Monday, May 9, 2016
- 11:06 AM
- TBFM
- No comments
बौद्ध जागरण केन्द्र
Copyright :-
बिक्रम सम्बत २०२६ बैशाख २७ गते ओखलढुंगा जिल्ला रानिबन गा.बि.स. वडा नं: ४ को विकट गाउँ मोहरिया मा लोसाङ नाम्ग्याल रिन्पोछे (नाम्ग्याल तामाङ) ज्युको जन्म बुबा दल बहादुर पाख्रीन र आमा मनमाया तामाङको कोखमा भएको हो।
वहाँको पुर्व जन्ममा स्वायम्भुको पुरानो घ्याङ गुठी एवं डुपखाङ छ्योएलिङ गुम्बाका प्रमुख लामा हुनुहुन्थ्यो त्यस बेला महासिद्धी योगि माइला काजी तामाङको नामबाट प्रख्यात हुनुहुन्थ्यो ।भने वहाँको वास्तविक नाउँ श्री दुर्गा बहादुर लामा (रुम्बा)थियो। वहाँको बुबा चक्र बहादुर लामा (रुम्बा) र आमा सुकरानी लामा हुनुहुन्थ्यो ।
अवतारी कै अनुसार पुर्व जन्ममा ४२ बर्षकै अल्पायुमा देहान्त भएपछि आफ्नो गन्तव्य तर्फ लाग्ने क्रममा रामेछाप जिल्लाको ल्याङ ल्याङ बेतिनी गाउँ स्थित एक नेवारी परिवारमा गर्भ बसि जन्म भएको ६ महिना पछि पास्नी (खाना खुवाउने) बेलामा आफ्नो पुर्व जन्म र भविष्यको बिसयमा पुर्ण होस खुले पश्चात छोटो समय भित्र नै देहान्त हुनु भएको थियो । त्यस पछि हालको ओखलढुंगा जिल्लाको मिहरिया गाउँमा पुनः जन्म लिनु भएको कुराका बृत्तान्त वहाँ बोल्न थाल्नु भएको उमेरमा बताउनु भयो।
-सन १९७५ मा प्रथम पटक ओखलढुंगाबाट काठमाडौं आउनु भएर पुर्व जन्मको कुराहरु खुलाउनु भयो। जसमा आफ्नो ग्योन्पा,घर परिवार र सम्पुर्ण सर सामानहरुको पहिचान गर्नु भो।
-सन १९७६ मार्च महिनाको १०तारिखमा काङिङ सेडुरपलिङ गुम्बा बौद्धमा वाङ दिन सिक्किमबाट पाल्नुभएको १६ ग्याल्वा कर्मापा द्वारा अवतारीलाई पुर्व जन्मको रूपमा स्वायम्भु गुम्बाको प्रमुख लामा माईला काजिको अवतारी भएको हो भनी,कर्मा नाम्ग्याल ग्युर्मे दोर्जे नाम दिएर प्रमाणित गरिदिनु भयो।
-सन १९७६ भन्ते भिक्षु संगमद्वारा मैत्री बिहार गुम्बा स्वायम्भुमा बौद्ध धर्म को अध्ययन शुरु गर्नु भयो।
-सन १९७८ मा सेर्कोड छेन्श्याब रिन्पोछे ज्युबाट श्रमाणेर शिल ग्रहण गर्नु भइ थुप्तेन साम्तेन नाम प्राप्त गर्नु भयो।
-सन १९८० मा कपन पाल होक्से झ्याङ्छुप छ्योइलिङ दाछ्ङमा बौद्ध शिक्षा प्राप्त गर्नको निम्ति प्रवेश गर्नु भयो,जहाँ वहाँले गुरु क्याब्जे लामा थुप्तेन गेशे ज्युबाट आवश्यक ज्ञान लिएर लोसाङ नाम्ग्याल रिन्पोछे नाउँ पाउनु भयो।
-पछि क्याब्जे लामा थुप्तेन शोपा रिन्पोछे र गेशे ल्हुनडुब क्याब्जे खेन रिन्पोछे ज्युबाट बौद्ध ज्ञान,बिधि सबै प्राप्त गर्नु भयो।
सन १९९३ देखि क्यान्जे लामा थुप्तेन शोपा रिन्पोछे ज्युको अगुवाइमा थुप्रै रास्ट्रहरु भ्रमण ए थप बौद्ध शिक्षा अध्ययन गर्नु भयो अनि खेन्पोहरु लामाहरु र टुल्कुहरु सँग मिलेर थुप्रै ठाँउ र देशहरुको भ्रमणगरि बौद्ध शिक्षाको प्रचारको लागि धेरै कार्यहरु गर्नु भयो।
