यता ( प्रथा ) संग जोडिन जन्छ।जुन तिब्बतको मौलिक धर्म हो। जहाँ बौद्ध धर्म र दर्शनको शुरुआत हुनुभन्दा अगाडी वोन संस्कार थियो। बौद्ध धर्म र दर्शनको शुरुआत जहाँबाट भए पनि तिब्र विकास चाहिँ तिब्बतबाट नै भएको  पाइन्छ।
सातौं शताब्दीको अन्त्यतिर बौद्ध दर्शनलाई धर्मको रूपमा विकास गर्ने बौद्ध धर्मगुरु गुरु रिम्पोछेले वोनहरुको ज्ञान समेत सिक्न र तिनै ज्ञान र कुटनैतिक शैलीको प्रयोग गरेर वनहरुलाई धार्मिक वहस मार्फत हराउन सफल हुनु भो
त्यस पछाडी मात्रै तामाङ हरुले बुद्ध र बुद्धका दर्शनलाई धर्मको रूपमा अवलम्बन गर्नु शुरु गरेको इतिहास पाउन सकिन्छ।


तामाङ समुदायले वोन संस्कार छाडेर कसरी बौद्ध धर्म अवलम्बन गर्नु पुगे त ? भन्ने सन्दर्भमा धार्मिक इतिहासकार्हरुको मत फरकफरक रहेको पाइन्छ। महामानव गौतम बुद्धको जन्म पश्चात हुर्कदै जानू भय,चुडाकर्म र विवाह समेत भयो।राहुल नामको पुत्र लाभ पनि भयो तर उहाँलाई त्यतिले मात्रै सुख दिन सकेन र आम प्राणी जगतको सुखका निमित्त २९ बर्षको उमेरमा दरवारै त्याग गरेर भारतीय भुमी बोधगयामा ६ बर्ष सम्म कठोर तपस्या गरे पछि बुद्धत्व प्राप्त गर्नु भयो। त्यस समयमा आजको जस्तो सूचना प्राविधिको विकास भएको थिएन।त्यसैले बुद्ध केही चेलाहरी लिएर आफुले प्राप्त गरेको बिधिसत्व ज्ञान ठाँउ-ठाउमा धर्म देशना मार्फत बाड्दै हिड्नु भयो। जब भारतका प्रख्यात ब्यक्ति सम्राट अशोक संग भेट भयो,सम्राट अशोक बुद्धका अनुयायी भएहले। उनले बुद्ध र बौद्ध धर्मको प्रचारप्रसार गर्ने उदेश्यले विभिन्न ठाउमा अशोकस्तम्भ निर्माण गराए र चारैतिर बौद्ध धर्मको सन्देश फैलाए।उनकै छोरा चारुमतिले पनि बौद्ध धर्म प्रचारको कामलाई निरन्तरता दिएकी थिइन।चारुकै नाममा चारुमती चैत्यको निर्माण पनि भएको थियो।

यसरी भारतबाट बौद्ध दर्शनको प्रचारप्रसार भएको करिब १ हजार बर्ष पछाडी अर्थात ५ औं शताब्दीतिर मात्रै काठमाडौं उपत्यका र काठमाडौंबाट उत्तरमा रहेको भुभाग( तिब्बत )बुद्ध दर्शन अवलम्बन गर्ने बौद्ध धर्मका अनुयायी,भिक्षुहरु ( उपासक,उपासिका) र लामाहरुको संख्यामा वृद्धि हुन थालेको हो। आज केही मानिसहरुले बौद्ध धर्मको प्रचारप्रसार चिनबाट भएको हो भन्ने भ्रम फैलाउ खोजिरहेको देख्न सकिन्छ।यो सरासर गलत छ।यस कार्य नेपालको मध्य दक्षिणि क्षेत्र भारत बाटै भएको हो। यसरी प्रचारप्रसार हुँदै जाने क्रममा ७ औं शताब्दीको अन्त्यतिर तिब्बती क्षेत्रमा बौद्ध धर्मका अनुयायीहरुको संख्या धेरै भैसकेको थियो।त्यतिबेला सम्म तिब्बतमा वोन संस्कारकै प्रभुत्व थियो।यसैक्रममा गुम्बा बनाउने निर्णयसहित बौद्ध अनुयायीहरुले बुद्ध पूजा र प्रार्थना कार्यक्रम गर्ने थाले। गुम्बामा पनि बान्ने शुरुआत भयो तर वोनहरुले बनाउन नदिने प्रपञ्च रचिरहे।बौद्धहरुले दिनभर मेहनत गरेर लगाएको गुम्बाका गाह्रो वोनहरु तान्त्रिक शाक्तिद्वारा मध्य रातमा भत्काइदिन्थे। जतिपटक बनाएपनी भत्काउने कार्य नरोकिए पश्चात् यसबाट आजिज हुँदै बौद्ध धर्मावलम्बी लामाहरुले गुरु रिम्पोछे कहाँ दु:ख अनि वेदना पोख्न जाने निर्णय गरेर वहाँ तपस्यारत केरुङ्देखी दक्षिणी क्षेत्रमा पुगेर बिन्तिपत्र चढाए पछि लामाहरु रिम्पोछेको सल्लाहअनुसार फर्किए।

यसरी लामाहरु फर्के पछि लामाहरु नपुग्दै तान्त्रिक शक्तिद्वारा रिम्पोछे तिब्बत पुगिसक्नु भएको थियो।त्यस पश्चातै गुरु रिम्पोछे र वोन बिच लामो समयसम्म तान्त्रिक एबम कुटनैतिक युद्ध चल्यो।त्यही युद्धका क्रममा गुरु रिम्पोछेले वोनहरुको ज्ञान र कुटनैतिक शैलीको प्रयोग गरेर वोनहरुलाई धर्मिक वहस मार्फत हराउन सफल हुनुभयो। तर वास्तविक हार वोनहरुले स्विकार्नु मानेनन् र सम्झौताको प्रस्ताव गरे जसलाई रिम्पोछेले सहर्ष स्विकार गर्नु भयो। सम्झौतामा वोनले ओखती-मुलो गर्ने र लामाले जन्मदेखि मृत्युसम्मका अन्य संस्कार गरे सहमति भयो।यसरी कामको बाँडफाँड सम्बन्धि सम्झौता भए पश्चात् युद्ध अन्त भयो।

त्यही तिब्बत सम्झौता अनुसार नै अहिलेसम्म तामाङ समाज चल्दै आएको छ। तर वोन संस्कार भित्रका अपराधीक सन्स्कृतिका कारण आज तामाङ समुदाय बौद्ध दर्शनसंग अझै नजिक हुँदैछ। वोन संस्कार हत्या र हिंसाले अभिप्रेरित भएकै कारणले आम तामाङहरु बौद्ध धर्म र दर्शन अंगालिरहेका छन।हुन त यो पङ्तिकार पनि वोनकै सन्तान हो तर वोन संस्कार भित्रको हत्या र हिंसाको सन्स्कृतिलाई मान्दैन,यसो भन्दै गर्दा वोनको बिरोधका नठान्दा हुन्छ।

अर्को तिर यस्तो पनि भनिन्छ,उहिले वोनहरुको पनि तान्त्रिक पुस्तकहरु पनि थिए। गुरु रिम्पोछे र वोनको बीचमा महिनौसम्म युद्ध हुँदा वोनहरुको तान्त्रिक पुस्तकहरु तान्त्रिक शक्तिद्वारा नै जलाइयो।पुस्तक नष्ट भए पश्चात् वोनहरुले आफुले सम्झेको मन्त्र फलाक्दै खरानी उठाएर फुगफाग गर्न थालिएको हो। तसर्थ खरानी लाई वोनहरु उक्त पुस्तकहरुको अवशेष मान्दछन र खरानिमा नै सत्य छ भन्ने मान्यता राख्दछन।तसर्थ तामाङ समुदायले सोही समय अर्थात लामा र वोन बीचको तान्त्रिक एबम कुटनैतिक युद्ध अगावै बुद्ध धर्म ग्रहण गरेको देखिन्छ भने ९औं शताब्दीबाट बौद्ध धर्म मान्न थालेको हो भन्न सकिन्छ।यसरी तामाङ समुदाय र बुद्ध दर्शनको बीचमा रहेको सम्बन्धलाई प्रस्ट्याउने अर्को पाटो हो,बौद्ध सम्प्रदाय वा परम्परा। बौद्ध धर्म परम्परा भित्र ४ वटा सम्प्रदा छन। ञिङ्गापा,शाक्य,काग्यु र गेलुक। बौद्ध दर्शनमा रहेको सुत्र र तन्त्र मध्ये तन्त्र तिब्बती भाषामा अनुबाद भएको थियो।यसरी तिब्बती भाषामा अनुवादित गरिएको परम्परा लाई नै ञिङ्गापा भन्ने गरिन्छ। हो तामाङ समुदाय यदि ञिङ्गापा परम्परासंग नजिक छ।

दर्शनको ज्ञान:
                 सर्वप्रथम त हामी गर्वका साथ भनिरहेका हुन्छौ कि हाम्रो देश महामानव गौतम बुद्ध जन्मेको देश हो ।तर यदि कसैले बौद्ध दर्शन भनेको के हो ?
भनेर प्रश्न गर्‍यो भने आम नेपाली (बुद्ध धर्म मान्ने र नमान्ने) लाई उत्तर दिने कम्ता असजिलो महसुस हुन्छ। यसरी नेपाली जनतालाई बौद्ध दर्शनको ज्ञान न्यून हुनुमा राज्य नै दोषी देखिन्छ। यदि राज्यले बौद्ध दर्शन बिषयलाई प्राथमिक तहदेखी नै अध्ययन,अध्यापन गर्ने गराउने व्यवस्था सकेको भए आज तपाई बुद्ध जन्मेको देशको नागरिक हुनुहुन्छ, मलाई बुद्ध र वहाँले प्रतिपादन गर्नु भएको दर्शनको विसयमा केही भनिदिनु हुन्छ कि ? भनेर प्रश्न तेर्स्याउदा अकमक्क हुनुपर्ने अवस्था आउने थिएन। अब तामाङ समुदायको कुरा गरौं,तामाङ समुदाय ञिङ्गापा बौद्ध धर्म परम्परा अवलम्बन गर्ने महायनी बौद्ध धर्मावलम्बी हो । तामाङ समुदायमा पनि बौद्ध दर्शनका ज्ञाताहरु रिन्पोछे,टुल्कु,खेन्पो हुनुहुन्छ। वहाँहरुले आफुले आर्जन गरेको बुद्ध दर्शनको ज्ञान आफ्नै स्कुल,कलेज अनि गुम्बाहरु नभएको कारणले आम तामाङ समुदायमा पुर्‍याउन नसकिरहेको जस्तो देखिन्छ। यहि कारणले पनि तामाङ समुदायलाई बुद्ध दर्शनको ज्ञानको कमि भएको हो ।

आज हामी २५६०औ बुद्ध जयन्ती अर्थात बैशाख पुर्णिामाको नजिक छौं,बैशाख पुर्णिामाकै दिन सिद्धार्थ गौतम को जन्म सम्बोधीज्ञान(दुद्धत्व) प्राप्त र आफुले प्रतिपादन गरेको ज्ञानलाई प्रचारप्रसार गर्दागर्दै महापरिनिर्वाण प्राप्त गर्नुभयो।यहि तीनवटा घटनाक्रम बैशाख पुर्णिामा कै दिन घटेकोले संसारमै दुर्लभ घटनाको रूपमा लिइने गरिन्छ।यसै दिन आम बौद्ध धर्मावलम्बीहरु बुद्ध जन्मस्थल लुम्बिनी,झ्यारुङ खस्योर(बौद्ध )स्वायम्भु र नमोबुद्ध लगायत संसारका सम्पुर्ण बौद्ध तिर्थस्थलहरुमा महामानव गौतम बुद्ध लाई सम्झदै शान्तिको कामना हुँदै गर्द नेपालका हिन्दु शक्तिपिठहरुमा बलिका नाममा लाखौं को संख्यामा पशुपंक्षीहरुको हत्या गरिन्छ। यसको उदाहरणका रूपमा पलान्चोक भगवती मन्दिर,यहाँ बुद्ध जयन्ती अर्थात बैशाख पुर्णिामा कै दिन मेला लाग्दछ । पलान्चोक र आसपासका सम्पुर्ण समुदायले बैशाख पुर्णिामाको समयलाई दशैभन्दा पनि विशेष पर्व रूपमा लिने गरेको पाउछौ। भाकल छ भनेर अबोध पशुपंक्षी २कोष टाढा देखि बलि दिनकै निमित्त मन्दिरसम्म ल्याइन्छ।

यसरी शान्ति,अहिंसा र करुणका प्रतिक गौतम बुद्ध जन्मेको देशमा बुद्ध जयन्तीकै दिन लाखौं पशुपंक्षीहरुलाई बलि चढाउने प्रचलन छ भन्दा संसारका बौद्ध धर्मका ज्ञाताहरु आज अचम्मित छन।तसर्थ बुद्ध जयन्तिको दिन हत्या हिंसा नगर्न नगराउन आम बुद्ध धर्मावलम्बीहरु अगाडी बढ्न आवश्यक छ। अझ पलान्चोक र आसपासमा तामाङ समुदायको बसोबास भएको हुँदा उक्त दिन बलि दिनकै निमित्त पशुपंक्षी डोका अनि पेरुन्ङ्गु हालेर मन्दिर तर्फ लम्कदै गरेका थुप्रै तामाङ अनुहारहरु पनि थुप्रै भेटिन्छ। यसबाट के प्रष्ट हुन सकिन्छ भने तामाङ समुदायमा बौद्ध धर्मका ज्ञाताहरु: टुल्कु,गेशे,खेन्बो जति नै  सङ्ख्यामा भए पनि आम तामाङहरुलाई बुद्ध दर्शनको ज्ञान् छैन।

अन्त्य :
         तामाङ समुदायले बौद्ध धर्म अवलम्बन गरेको लामो इतिहास भए पनि बुद्ध दर्शनको ज्ञान् कम हुनुको पछडी तामाङ समुदाय स्वयंको कमजोरी हो। तामाङ समुदायमा रहेकोे महत्वोपुर्ण गोन्पो शिक्षालाई तामाङ समुदायले नै महत्व नदिएको कारणले नै तामाङ समुदायका पुराना एबम नयाँ पुस्तामा  बुद्ध दर्शनको ज्ञान् नभएको हो। गुम्बामा तहेका तामाङ लामाहरुले आम तामाङ जनमानसमा बुद्ध दर्शनसंग सम्बन्धित प्रबचन त परै जाओस् गुम्बा शिक्षा लिनका निमित्त आह्वान समेत गरेनन् । यदि आफुले जानेको शिक्षा आफ्ना साखा सन्तानलाई मात्रै नभएर आम तामाङ युबा पिढिलाई पनि बाँढेेको भए तामाङ समाज आज यो अबस्थामा हुँदैन थियो।

अझै भन्नुपर्दा तामाङ समुदायलाई अपाङ्ग तुल्याउने काम राज्यको शासन सत्तामा रहेका शासक वर्गले गरेका हुन।बौद्ध दर्शनका शस्त्र समेत जलाएको इतिहास छ।
र बलि प्रथा तामाङ समुदायम प्रचलनमा आउनुको पछाडी राज्य शाक्तिकै हात थियी। जब रास्ट्रीय एकीकरण को नाममा तामाङ किपट भुनिहरु खोसियो,त्यस पछि उनिहरुको आक्रमण तामाङहरुको भाषा,लिपि,धर्म अनि सन्कृती तिर लम्कियो। थुप्रै गुम्बाहरु गुठी र विर्तामा परिणत गराइयो,म्हेनङ वा म्हेनिङलाई दशैमा विभक्त मात्रै गरिएन बलि प्रथालाई अंगाल्न समेत दबाब दिए। त्यसैको फलस्वरूप आज तामाङ समुदाय अपाङ्ग जस्तै छ।आज तामाङ सन्स्कृती न त बौद्ध जस्तो देखिन्च न त हिन्दु जस्तो,तैपनी हामि तामाङहरु बौद्ध हौं भन्न पछाडी पर्दैनौ।

तसर्थ आगामी दिनहरुमा आम तामाङ समुदायले आफ्नो सन्ततिहरुलाई बौद्ध दर्शन सम्बन्धि शिक्षा दिन जरुरी छ।हिजो जुन संस्कार थियो त्यसभित्र रहेका नराम्रा विकृतिले युक्ति संस्कारलाई  फ्याँक्दै सुसंस्कृत संस्कारलाई अवलम्बन गर्दै सभ्य तामाङ समाज निर्माण गर्ने काम तामाङ युवाहरूको काधमा आएको छ र त्यो जिम्मेवारी बाट तामाङ युवाहरु पछाडी हट्ने छैन।

धर्म र सन्स्कृती अलग पाटा हुन तथापि अन्योन्याश्रीत सम्बन्ध पनि रहेको हुन्छ।बुद्ध दर्शनबाट बुद्ध धर्ममका रूपमा परिस्कृत बुद्धका सिद्धान्त संसारमै अकाट्य ठहरिएको छ।यसको।मतलब फरकफरक समुदायका बौद्ध धर्मावलम्बीहरु जो छन।उनिहरुको मानिरहेको परम्परागत सन्स्कृतीमा विकृति छैन भन्न सकिन्न तर बुद्ध दर्शन र धर्ममा विकृति छैन।त्यसैले तामाङ समुदायले आफ्नो समुदायमा रहेको परम्परागत संस्कार र सन्स्कृतीभित्रका विकृतिहरुलाई हटाउदै संसारले मानेको बुद्ध दर्शनलाई आफ्नो सन्स्कृतीमा समेत देखाउन आवश्यक छ।

मनुष्यको जन्म लिन पाउनु आफैमा एउटा दुर्लभ घटना हो। तर भौतिक शरीर रहेसम्म आफुलाई सुद्धर्मको मार्गमा परिचालन गर्न नसके मृत्युपछिसम्म पनि दु:खै दु:खको मार्गमा भौतारिरहनु पर्ने हुन्छ।

मनुष्यको जन्मपछीको मृत्यु परम-शत्रु हैन।
मृत्यु परम-मित्र हो। भौतिक शरीर रहेसम्म जसले सद्धर्मको मार्गमा कुशल कर्म गर्दै हाँसिहाँसी मृत्युवरण गर्छ ऊ नै निरवाणको मार्गमा पुग्छ।


            "तामाङ बौद्ध महासंघ  मलेसिया !!!"


Sunday, May 15, 2016

                
                 साभर: धर्मचन्द्र योन्जन तामाङ  

सिङ्गोन सङ्ग उर्गेन पेमा छ्योइलिङ गुम्बाको नबनिर्मित प्रवेशद्वार उद्धाटन तथा छे-वाङ ( दीर्घायु अभिषेक ) कार्यक्रम सम्पन्न !!!

जेठ ०२, काभ्रे।
                   काभ्रेपलान्चोक जिल्लाको सल्लेभुम्लो-३ स्थित सिङ्गोन सङ्ग उर्गेन पेमा छ्योइलिङ गुम्बाको नबनिर्मित प्रवेशद्वार उद्धाटन तथा छेवाङ ( दीर्घायु अभिषेक ) कार्यक्रम सम्पन्न भएको छ । जेठ १ गते भुम्लुसल्ले,फलाँटे,भुम्लिटार,सापिङ,बेख्सिम्ले,चौबाँस,गोठपानी,विर्तादेउराली,र कोलाँती गा.बि.स. का भक्तजनहरुको उल्लेखनिय सहभागितामा परमपुज्यनिय तामाङ टुल्कु लोसाङ नाम्ग्याल रीम्पोछेज्यु बाट उक्त द्वारको विविधत ह्राप्ने ( प्राणप्रतिष्ठा ) गरि उद्धाटन गरिएको हो।
सोहीक्रममा प्रमुख अतिथि टुल्कुद्वारा छे-वाङ दिनुका साथै सोही अवसरमा रिम्पोछेले सहयोगिहरुलाई सम्मान-पत्र तथा बुद्धमुर्तिहरु समेत उपहार स्वरुप प्रदान गरेको थिए।

गुम्बा ब्यबस्थापन समितिको अध्यक्ष नेमा दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रमको विशेष अतिथिहरुमा बौद्धधर्म प्रवर्द्धन तथा गुम्बा विकास समितिको कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङ,जिल्ला विकास समिति काभ्रेका स्थानीय विकास अधिकारी टेकराज निरौला,काभ्रे क्षेत्र नं.४ को सांसद विदुर सापकोटा र काभ्रेका प्रहरी उपरीक्षक राजेन्द्रराज बास्तोला लगायत रहेका थिए।
त्यस्तैगरी अतिथिहरुमा छ्योर्तेन टासी तामाङ गुम्बा नयाँ बस्तीको महासचिव पेम्बा गोले,ताम्बा सङ्घ नेपालका अध्यक्ष  धावावाङ्गेल मोक्तान,साहित्यकार तथा गोले तामाङ वंश उत्थान समाजको सदस्य खोजराज गोले,टासी छ्योर्तेन तामाङ गुम्बाको सह-कोषाध्यक्ष महावीर लामा तथा नेपाल तामाङ सन्स्कृती घेदुङको निवर्तमान अध्यक्ष दोर्जे गोले लगायत रहेका थिए ।

गुम्बाका सचिव इन्द्रबहादुर गोलेले स्वागत मन्तव्य राखेका थिए। सोही क्रममा गोलेले,वि.सं.२०३२ सालमा स्थापित गुम्बाको भवन निर्माण २०३६ सालदेखी शुरु भएको र २०५६ सालसम्ममा सम्पन्न भएको जानकारी दिएका थिए ।
नयाँ समिति तथा सबैतिरको सहयोगका कारण गुम्बा स्थापना र सञ्चालन सफल भएको जनाउदै कार्यक्रममा उपस्थित पाहुना तथा उपस्थित सबैलाई स्वागत गरेका थिए ।

बुद्ध जिवनीसम्बन्धी तामाङ भाषामा रहेको गीत टेकबहादुर घिसिङ र धावावाङ्गेल मोक्तानले प्रस्तुत गर्दै शुरु गरिएको कार्यक्रममा  नेपाल बौद्ध महासंघको महासचिव समेत रहेका आचार्य नुर्बु शेर्पाले प्रबचन दिएका थिए। सोहिक्रममा पञ्चशील र चतुर ब्राह्म विहार लगायतका विषयमाथी स्पस्ट पारेका थिए। शेर्पाका अनुसार पञ्चशील गुम्बा रहेका वा ध्यान्स्थ भइ गुफामा बसेकालाई भन्दा पनि राज्य सत्तामा रहेका नेतृत्वकर्ताका लागि अति आवश्यक रहेको हुन्छ।
कोहि पनि जन्मजात बौद्ध धर्मावलम्बी हुँदैन।बौद्ध धर्मावलम्बी हुन त्रि-रत्नको शरणमा जानुपर्ने हुन्छ। बौद्ध मान्यताअनुसार किराफट्याङ्राले पनि बुद्ध हुनसक्ने गुण राखेको हुन्छ । बुद्ध हुन कुनै निश्चित तोकिएको जातिको मानिस हुनुपर्छ भन्ने छैन।
राग,द्वेष,ईर्ष्या र मोहबाट मुक्त मानिस नै बुद्ध हो। बुद्धको शरणमा गएपछी भने लौकिक देउताको पूजा गर्ने वा शरणमा जानु हुदैन। उपचार वा पूजाको नाममा बलि दिनु हुदैन ।
हिंसा गर्नु हुँदैन।चिन्तनद्वारा पनि हिंसा हुन्छ। अज्ञानता जस्ता
रोगबाट मुक्ति दिलाउने नै बुद्ध हो। उनको दर्शन नै औषधि हो । धेरै बिराम गरेकालाई सही मार्ग निर्देशको लागि सङ्घले सहयोग गर्नुपर्ने हुन्छ। सङ्घमा प्रवेश गरेपछि कुलतमा फसेका का संगत गर्नु हुँदैन। चतुर बह्म विहारलाई बुझ्न सक्नुपर्छ।मैत्री,करुणा,मुदिता र उपेक्षाबारे स्पष्ट हुनसक्नुपर्छ। अरुलाई गाली गर्दैमा आफ्नो भाषा र सन्स्कृतिको जगेर्ना हुँदैन। त्यसैले बौद्ध धर्म मान्ने साथै भाषा र संस्कृतिको संरक्षण सम्बन्धित जाती समुदायकै दायित्व हो। अझै अगाडी,आध्यात्मिक र सामाजिक शत्रु हुने जनाउँदै राग,द्वेष,र मोह आदि आध्यात्मिक साथै बेरोजगारी,अशिक्षा र विभेद आदि सामाजिक शत्रु भएको स्पष्ट पारे। ती शत्रुलाई काट्न हतियार भनेको ज्ञान र शिक्षा रहेको समेत शेर्पाले बताए।

सांसद विदुर सापकोटाले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए।उनले बौद्ध धर्म भनेको बहुजन हितायको सिद्धान्तमा आधारित रहेको बताए। सोही क्रममा गुम्बाको थप निर्माण र व्यवस्थापनको लागि आफु तयार रहेका र सन्स्कृती तथा नागरिक उड्डयन मन्त्रालयबाट सम्बोधन गर्ने गरि आफुहरुले व्यवस्थापन गरेको समेत जनाए।
त्यस्तै गरेर सांसद कोषबाट न्युनतम पाँच लाख उपलब्ध गराउने तथा कोलाँतीको मार्ग निर्माणको लागि तीन लाख बजेट व्यवस्था गराएको जनाउँदै खानेपानीको लागि निवेदन पेश गर्न समेत आह्वान गरेका छन। कार्यक्रममा काभ्रे जिल्लाको स्थानीय विकास अधिकारी टेकराज निरौलाले समेत सम्बोधन गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे। कार्यक्रमको समापन गर्ने क्रममा अध्यक्ष नेमा दोर्जे लामाले आफ्नो हजुरबुबाले २०३२ सालमा शुरु गरेको गुम्बालाई आज यो अवस्थामा स्थापित गराउन सफल भएकोप्रती खुशी व्यक्त गरेका छन।

गत साल गएको भुकम्पका कारण गुम्बाको भवन क्षतिग्रस्त रहेका छ। कतिखेर ढाल्ने हो थाहा छैन।
तसर्थ पुनः निर्माणको जरुरी रहेको गुम्बा व्यवस्थापन समिति लगायत स्थानीयको माग रहेका छ। तथापि हालसम्म यसका लागि खासै सहयोग जुटेको देखिन।


तामाङ बौद्ध महासंघ मलेसिया !!!

Friday, May 13, 2016


                   साभार: धर्मचन्द्र योन्जन तामाङ

परम्पुज्यनिय धर्मगुरु लोसाङ नाम्ग्याल रिम्पोछे ज्युको परमपावन बाहुलीबाट सिङ्गोन सङ्न उर्गेन पेमा छ्योइलिङ गुम्बा सल्ले,भुम्लु - ३ काभ्रेपलान्चोकको-कोशिपारी प्रवेशद्वार उद्घाटन तथा वाङ (आशीर्वाद) प्रदान हुने कार्यक्रम रहेका हुँदा सम्पुर्ण समाजसेवी,शिक्षाक,पत्रकार लगायत सम्पुर्ण बौद्ध धर्मावलम्बी तथा गैर-बौद्ध धर्मावलम्बीहरुलाई सादर निमन्त्रणा गरिन्छ ।

            कार्यक्रम:
मिति: २०७३ जेठ १ गते शनिबार
समय: बिहान ठिक ८:०० बजे
स्थान: भुम्लु,सल्ले-३ काभ्रे

             आयोजक:
सिङ्गोन सङ्न उर्गेन पेमा छ्योइलिङ गुम्बा भुम्लु,सल्ले-३ काभ्रे ।


तामाङ बौद्ध महासंघ मलेसिया !!!
  KHEN RINPOCHE GESHE NYIMA TAMANG

               Copyright : TAMANGUSA.ORG

At the invitation of tamang society of greater Washington  (TSGW) Venerable KHEN RINPOCHE GESHE NYIMA TAMANG Will be in northen Virginia to offer a teaching on "Buddhist philosophy and significance of BUDDHA PURNIMA (SAGA DAWA)"

We are blessed to have a precious and Holy GURU like him in our community to continuously turn the wheel of DHARMA.
You and your family with friends are cordially invited to receive the precious Teaching of DHARMA at below venue.Date and Time:


Venue : Centre villa regional library 14200
               Saint Germain Dr
               Centre villa, va 20121

Date and Time : Sunday, 22 May 2016
                              12:30pm To 2:30pm




Tamang Buddhist Federation Malaysia.


Thursday, May 12, 2016


काठमाडौं,बैशाख २९ गते । यस वर्षको बुद्धजयन्तीका अबसरमा पहिलोपटक हुन लागेको अन्तरास्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
यसअघि बुद्ध जयन्तीको अबसरमा विभिन्न सम्मेलनको आयोजना गरेको भए पनि मुलुकको कार्यकारी प्रमुखको अध्यक्षतामा बौद्ध धर्मसम्बन्धी अन्तरास्ट्रिय प्रतिनिधि र ख्यातिप्राप्त ब्यक्ति नेपालमा बोलाएर ऐतिहासिक सम्मेलन गर्न लागेको यो पहिलो हो।

सरकारले आगामी जेठ ६ र ७ गते अन्तरास्ट्रिय बौद्ध सम्मेलन काठमाडौंमा गर्न गत वर्षदेखि तयारी प्रारम्भ गरेका थियो। सम्मेलनमा रास्ट्रय तथा अन्तरास्ट्रियस्तरका बुद्धधर्म र बुद्ध दर्शनसम्बन्धी नेपाली प्राज्ञिक ब्याक्तित्व,अनुसन्धानकर्ता १८ र बिदेशी ६ वटा गति २४ कार्यपत्र प्रस्तुत हुनेछ।

आगामी जेठ ८ गते २५६० औं बुद्ध जयन्ती लुम्बिनीमा मनाउने तयारी गरेका छ । सो अबसरमा बौद्ध सम्मेलनका लागि देश बिदेशबाट आएका बिशिष्ठ ब्यक्ति र प्राज्ञको उपस्तिथिमा लुम्बिनीमा बौद्ध परम्पराअनुसार विभिन्न धार्मिक अनुष्ठानसहित धुमधामका साथ बुद्ध जयन्ती मनाउने तय भएको छ ।

सम्मेलनका लागि "लुम्बिनी नेपाल: भगवान बुद्धको जन्मस्थाल तथा बुद्ध दर्शनको उग्दन भुमी" भन्ने नारा तय गरिएको छ ।

मन्त्रीपरिषदको गत माघ २० गतेको निर्णय अनुसार प्रधानमन्त्री केपि शर्मा ओलिको अध्यक्षतामा ५०१ सदस्यीय मुल समारोह समिति गठन भएको थियो,सम्मेलन मुल आयोजक संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ।

मन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति गठन भएको छ। सम्मेलन सफल पार्न विभिन्न विषयगत १३ वटा उपसमिति निर्माण गरिएको छ।

सम्मेलन मुल आयोजक समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपि शर्मा ओलिले सिद्धार्थ गौतम बुद्धप्रतीको न्याय, बुद्ध सम्बन्धि भ्रम चिर्ने सम्मेलनको मुख्य उदेश्य रहेको उद्धोष गरिसक्नुभएको छ ।

बुद्ध नेपाल बाहिर जन्मिएको भन्ने भ्रमपुर्ण प्रकाशन अझै केही देशमा पाइने सन्दर्भमा यो सम्मेलनले बुद्ध नेपाल मै जन्मेको हुन भन्ने सन्देश फैलाउनेछ । मन्त्री पोखरेलले परराष्ट्र मन्त्रालय मार्फत बुद्ध नेपालमा नभई अन्य देशमा जन्मिएको भन्ने पुस्तक बाट सच्याउन पहल भइरहेको बताउनु भयो।

सो क्रममा दक्षिण कोरियाले आफ्नो सम्पुर्ण पुस्तकबाट गौतम बुद्ध भारतमा नभई नेपालमा जन्मिएको भनेर सच्याइसकेको जानकारी आएको छ । भने अन्य देशले पनि आफुहरुले सो गम्भीर त्रुटि सच्याउने जनाएका छन।

मन्त्री पोखरेल सम्मेलनले सिद्धार्थ गौतम बुद्धको जन्म र कर्म थलो नेपाल नै भएको र बाँकी अन्य ठाउमा गएर गरेको क्रियाकलाप वा लिला मात्रै हुन भने सम्मेलनले प्रमाणित गर्ने बताउनु हुन्छ।

चिनियाँ रास्ट्रपति र भारतका प्रधानमन्त्रीलाई निमन्त्रणा सम्मेलनका लागि चिनियाँ रास्ट्रपति सि जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि, दक्षिण कोरियाका रास्ट्रपति पार्क गेउन हाई, संयुक्त राष्ट्रसंघ का महासचिव वान कि मुनलाई सरकारले निमन्त्रणा गरिसकेको छ ।

त्यस्तै,श्रीलंकाका प्रधानमन्त्री नरिल विक्रमेसिङ्घे भारतको बिहार मुख्यमन्त्री नितीश कुमार,उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव,पश्चिम बङ्गालको मुख्यमन्त्री ममता बनर्जी, त्रिपूराको मुख्यमन्त्री मानिक सरकार, सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ लाई निमन्त्रणा गरीएको छ ।

साथै १३ देशका सन्कृती, तथा धार्मिक मामिला मन्त्री लाई निमन्त्रणा गरिएको छ।
श्रीलंका, म्यान्मार ,थाइल्यान्ड ,भारत ,भुटान ,दक्षिण कोरिया ,लाओस ,मङ्गोलिया र इजरायलका सम्बन्धित मन्त्रीलाई निमन्त्रणा गएको छ ।

त्यसतै, बौद्ध धर्मसम्बन्धी २३ देशका संघसंस्था नेपाल आउँदै छन। संयुक्त राज्य अमेरिका,बेलायत,श्रीलंका,म्यान्मार,थाइल्यान्ड,भारत,चीन,
भियतनाम,कम्बोडिया,जापान,भुटान,दक्षिण कोरिया,लाओस,मङ्गोलिया,सिङ्गापुर,इन्डोनेशिया,मलेसिया,
बाङ्लादेश,रुस,जर्मनी,फ्रान्स,अस्ट्रेलिया,क्यानडा रहेका छन।

सम्मेलनका लागि हालसम्म २१ देशका ९२ सरकारीस्तर र अन्य प्रतिनिधिको सहभागीता हुने तय भइसकेको सम्मेलन मुल आयोजक समारोह समितिका सदस्य-सचिव बच्चुनारायण श्रेष्ठले जानकारी दिनुभयो । रासस
                     Sundor Yonjan

दोलखा जिल्लाको उत्तरी ब्यापारीक केन्द्र सिंगटी बजारमा बैशाख २८ र २९ गते तामाङ बौद्ध महासंघ नेपालको आयोजना र अवतरी धर्मगुरु Losang Namgyal Rimpoche ज्युको प्रमुख आतिथ्यतामा महायज्ञ तथा बिश्व शान्ति पुजा कार्यक्रम भब्यरुपमा सम्पन्न भयो।

तन मन र धनले सहयोग गर्नु हुने सम्पुर्ण मित्रहरुलाई हार्दिक धन्यवाद।

संयोजक :- सुन्दर योन्जन
महासचिव :- तामाङ बौद्ध महासंघ नेपाल ।













तामाङ बौद्ध महासंघ मलेसिया !!!

Letest Video

Popular Posts