Sunday, July 3, 2016


                         तामाङ बौद्ध महासंघ मलेसिया !!!

बौद्ध धर्म गुरु द्वारा (मोन्लाम) पूजापाठ गरि पहिलो वार्षिक साधारणसभा मनाउने तयारीमा छन् ।

तामाङ बौद्ध महासंघ मलेसियाले यहि आउदो 07 जुलाई 2016 / 2143 बिहिवार का दिन तामाङ बौद्ध महासंघ नेपाल का केन्द्रिय सदस्य धर्म गुरु ङावाङ लामा तामाङ र महासंघ कै महासचिव सुन्दर योञ्जन तामाङ ज्युको प्रमुख उपस्थितिमा
         प्रथम स्थापना दिवस तथा सम्मान समारोह
मलेसिया को क्वालालम्पुर स्थित नेपाली किचेन रेस्टुरेन्टमा मनाउने भएका छन् ।
उक्त कार्यक्रममा बौद्ध धर्म ग्रन्थ अनुसारको (मोन्लाम)पूजा पाठ साथै बौद्ध धर्म संस्कार,संस्कृति,कला,भेषभुषा र भाषा बारे धर्म देसना प्रवचन लामा द्वारा गरिनेछन ।  साथै सदस्यता नवीकरण एवं नयाँ सदस्य दर्खास्त फाराम सोही दिन वितरण गरिने हुँदा, र विभिन्न पेशा गत मलेसियामा छरिएर बसेका संघ संस्था,व्यावसायिक,कलाकार,खेलाडी लगायत तामाङ बौद्ध महासंघ स्थापना कल देखि हालसम्म आर्थिक,भौतिक र नैतिकता बाट सहयोग पुर्‍याउन हुने सदस्य एवं संघ संस्थाहरुलाई सम्मान गरिने भएका छन्।


तामाङ बौद्ध महासंघ मलेसिया परिवार !!!
क्वालालम्पुर,मलेसिया ।



0 comments:

Post a Comment

Letest Video

Popular Posts