-२००३ मा ग्याल्वाङ तेन्जिङ ग्याछो ज्यु बाट पुन भिक्षु शिल (गुरुयोग) ग्रहण गर्नु भयो। १६औं ग्याल्वा कर्मापा,क्याब्जे कर्मा कुटिन,क्याब्जे किर्ते छेन्श्याप रिन्पोछे,लामा कुन्जोक,लामा थुप्तेन शोपा रिन्पोछे,क्याब्जे खेन रिन्पोछे गेशे लुण्डुप रिग्सल,क्याब्जे देन्मा लोछोए रिन्पोछे (धर्मशाला) क्याब्जे गेशे सेङ्गे (मंगोलिया बाट) क्याब्जे सेर्मे खेन्छु ढाक्पा रिन्पोछे,डिल्गो खेन्चे रिन्पोछे,क्याब्जे च्योप्के ठ्रीचेन रिन्पोछे,क्याब्जे शाक्य गोङमा रिन्पोछे,क्याब्जे झ्याङ्छे लोसाङ टुल्कु रिन्पोछे,लगायत थुप्रै धर्म गुरुहरुबाट वाङ,लुङ,ठि लिएर बौद्ध धर्म र दर्शन सम्बन्धि अभिषेक,गोप्य निधि,तन्त्र,मन्त्र,लगायत सम्पुर्ण शिक्षा ग्रहण गर्नु भएको थियो।
-सन २०१० फेब्रुअरी ८ मा सेचेन राप्ज्याम रिन्पोछे ( सेचेन गुम्बा)ज्युको प्रमुख अतिथिमा जोरपाटी वडा नं: ३ नयाँ बस्तीको छ्योर्तेन टासी तामाङ गुम्बामा ठिदोन ( गद्दी आरोहण) सम्पन्न गरियो।
सन २०१० अगस्ट ५ तारीखमा १४औं (दलाई लामा ) परम पुज्य ग्याल्वाङ तेन्जिङ ग्याछो ज्युबाट पुनः स्वायम्भुको पुरानो घ्याङ गुठी एबं डुपखाङ छ्योएलिङ गुम्बाका प्रमुख लामा महासिद्धी योगि माइला काजी तामाङको पुनर्जन्म हो भन्ने प्रमाणित आधिकारिक पत्र प्रदान गर्नु भयो। लोब्साङ नाम्ग्याल रिन्पोछे ज्युलाई आधिकारिक रूपमा प्रमाणित गरिदिनु भयो।
सन २०१० अगस्ट ११ तारीख देखि हङकङ स्थित पद्म सम्भब च्यारिटी फाउन्डेसन नामक गुम्बाको प्रमुख संरक्षक रहनु भएको।
सन १९१० अगस्ट १८ तारीखमा धर्मिक बिधि र निति अनुसार खेन रिन्पोछे लुण्डुप रिक्सल ज्यु को प्रमुख आथिथ्यमा विशेष समारोह बिच काठमाडौंको कपन गुम्बामा ठिदोन कार्यक्रम सम्पन्न भयो।
-सन १९१८ मा विशेष तामाङ समाज र हिमालि बौद्ध धर्मावलम्बीहरुको लागि बौद्ध शिक्षा र समाजसेवाको काॠलाई अघि बढाउन काठमाडौंमा बौद्ध जागरण केन्द्रको।स्थापमा गर्नु भयो। यसै संस्था मार्फत बौद्ध धर्म सम्बन्धि धर्म प्रबचन,सेमिनार,गोष्टि,प्रशिक्षण र भेलाहरु गराइ मानव लगायत सम्पुर्ण प्राणी जगतको कल्याणको निम्ति ठूलो योगदान पुर्याउने कममा कार्यरत हुनुहुन्छ।
-त्यसैगरी नाम्गेल झ्याङ्छुप छोइलिङ मार्फत भबिस्यमा सम्पुर्ण समुदायको लागि स्कुल ध्यान केन्द्र बृद्धश्रम अस्पताल आदि निर्माण गरि मानव कल्याण र बिश्व शान्तिको कार्यलाई अघि बढाउने सोच राख्नु भएको छ ।
-कर्म वाङ्गेल लामा
महासचिव (बौद्ध जागरण केन्द्र काठमाडौं )
तामाङ बौद्ध महासंघ मलेसिया
सोनाम नोर्बु तामाङ:-
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment