Tuesday, May 10, 2016
8:25 AM
TBFM
No comments
Beilage Zur Allgemeinen Zeitung.
सन १८९७ को एक जर्मन पत्रीकामा जहाँ बुद्धको जन्मभुमि नेपालको लुम्बिनी भनेर लेखेको छ।
सन १७९८ देखि नियमित प्रकाशित हुँदै आएको उक्त पत्रीकामा लेखक कुर्ट क्लेमले 'क्युनिक अशोका' अर्थात 'राजा अशोका' शिर्षकमा सम्राट अशोक र गौतम बुद्धका बारेमा लेखेको छ।
क्लेमले उक्त लेखमा सम्राट अशोक लाई प्रगतिशील समयका सामाजिक सुधारक भनेका छन। उनले अशोक स्तम्भमा गौतम बुद्ध कपिलवस्तुको लुम्बिनीमा जन्मिएको भनेर लेखेको छन। सम्भवत: यस बुद्धको जन्मस्थानको बिषयमा किटान गरिएको सबैभन्दा पुरानो पत्रीका र पहिलो प्रीन्ट पत्रीका मानिन्छ।
सो लेख ८ पृष्ठको रहेको छ । सम्राट अशोकलाई केन्द्रमा राखेर लेखिएको उक्त लेखमा प्रस्टसँग बुद्धको जन्मस्थान नेपालको कपिलवस्तु स्थित लुम्बिनीमा रहेको तथ्य उल्लेख गरेको छ।
भारतमा व्रिटिश शासनकालको समयमा इष्ट ईन्डिया कम्पनीका प्रमुख स्मिथले जर्मनीका पुरातत्त्ववित आन्टोन फ्युररलाई नेपाल सरकारको अनुमानिमा लुम्बिनीको अध्ययन-उत्खननका लागि चाँजोपाँजो मिलाइदिएका थिए । सन १८९६मा फ्युररले थालेको उत्खनन कार्यमा नेपाल सरकारका तर्फबाट खड्गशमशेर राणा खटिएका थिए।त्यो कुरा आल्गेमाइनन चाइटुङ्को लेखमा उल्लेख छ । त्यसमा सम्राट अशोकले आफ्नो कार्यकालमा गौतम बुद्धको ऐतिहासिकता उत्खनन कार्यमा गरेको महत्त्वपूर्ण प्रयासहरुको विवरण र सम्राट अशोकको जिबनी समेटिएको छ। सम्राट अशोकले आफ्नो शासनकालमा अशोक स्तम्भ मात्रै गाडेनन,पाँच-पाँच बर्षमा आफुले गाडेको स्तम्भ र निर्माण गरेका स्तुपहरुको अवलोकन गर्ने थितिसमेत बसालेका थिए।
सम्राट अशोकले बुद्धको अस्तुधातुलाई ८४ हजार टुक्रा बनाएर नेपाल र भारतका विभिन्न भागमा पुर्याएका थिए। त्यति नै संख्यामा स्तुपाहरु निर्माण गर्न लगाएका थिए। त्यसैगरी उनले गौतम बुद्ध जन्मेको,देहत्याग गरेको र ज्ञान प्राप्त गरेको सबै ठाँउको पहिचान गर्नका साथै बुद्धको प्रचारप्रसार समेत गरे। सम्राट अशोकले यति नगरेको भए आज बुद्धको जन्मस्थानका रूपमा न लुम्बिनीले मान्यता पाउथ्यो,न बुद्धको जिवनीका बारेमा नै सहि तथ्य थाहा हुन्थ्यो।
उक्त उत्खननपछि फ्युररले एन्टिक्युटी अफ नेपालिज तराई नामक पुस्तक पनि लेखेका छन। उनले त्यस पुस्तकमा पनि गौतम बुद्ध नेपालको लुम्बिनी कपिलवस्तुमा जन्मिएका हुन भनेर किटान गरेका छन।भारत स्वतन्त्र भएपछी उक्त किताबका कैयन संस्करण हरु भारतबाटै प्रकाशित भएको समेत तथ्य छ ।
बुद्धको जन्मस्थानका विषयमा यतिका धेरै ऐतिहासिक प्रमाण र कुनै समय भारतले समेत स्वीकार गरेको विषयमा अहिले बुद्ध भारतमै जन्मेको भनेर हल्ला फैलाउनुको कुनै तुक छैन।
( श्रोत कान्तिपुर नेपालको धेरै बर्ष पुरानो प्रीन्टमा प्रकाशित समाचार )
Related Posts:
बौद्ध धर्ममा स्त्री जातिमा पनि महान गुरुमा 18-जुन-2016 शनिबार / विश्व कै सबै भन्दा ठुलो बौद्ध विश्व विद्यालय लरुङ घार गुम्बाको खाण्डो ज्येचुन तारेमा रिन्पोछे ज्युको निर्माण काय अर्थात औतारीको रूपमा शाक्य परम्पराका अधिपत्ति परम पावन धर्म गुरु रत्न बज्र रिन्पोछे ज्… Read More
भाषा विकासको लागि लिपि ''दुई शब्द" सिंह ब.तामाङ लेखक:- सिंह बहादुर तामाङ नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रटिष्ठान। नेपालका विभिन्न भाषा,लिपि,धर्म,संस्कृति भएको समुदाय मध्ये तामाङ समुदाय पनि एक प्रमुख समुदाय हो। तामाङ समुदाय युगौ देखी महायान बौद्ध धर्म … Read More
क्यानडामा बुद्धदर्शन बारे खेन रिन्पोछे गेशे ङिमा तामाङ 18-जुन-2016 शुक्रबार/ HBFC हिन्दुबुद्धिस्ट फाउन्डेसन अफ क्यानडाले गत आइतबार जुन 12 तारीख 2016 का दिन भान्कुवरको सरे सिटि सेन्टर लाईब्रेरीमा नेपालबाट पाल्नु भएका बौद्ध धर्मगुरु खेन रिन्पोछे गेशे ङिमा तामाङ गुरुज्यु संग भेटघ… Read More
मेण्डल चढाउदा को पाठ लेखक:- लामा थुप्तेन योञ्जन तामाङ ॐ बज्र भुमी अ: हुँ ! शि योङ्सु दाग्पा वाङ्छेन सेर्गी साशि। ॐ बज्र रे खे अ: हुँ ! छि च्याग्री खोर्युग्गी कोर्वे उइसु हुँ। रिहि ग्याल्पो रिराब।श्यार लुइ फाग्पो। ल्हो जाम्बु लिङ… Read More
टाशी ग्येपा अर्थात अष्ठा मंगलम पाठ लेखक:-लामा थुप्तेन योञ्जन तामाङ ॐ नाङ्सिद नाम्दाग राङ्शिन ल्हुन्डुपे। टाशी छ्योग्च्युइ शिना श्युग्पा यी। साङ्गे छ्योइदाङ घेदुन फाग्पे छोग। कुन्ला छ्याग्छाल दाम्च्या टाशी श्योग। डोन्मे ग्याल्पो चाल्तेन दोन्डु… Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment