Saturday, June 4, 2016
- 5:05 AM
- TBFM
- No comments
लेखक:-धर्मचन्द्र योञ्जन तामाङ
परिभाषा:
तामाङ भाषामा विवाहलाई ब्रेल्वो अथवा ब्रेलसाङ भनिन्छ।
विवाह दुई व्यक्ति (पुरुष र महिला)का बीचको सम्झौता हो।श्रीमान र श्रीमतीका बीचमा जिन्दगीभर संगै जिउने र संगै मर्ने शर्तनामा सहित मनाइने एउटा उत्सव जस्ले कानुनी सम्बन्धलाई स्थापित गर्दछ,त्यही स्थापित कानुनी सम्बन्धलाई ब्रेलसाङ(विवाह)भनिन्छ।
विवाहका सम्बन्धमा सबैले आ-आफ्नो तरिकाले व्याख्या विश्लेषण गरेको पाइन्छ।
How to choose A suitable life partner.
उपन्यासमा विवाहको सम्बन्धमा यसरी लेखिएको छ; ''Marriage is a very important tool for human beings to live a balanced life and have a systematic society.''
मानवका लागि एउटा सन्तुलित जीवन जिउन र सामाजिक प्रक्रिया जान्नका निमित्त आवश्यक एवम् महत्त्वपूर्ण चीज नै विवाह हो।
विवाहको सम्बन्धमा Oxford Advance Learner's Distionnary यस्तो लेख्छ:-
Marriage is the legal relationship between husband and wife.and the ceremony in which two people become husband and wifi. श्रीमान र श्रीमती बीचको कानुनी सम्बन्ध विवाह हो र दुई व्यक्ति (पुरुष र महिला) जुन समारोहमा श्रीमान र श्रीमती हुन्छन् त्यो नै विवाह हो।
एउटा पुरुष र एउटी महिलालाई एउटा विषेश प्रकारको सामाजिक एवम् कानुनी प्रक्रियाद्वारा एकैठाँउमा उभ्याउने पद्धतिलाई नै विवाह भनिन्छ,जसले समाजको विकास निर्माण देखि लिएर थुप्रै उद्देश्यहरु परिपुर्ति गर्न सहयोग गर्दछ। खैर जे होस विवाह एउटा जीवन पद्धतिको एउटा अत्यावश्यक पाटो हो।
तामाङ समुदायमा विवाह आफ्नै धर्म एवम् संस्कृति अनुसार गरिन्छ। तामाङ जातिको आफ्नै किसिमको वैवाहिक संस्कार छ।तामाङ समुदायमा तामाङ ह्रिमठीम (संस्कृति) अनुसारको कुटुम्ब मिल्ने थरहरुका बीचमा मात्रै विवाह हुन्छ।
प्रकार:
तामाङ जाति भित्र प्रायः विवाह २ भागमा विभाजन गरिएको पाइन्छ।
१.मागी विवाह:
तामाङ जातिमा कुटुम्ब मिल्ने केटा पक्षबाट कुटुम्ब मिल्ने केटी पक्ष समक्ष तामाङ सन्स्कृति अनरुप विधिसम्मत तरिकाले केटि मागेर गरिने विवाह नै मागी विवाह हो। तामाङ जातिमा मागी विवाहलाई सबैभन्दा राम्रो मानिन्छ।
२.भागी विवाह:
केटा र केटीको एकआपसमा मन मिलेको तर अभिभावक र समाजले स्वीकार नगरेको अवस्था केटाकेटी भागेर गरिने विवाहलाई भागी विवाह भनिन्छ। यसलाई प्रेम विवाह पनि भन्न सकिन्छ।
संस्कृति:
तामाङ जातिमा आफ्नै मौलिक वैवाहिक संस्कार रहेको छ। तामाङ लोकबाजा डम्फु बजाएर तामाङ लोकसन्स्कृतिको मुर्धन्य संगीत तामाङ सेलोको तालमा वैवाहिक कार्यक्रम सम्पन्न गर्नु तामाङ संस्कृति र जातीय पहिचानको गौरवमय परिचय हो।उक्त विवाह समारोहमा दाम्पत्य जीवन सुखद एवम् सफल होस भनेर लामागुरुहरुलाई अनिवार्यरूपमा टाशी-घेपा र टाशी-चेक्पा अर्थात शुभ मोन्लाम पाठ गर्न लगाउनुपर्छ।
तामाङ संस्कृतिको मौलिक पक्षहरुको खोजी गरेर हेर्ने हो भने तामाङ चेलीको ह्रुई(थर)परिवर्तन हुदैन। जस्तो योञ्जन वंशकि चेलीको विवाह घिसिङको छोरासंग भयो तापनी उनी घिसिङ कदापि हुदिनन्।
आफ्नो छोरिचेली कुटुम्बलाई सुम्पने बेलामा तपसिलका ४ प्रकारका वस्तुहरु साक्षी राख्ने गरिन्छ ।
१.विवाह हुने स्थानका अलौकिक ज्योहो-ज्योमो(देवी देवता) हरु,
२.हिमालमा हुने डाँफे अनि तराईमा पाइने मयुरको प्रतिकस्वरुप कुखुराको भाले,
३.नदिमा पाइने गोही र कछुवा आदिको सम्झनास्वरुप जिउँदो माछा र
४.विवाह स्थलमा भएका सम्पुर्ण सज्जन महानुभावहरु।
यिनै ४ प्रकारका साक्षीहरुको रोहवरमा मात्रै तामाङ जातिले आफ्नो छोरिचेली कुटुम्बलाई जिम्मा लगाउछ। यहि तामाङ संस्कृतिलाई तामाङ जातिमा छोङ्खोर,घासा वा चारदाम भनिन्छ। यहि चारदाम गर्ने समयमा तामाङ जातिको ताम्बाले हाम्रो छोरिबेटी तपाई कुटुम्बलाई सुम्पिए तापनि हाम्रो ह्रुइ अर्थात थर चाहिँ हजुरहरुलाई सुम्पेको छैनौं भनी माइतीकै थर रहने कुरा बताउँछ ,तसर्थ यहि कारणले तामाङ चेलीको थर परिवर्तन हुँदैन।
चारदामको समयमा ताम्बा र गान्बाले भन्ने तामाङ लोकशैलीको प्रस्तुतिकरण काल्पनिक रुपले नेपाली भाषामै राख्ने जमर्को गरेको छु।
यो सन्देश यस गाउँका अलौकिक ज्यहोज्योमो(देवीदेवता) लगायत सजिब रुपमा रहेको यस भेगका हिमाल पर्वतका डाँफे र समथर तराईका घना जंगलका मयुर अनि मुनाल चराले सुनोस भनी प्रतिनिधिका रूपमा सञ्चारसंबाहक परेवा वा सुनपङ्खी कुखुराको भाले राखिएको छ। नदीनालामा रमाउने जलचरहरु माछा,गोही र कछुवा आदिले थाहा पाओस् भनी प्रतिनिधिका रुपमा माछालाई ल्याएको छौं भने यस विवाह मण्डपमा विराजमान सम्पुर्ण सज्जनवृन्दहरुलाई साक्षी राखी आजको मितिमा ..........जिम्मा लगाएका छौं। पाले पुण्य मारे पाप भनेर हामिले हाम्री चेली दिएका छैनौं,हाम्री चेली तपाई....रेम्बोर्छेको जीवनसाथी अथवा पत्नीको रुपमा रहेता पनि थर भने जीवनपर्यन्त रहिरहने छ।
यसरी विधिवत तरिकाले समारोह अन्त्य भैसके पश्चात् ती साक्षीको रूपमा ल्याइएको डाँफे र मुनाल पंक्षीको प्रतिनिधि परेवा वा कुखुराको भाले,गोही र कछुवाको प्रतिनिधि माछालाई आ-आफ्नो ठाँउमा जिउँदै छोडिदिनु पर्दछ अनि मात्रै दुलहा-दुलहीको दाम्पत्य जीवन सुखमय हुनेछ भनिन्छ।
धर्मचन्द्र योञ्जन तामाङ
फलाँटे -४ जुरेडाँडा,काभ्रेपलान्चोक ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment