धर्मचन्द्र योन्जन तामाङ
नाम्सादिम शब्दको शाब्दिक अर्थ गाउँघर हो । तामाङ भाषामा नाम्सा शब्दले गाउँलाई जनाउदछ भने दिम शब्दले घर बुझाउदछ। यहि तामाङ भाषाका दुई शब्द नाम्सा र दिम शब्दको संयोजन नै नाम्सादिम हो।
भनिन्छ हजार माइलको यात्रा एक पाइलाबाट शुरूवात हुन्छ । हो त्यही हजार माइलको यात्राका पाइलाहरु मध्येको एक पाइला हो नाम्सादिम। नाम्सादिमको जन्म बोल्न नसक्नेहरुलाई पनि बोल्न लगाउनै पर्छ अनि आवाज विहिन तामाङ ग्रामिण बस्तीहरुको आवाजलाई बुलन्द पार्न जरुरी छ भन्ने उद्धेश्यका साथ भएको थियो। चेतनामूलक सन्देशका साथै तामाङ जातिको अस्तित्वको सुनिस्चितताका लागि नाम्सादिम रेडियो कार्यक्रम उत्पादन एबम प्रशारण गर्ने ब्यक्ति पत्रकार हिरामान बल तामाङ नै हुन।
रेडियो नमोबुद्ध एफ.एम. १०६.७ मेगाहर्ज,धुलिखेल,काभ्रेपलान्चोक बाट साप्ताहिक शृङ्खलाको रूपमा उत्पादित एबम प्रशारित रेडियो कार्यक्रम नाम्सादिम हाल रेडियो सिन्धु एफ.एम. १०५.० मेगाहर्ज,चौतारा,सिन्धुपाल्चोक बाट प्रशारण भइरहेको छ। तामाङ ग्रामीण बस्तीहरुको समग्र आवाज लाई बुलन्द पार्न उत्पादन एबम प्रशारण गर्न थालिएको रेडियो कार्यक्रम देश र बिदेशमा समेत चर्चाको शिखर चुम्न सफल भयो ।
कार्यक्रम उत्पादन तथा प्रशारणका क्रममा पत्रकार हिरामान बल तामाङले थुप्रै समस्याहरुलाई चिर्दै,सिध्याइ नै दिने धम्कीपुर्ण शब्दहरु पचाउदै कार्यक्रम नाम्सादिमलाई अगाडी बढाइनै रहे। र त आज तामाङ भाषा,लिपि,कला,संस्कृति र धर्मको संरक्षण,सम्बर्द्धन एबम विकास गर्दै तामाङ समुदायको आर्थिक,सामाजिक र शैक्षिक स्तरोन्नति गराइ सभ्री समाज निर्माण गर्ने उद्देश्यका साथ नाम्सादिम छोरङान नेपाल नामक सामाजिक संस्थाको रूपमा रेडियो कार्यक्रम नाम्सादिम हामीमाझ उपस्थित भएको छ ।
हो उही रेडियो कार्यक्रम नाम्सादिम आज नाम्सादिम छोरङान नेपाल नामक बैधानिक संस्थाको नामले संस्थागत भएको छ ।नाम्सादिम छोरङान नेपालले नेवा आर्ट ट्रेडर्स नेपाल प्रा.लि. काठमाडौ मार्फत पत्रकार हिरामान बल तामाङले ती तामाङ ग्रामिण बस्तहरुमा गएर धेरै मेहनत गरेर उत्पादन तथा प्रशारण गरेको रेडियो कार्यक्रम नाम्सादिम मातृभाषा तामाङबाट खस भाषामा अनुबाद गरि नाम्सादिम नाम राखेरै छापास्वरुप अर्थात पुस्तकको रूपमा प्रकाशन गरेको रहेछ। मलाई पनि कार्यक्रम उत्पादन तथा प्रस्तोता हाल लेखक तथा पत्रकार हिरामान बल तामाङले नाम्सादिम पुस्तक उपलब्ध गराउनु भएको थियो तीन महिना अघि होला सायद। पुस्तक उपलब्ध गराइदिनु भएकोमा पत्रकार हिरामान बल तामाङ लाई हार्दिक धन्यवाद ।
नाम्सादिम पुस्तक भित्र निकै जनचेतनामूलक सन्देश हरु रहेछ ,आँसु -हाँसो ,सुख-दु:ख अनि मानव जिबनमा भए गरेका उतारचढावका कथाहरु ओ ग्रामिण बस्तीहरु बाट साउण्ड रेकर्डरमा कैद गरेर अथवा ती ग्रामिण बस्तीहरुबाट कथाका पात्रहरुलाई एफ.एम. स्टुडियोसम्म ल्याएर प्रशारित कार्यक्रम हरुको छापा स्वरुप अध्ययन गर्न पाउँदा असाध्यै खुशी लागेको छ ।
नाम्सादिम भित्रको एउटा अन्तर्बार्ता जसले मेरा नयन हरुमा आँसुको मुल फुटाएरै छाड्यो,सायद काभ्रेपलान्चोक जिल्ला पात्लेखेत - ९,फस्कोट्की लक्ष्मी तामाङ जस्ती पीडित (जसले एउटै फरिया ओढ्ने र ओछ्याउने गरेर रात कटाएकी थिइन) को अन्तर्बार्ता कसैले एफ.एम. स्टेशनसम्म ल्याएर बजाएको छैन होला। सासू-ससुरा अनि नन्द-आमाजुले दिएको पिडालाई लक्ष्मी तामाङले गहभरी आँसु बनाएर आम मानव समुदायलाई रेडियो सञ्चर माध्यम बाट सुनाएकी घटना हामिले आज नम्सादिमको लोखित दस्तावेज मार्फत पढ्न पाउनेछौ।अनि क्यान्सर जस्तो रोगले ग्रसित हिरालाल तामाङ्को अन्तर्वार्ता पनि निकै मर्मस्पर्शी छ,जो आज नाम्सादिम रेडियो कार्यक्रमको सहयोग कै कारण क्यान्सर जस्तो रोगबाट पनि छुटकारा पाएर खुशीसाथ जिइरहेको सुन्न र पढ्न पाउछौ ।
काभ्रेपलान्चोक जिल्लामा तामाङ लगायतका आदिवासी जनजातिको नाममा छुट्ट्याइनु पर्ने बजेटमा स्थानीय विकास अधिकारीले नीति नियम विपरीत बिनियोजन गरेको भन्ने विषय लाई पनि पत्रकार बल तामाङले जोडदार तवरले अन्तर्वार्ता मार्फत उठाएका छन। तामाङ समुदायले तेमाल जात्रा,फापेरे-सेलो,म्हेनङ वा म्हेनिङ पर्व,भाषा,लिपि,धर्म,संस्कृति लगाएतका तामाङ समुदायको ऎतिहासिक महत्त्वका विषयहरुमा प्रशारण गरिएको रेडियो कार्यक्रम पुस्तकको रूपमा अध्ययन गर्न पाउनेछ। ल्होछारको।बिसयमा पनि केही हदसम्म प्रष्ट पार्न खोजिएको छ भने नाम्सादिमले तामाङ समुदायले सदियौ देखि प्रचलनमा ल्याइरहेको बुद्धचिता मालाको बिसयमा प्रशासनले अँखा लगाएको जस्ता गहन मुद्दालाई उठाएको पाइयो।
अनन्त: तामाङ समुदायले हिरामान बल तामाङलाई पत्रकारको रुपमा त चिनिहाल्छन नै तर ती दुरदराजका तामाङ युवाहरु जो अध्ययन,अध्यापनको सिलसिलामा उपत्यका अनि आसपास आइपुग्दा नाम्सादिम तामाङ शब्द देख्नेबित्तिकै पुस्तक खरिद गर्न उत्सुक हुन्छ र खरिद गर्छ पनि।तर यहिनिर ती युवाहरुलाई लेखक तथा पत्रकार हिरामान बल तामाङको फोटो सहितको संक्षिप्त परिचयको अभाब खड्किरहेका महसुस अवश्य पनि हुनेछ।खैर जे होस तामाङ समुदायको बारेमा अध्ययन गर्ने अध्ययनकर्ताहरुका निमित्त पत्रकार एबम लेखक हिरामान बल तामाङको नाम्सादिम पुस्तक एउटा उत्कृष्ट अध्ययन सामग्री हुनसक्छ जस्तोतो मलाई लागेको छ।
कभर डिजाइन एकदमै आकर्षक छ,पुस्तकको अग्र पेजमा तामाङ जातिको प्रचलित घरको तस्बिर छ अाँगनमा लुङ्दर-दर्ज्यु (बौद्ध तोरण) टाँगिएको छ । पछिल्लो कभर पेजमा तामाङ बस्ती झल्काउने प्रयास गरिएको देखिन्छ।
थुजेछे !!!
Saturday, May 7, 2016
11:30 AM
TBFM
No comments
Related Posts:
२५६०औं बुद्ध जयन्ती २०७३ मलेसियामा संयुक्तरुपमा मनाइदै तामाङ बौद्ध महासंघ मलेसिया २५६०औं भगवान गौतम बुद्धको जन्म जयन्ती संयुक्तरुपमा मे 21 तारीख सनिवार को दिन भब्यता का साथमा मनाइदै। उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति म… Read More
बौद्ध धर्म प्रबचन तथा बौद्ध दर्शन उपरोक्त सम्बन्धमा यहि आउने 14 मे 2016 सनिवार तामाङ बौद्ध महासंघ नेपालका अध्यक्ष तथा क्याब्जे खेन रिम्पोछे गेशे ङिमा तामाङ ज्युको प्रमुख उपस्थितिमा बौद्ध धर्म प्रबचन तथा दर्शन बारे प्रबचन हुने भएको हुँदा अमेरिका भरी छरिएर ब… Read More
दोलखा सिंगटीमा पुज्यनिय अवतरी धर्मगुरु लोसाङ नाम्ग्याल रिम्पोछे ज्युको प्रमुख............ Sundor Yonjan दोलखा जिल्लाको उत्तरी ब्यापारीक केन्द्र सिंगटी बजारमा बैशाख २८ र २९ गते तामाङ बौद्ध महासंघ नेपालको आयोजना र अवतरी धर्मगुरु Losang Na… Read More
सन १८९७ जर्मन पत्रीका Beilage Zur Allgemeinen Zeitung मा बुद्धको जन्मभुमी नेपालको लुम्बिनी भनेर लेखेको छ । Beilage Zur Allgemeinen Zeitung. सन १८९७ को एक जर्मन पत्रीकामा जहाँ बुद्धको जन्मभुमि नेपालको लुम्बिनी भनेर लेखेको छ। सन १७९८ देखि नियमित प्रकाशित हुँदै आएको उक्त पत्रीकामा लेखक कुर्ट क्लेमले 'क्युनिक अशोका' अर्थात 'राजा… Read More
ऐतिहासिक अन्तरास्ट्रिय बौद्ध सम्मेलन को तयारी काठमाडौं,बैशाख २९ गते । यस वर्षको बुद्धजयन्तीका अबसरमा पहिलोपटक हुन लागेको अन्तरास्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि बुद्ध जयन्तीको अबसरमा विभिन्न सम्मेलनको आयोजना गरेको भए पनि मुलुकको कार्यकारी प्… Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment