Sunday, May 8, 2016

       तामाङ बौद्ध महासंघ नेपाल

Copyright :-

महोदय,
          उपरोक्त सम्बन्धमा गत बर्ष २०७२ बैशाख १२,१३ र २९ गते गएको विनाशकारी महाभुकम्पमा परि देशमा भौतिक संरचनाको साथै ठुलो संख्यामा मानवीय क्षति भएको कुरा सर्वविदित्तै छ। त्यसै क्रममा २०७२ बैशाख २९ गते गएको महाभुकम्पामा परि (दोलखा जिल्लाको उत्तरी ब्यापारिक केन्द्र सिंगटी बजारमा ) राहत लिन आएको भुकम्प पीडितहरु र स्थानीय बासिन्दाहरु पुरिएर सयौंको संख्यामा एकै स्थानमा र अन्यत्र पनि ठुलो सन्ख्यामा मानिसको ज्यान गुमाएको र धेरै जगत प्राणिहरुको मृत्यु भएको कारण त्यस भेगलाई बौद्ध धार्मिक बिधिपुर्बक शुद्धीकरण दिवंगत मृतआत्माहरुको चिरशान्तिको तथा विश्वशान्तिको लागि उक्त असमाहिक घटनाको वार्षिक तिथि पारेर र हलै मात्र छिमेकी रास्ट्र जापानमा समेत महाविनासकारी भुकम्पले ठुलो धनजनको क्षति पुर्‍याएको हुनाले ( पूज्यनिय औतारी धर्मगुरु लोसाङ नाम्ग्याल रिन्पोछे ) साथै अन्य विद्वान लामागुरुहरुबाट बौद्ध धर्म बिधिपुर्बक सम्पन्न गरिने ( महायज्ञ पुजा तथा वाङ अभिषेक ) कार्यक्रमको आतिथ्यता ग्रहणको लागि आमन्त्रण गर्दछौ।

पुजा कार्यक्रम
२०७३ बैशाख २७: लामा गुरुहरु भेला
२०७३ बैशाख २८:
-बिहान ७ देखि ९ बजे सम्म:साङ्सेर्केम,डोल्छ्योग तारा )पुजा
-बिहान ९ देखि ११ बजे सम्म: भोजन ग्रहण
-बिहान १२ देखि २ बजे सम्म:हो ( अमिताभ बुद्ध) छ्योग पुजा
-अपरान्ह ३ देखि ५ बजे सम्म: च्योइ पुजा
-बेलुकी ५ देखि ५:३० सम्म: सुर पुजा

२०७३ बैशाख २९ गते:
-बिहान ७ देखि ११ बजे सम्म: नाग पुजा,मार्मे तथा ङोवा मोन्लाम
-१२ देखि २:३० सम्म: छेवाङ आयु अभिषेक
-३:०० बजे पुजा समापन ।

उक्त महायज्ञ पुजा तथा वाङ अभिषेक कार्यक्रम भएको हुँदा सम्पुर्ण दोलखा सिगंटी आसपास का दोलखाबासी लाई उपस्तिथिको लागि तामाङ बौद्ध महासंघ मलेसिया हार्दिक आमन्त्रण गर्दछौ/गर्दछ।

सोनाम नोर्बु तामाङ :-

Related Posts:

0 comments:

Post a Comment

Letest Video

Popular Posts