Thursday, May 19, 2016


                         अध्यक्ष:अनिल तामाङ
भोलि अर्थात 21 मे 2016
आदिबासी जनजाति महासंघ मलेसियाको आयोजकमा संयुक्त रूपमा कार्यक्रम मनाउने तयारीमा।

२५६०औं बुद्ध जयन्ती मलेसियामा भब्यताका साथ मनाउने तयारीमा जुटेका छन।क्वालालम्पुर,स्थित कोतारायाको अति ब्यस्त व्यावसायकका रूपमा मानिने नेपाली रेस्टुरेन्ट " परदेशी "को चौथो तल्लामा तामाङ बौद्ध महासंघ मलेसिया को अध्यक्ष र सदस्य र शेर्पा किदुग मलेसिया सदस्य हरु एकजुट भइ बौद्ध धर्म ग्रन्थ अनुसारको तोर्मो (सोल्मो) बनाउन 20 मे आज बाटै लागिएको बताउनु भएको छ।

जसमा 21 मे बौद्ध धर्म लामा गुरु हरुद्वारा पूजा पाठ गरि कार्यक्रम लाई शुभराम्भ गरिने छन।
कार्यक्रम स्थान : The 5 Elements Hotel
चाइना टाउनको छेउमा।

तामाङ बौद्ध महासंघ मलेसिया!!!

Wednesday, May 18, 2016

           
                   लेखक:-धर्मचन्द्र योन्जन तामाङ

परिचय:
          आजको बैज्ञानिक युगभन्दा २५६० बर्ष अगाडी ई.पु ५६३ मा सम्राट शुद्धोधन र महारानी मायादेबीका सन्तानका रूपमा यस संसारमा जन्म लिनु भएको बिश्व प्रख्यात शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्ध आम मानव जगतका लागि मार्गदर्शक हुनुहुन्छ।
यस भौतिक संसारमा निरन्तर जन्म र मृत्यु बीचमा हुने दु:ख,कष्ट अनि पिडाहरुबाट कसरी मुक्ति पाउन सकिन्छ  भन्ने दुर्लभ आध्यात्मिक मार्गदर्शनसंग गहिरो सम्बन्ध रहेको साक्षात्कार ज्ञानलाई नै आज बिश्वका मानव जातिले बुद्ध मानिरहेका छन्।
छ बर्ष सम्म आध्यात्मिक ध्यान र तपस्या बाट प्रत्यक्ष बोधीज्ञान प्राप्त गर्ने एक जागरुक महापुरुष सिद्धार्थ गौतम नै बुद्ध दर्शनका प्रतिपादक हुन।जसलाई आज संसारभर भगवान बुद्ध भनेर चिनिन्छ।

तिनै महामनब सिद्धार्थ गौतमद्वारा प्रतिपादित मार्गदर्शनलाई नै बुद्ध दर्शन भनिन्छ। भगवान गौतम बुद्धले यस भौतिक संसारमा निरन्तर जन्म र मृत्यु बीचमा हुने दु:ख,कष्ट अनि पिडाहरुबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने दुर्लभ आध्यात्मिक मार्गदर्शनसंग गहिरो सम्बन्ध रहेको साक्षात्कार ज्ञान ( बुद्धत्व ) प्राप्त गरिसक्नु भए पश्चात आफुले प्राप्त गरेको ज्ञान लाई पहिलोपटक सारनाथमा धर्म देशना मार्फत आम मानव समुदायको हितको निमित्त आफ्ना शिष्यहरुलाई प्रबचन दिनुभयो। पहिलो धर्म देशनामा वहाँले चार आर्य सत्यको बारेमा प्रबचन दिनु भएको थियो।
यो बुद्ध दर्शनमा समाहित तिनवटा निकाय थेरवाद,महायान र बज्रयान मध्ये पहिलोसंग आधारित छ। त्यस पश्चात दोस्रोपटक गृद्धकुद र तेस्रोपटक वैशाली भन्ने स्थानमा धर्म देशना गर्नु भयो। यसमा वहाँले मार्ग ( चित्त र मध्य ) को बारेमा प्रबचन दिनु भएको थोयो। यो महायान दर्शनसंग सम्बन्धित छ। तीन वाटै धर्म देशना प्रबचनमा नपरेको सिद्धान्तलाई चाहिँ बज्रयान भनिन्छ।

विशेषत: सबैभन्दा उत्कृष्ट शिष्यहरुका लागि मात्रै दिनु भएको ज्ञान नै बज्रयान हो, यो सिद्धान्त भारतको अमरावतिमा धर्म देशना प्रबचनबाट प्रतिपादन भएको मानिन्छ। यस सिद्धान्तलाई बज्रयान,तन्त्रयान अनि गुह्यतन्त्र पनि भनिन्छ।
भनिन्छ यो दर्शन जो कोहीलाई दिन मिल्दैन।यिनै तिनवटा यान ( सिद्धान्त ) थेरबाद,महायान,बज्रयानका माध्यमबाट महामानव गौतम बुद्धले जुन मार्गनिर्देशन गर्नु भएको छ त्यसैलाई आज बौद्ध दर्शन ( Buddhism ) भनिन्छ।

यसरि तिनपटकसम्म धर्म देशना प्रबचन गरिसके पश्चात वहाँले दिनुभएको दर्शनलाई लिपिबद्ध ग्रन्थ नै त्रिपिटक भनिन्छ।
त्रि भन्ने बित्तिकै तीनवटा भन्ने बुझिन्छ। त्रिपिटक पनि त्रि-पिटक को संयोजन हो। जसलाई सुत्र पिटक,अभिधर्म पिटक र विनय पिटक गरि तीन भागमा विभक्त गरिएको छ। तीनवटै सिद्धान्तमा आधारित त्रिपिटक दर्शन दिनु भैसकेपश्चात यसैको माध्यमबाट शिल,समाधी र प्रज्ञाको बारेमा त्रिपिटक भित्रै बताइएको छ। यस दर्शनमा अनुसारण र अभ्यासका बारेमा जुन खालको विश्लेषण गरिएको छ,मुलत: त्यसैले बौद्ध दर्शन भनिन्छ।

बौद्ध दर्शनको बारेमा एटम बमका आविष्कार,आधुनिक बिज्ञानका पिता Albert Einstineले यसो भन्नुभएको छ '' Buddhism has the characteristics of cosmic religion for the future.It transcends a personal God,avoids dogmas and theology: it covers both the natural and spiritual,and it is based on a religious sense aspiring from the experience of all things,natural and spiritual, as a meaningful unity."
"भबिष्यको ब्रम्हाण्डमा धर्महरुमध्य अपेक्षा गर्न सकिने गुणहरु बुद्ध धर्ममा निहित रहेको छ।यो ब्यक्तिगत भगवान भन्दा टाढा छ,धार्मिक मत र अति-आध्यात्मबादबाट यो टाढै रहन्छ, यसले प्रकृति तथा आध्यात्म दुबैलाई समेटेको छ र यो प्राकृतिक तथा आध्यात्मिक सबै कुराहरुको अनुभबसहितको अर्थपूर्ण एकताको अभिलाषा गरिएको धार्मिक चेतनामा आधारित छ।"

सम्बन्ध:
          बौद्ध दर्शन र तामाङ समुदायको बीचमा कस्तो सम्बन्ध छ त भन्ने विषयमा अध्ययन अनुसन्धान गर्ने हो भने निकै पछि मात्रै तामाङ समुदायले बौद्ध धर्म दर्शन अगालेको पाउछौ। तामाङ समुदायले बौद्ध धर्म दर्शन अवलम्बन गर्नु अगाडीको इतिहासलाई आत्मसात गर्ने हो भने तामाङ समुदायको सम्बन्ध वोन सभ्यता ( प्रथा ) संग जोडिन जन्छ।जुन तिब्बतको मौलिक धर्म हो। जहाँ बौद्ध धर्म र दर्शनको शुरुआत हुनुभन्दा अगाडी वोन संस्कार थियो। बौद्ध धर्म र दर्शनको शुरुआत जहाँबाट भए पनि तिब्र विकास चाहिँ तिब्बतबाट नै भएको  पाइन्छ।
सातौं शताब्दीको अन्त्यतिर बौद्ध दर्शनलाई धर्मको रूपमा विकास गर्ने बौद्ध धर्मगुरु गुरु रिम्पोछेले वोनहरुको ज्ञान समेत सिक्न र तिनै ज्ञान र कुटनैतिक शैलीको प्रयोग गरेर वनहरुलाई धार्मिक वहस मार्फत हराउन सफल हुनु भो
त्यस पछाडी मात्रै तामाङ हरुले बुद्ध र बुद्धका दर्शनलाई धर्मको रूपमा अवलम्बन गर्नु शुरु गरेको इतिहास पाउन सकिन्छ।


तामाङ समुदायले वोन संस्कार छाडेर कसरी बौद्ध धर्म अवलम्बन गर्नु पुगे त ? भन्ने सन्दर्भमा धार्मिक इतिहासकार्हरुको मत फरकफरक रहेको पाइन्छ। महामानव गौतम बुद्धको जन्म पश्चात हुर्कदै जानू भय,चुडाकर्म र विवाह समेत भयो।राहुल नामको पुत्र लाभ पनि भयो तर उहाँलाई त्यतिले मात्रै सुख दिन सकेन र आम प्राणी जगतको सुखका निमित्त २९ बर्षको उमेरमा दरवारै त्याग गरेर भारतीय भुमी बोधगयामा ६ बर्ष सम्म कठोर तपस्या गरे पछि बुद्धत्व प्राप्त गर्नु भयो। त्यस समयमा आजको जस्तो सूचना प्राविधिको विकास भएको थिएन।त्यसैले बुद्ध केही चेलाहरी लिएर आफुले प्राप्त गरेको बिधिसत्व ज्ञान ठाँउ-ठाउमा धर्म देशना मार्फत बाड्दै हिड्नु भयो। जब भारतका प्रख्यात ब्यक्ति सम्राट अशोक संग भेट भयो,सम्राट अशोक बुद्धका अनुयायी भएहले। उनले बुद्ध र बौद्ध धर्मको प्रचारप्रसार गर्ने उदेश्यले विभिन्न ठाउमा अशोकस्तम्भ निर्माण गराए र चारैतिर बौद्ध धर्मको सन्देश फैलाए।उनकै छोरा चारुमतिले पनि बौद्ध धर्म प्रचारको कामलाई निरन्तरता दिएकी थिइन।चारुकै नाममा चारुमती चैत्यको निर्माण पनि भएको थियो।

यसरी भारतबाट बौद्ध दर्शनको प्रचारप्रसार भएको करिब १ हजार बर्ष पछाडी अर्थात ५ औं शताब्दीतिर मात्रै काठमाडौं उपत्यका र काठमाडौंबाट उत्तरमा रहेको भुभाग( तिब्बत )बुद्ध दर्शन अवलम्बन गर्ने बौद्ध धर्मका अनुयायी,भिक्षुहरु ( उपासक,उपासिका) र लामाहरुको संख्यामा वृद्धि हुन थालेको हो। आज केही मानिसहरुले बौद्ध धर्मको प्रचारप्रसार चिनबाट भएको हो भन्ने भ्रम फैलाउ खोजिरहेको देख्न सकिन्छ।यो सरासर गलत छ।यस कार्य नेपालको मध्य दक्षिणि क्षेत्र भारत बाटै भएको हो। यसरी प्रचारप्रसार हुँदै जाने क्रममा ७ औं शताब्दीको अन्त्यतिर तिब्बती क्षेत्रमा बौद्ध धर्मका अनुयायीहरुको संख्या धेरै भैसकेको थियो।त्यतिबेला सम्म तिब्बतमा वोन संस्कारकै प्रभुत्व थियो।यसैक्रममा गुम्बा बनाउने निर्णयसहित बौद्ध अनुयायीहरुले बुद्ध पूजा र प्रार्थना कार्यक्रम गर्ने थाले। गुम्बामा पनि बान्ने शुरुआत भयो तर वोनहरुले बनाउन नदिने प्रपञ्च रचिरहे।बौद्धहरुले दिनभर मेहनत गरेर लगाएको गुम्बाका गाह्रो वोनहरु तान्त्रिक शाक्तिद्वारा मध्य रातमा भत्काइदिन्थे। जतिपटक बनाएपनी भत्काउने कार्य नरोकिए पश्चात् यसबाट आजिज हुँदै बौद्ध धर्मावलम्बी लामाहरुले गुरु रिम्पोछे कहाँ दु:ख अनि वेदना पोख्न जाने निर्णय गरेर वहाँ तपस्यारत केरुङ्देखी दक्षिणी क्षेत्रमा पुगेर बिन्तिपत्र चढाए पछि लामाहरु रिम्पोछेको सल्लाहअनुसार फर्किए।

यसरी लामाहरु फर्के पछि लामाहरु नपुग्दै तान्त्रिक शक्तिद्वारा रिम्पोछे तिब्बत पुगिसक्नु भएको थियो।त्यस पश्चातै गुरु रिम्पोछे र वोन बिच लामो समयसम्म तान्त्रिक एबम कुटनैतिक युद्ध चल्यो।त्यही युद्धका क्रममा गुरु रिम्पोछेले वोनहरुको ज्ञान र कुटनैतिक शैलीको प्रयोग गरेर वोनहरुलाई धर्मिक वहस मार्फत हराउन सफल हुनुभयो। तर वास्तविक हार वोनहरुले स्विकार्नु मानेनन् र सम्झौताको प्रस्ताव गरे जसलाई रिम्पोछेले सहर्ष स्विकार गर्नु भयो। सम्झौतामा वोनले ओखती-मुलो गर्ने र लामाले जन्मदेखि मृत्युसम्मका अन्य संस्कार गरे सहमति भयो।यसरी कामको बाँडफाँड सम्बन्धि सम्झौता भए पश्चात् युद्ध अन्त भयो।

त्यही तिब्बत सम्झौता अनुसार नै अहिलेसम्म तामाङ समाज चल्दै आएको छ। तर वोन संस्कार भित्रका अपराधीक सन्स्कृतिका कारण आज तामाङ समुदाय बौद्ध दर्शनसंग अझै नजिक हुँदैछ। वोन संस्कार हत्या र हिंसाले अभिप्रेरित भएकै कारणले आम तामाङहरु बौद्ध धर्म र दर्शन अंगालिरहेका छन।हुन त यो पङ्तिकार पनि वोनकै सन्तान हो तर वोन संस्कार भित्रको हत्या र हिंसाको सन्स्कृतिलाई मान्दैन,यसो भन्दै गर्दा वोनको बिरोधका नठान्दा हुन्छ।

अर्को तिर यस्तो पनि भनिन्छ,उहिले वोनहरुको पनि तान्त्रिक पुस्तकहरु पनि थिए। गुरु रिम्पोछे र वोनको बीचमा महिनौसम्म युद्ध हुँदा वोनहरुको तान्त्रिक पुस्तकहरु तान्त्रिक शक्तिद्वारा नै जलाइयो।पुस्तक नष्ट भए पश्चात् वोनहरुले आफुले सम्झेको मन्त्र फलाक्दै खरानी उठाएर फुगफाग गर्न थालिएको हो। तसर्थ खरानी लाई वोनहरु उक्त पुस्तकहरुको अवशेष मान्दछन र खरानिमा नै सत्य छ भन्ने मान्यता राख्दछन।तसर्थ तामाङ समुदायले सोही समय अर्थात लामा र वोन बीचको तान्त्रिक एबम कुटनैतिक युद्ध अगावै बुद्ध धर्म ग्रहण गरेको देखिन्छ भने ९औं शताब्दीबाट बौद्ध धर्म मान्न थालेको हो भन्न सकिन्छ।यसरी तामाङ समुदाय र बुद्ध दर्शनको बीचमा रहेको सम्बन्धलाई प्रस्ट्याउने अर्को पाटो हो,बौद्ध सम्प्रदाय वा परम्परा। बौद्ध धर्म परम्परा भित्र ४ वटा सम्प्रदा छन। ञिङ्गापा,शाक्य,काग्यु र गेलुक। बौद्ध दर्शनमा रहेको सुत्र र तन्त्र मध्ये तन्त्र तिब्बती भाषामा अनुबाद भएको थियो।यसरी तिब्बती भाषामा अनुवादित गरिएको परम्परा लाई नै ञिङ्गापा भन्ने गरिन्छ। हो तामाङ समुदाय यदि ञिङ्गापा परम्परासंग नजिक छ।

दर्शनको ज्ञान:
                 सर्वप्रथम त हामी गर्वका साथ भनिरहेका हुन्छौ कि हाम्रो देश महामानव गौतम बुद्ध जन्मेको देश हो ।तर यदि कसैले बौद्ध दर्शन भनेको के हो ?
भनेर प्रश्न गर्‍यो भने आम नेपाली (बुद्ध धर्म मान्ने र नमान्ने) लाई उत्तर दिने कम्ता असजिलो महसुस हुन्छ। यसरी नेपाली जनतालाई बौद्ध दर्शनको ज्ञान न्यून हुनुमा राज्य नै दोषी देखिन्छ। यदि राज्यले बौद्ध दर्शन बिषयलाई प्राथमिक तहदेखी नै अध्ययन,अध्यापन गर्ने गराउने व्यवस्था सकेको भए आज तपाई बुद्ध जन्मेको देशको नागरिक हुनुहुन्छ, मलाई बुद्ध र वहाँले प्रतिपादन गर्नु भएको दर्शनको विसयमा केही भनिदिनु हुन्छ कि ? भनेर प्रश्न तेर्स्याउदा अकमक्क हुनुपर्ने अवस्था आउने थिएन। अब तामाङ समुदायको कुरा गरौं,तामाङ समुदाय ञिङ्गापा बौद्ध धर्म परम्परा अवलम्बन गर्ने महायनी बौद्ध धर्मावलम्बी हो । तामाङ समुदायमा पनि बौद्ध दर्शनका ज्ञाताहरु रिन्पोछे,टुल्कु,खेन्पो हुनुहुन्छ। वहाँहरुले आफुले आर्जन गरेको बुद्ध दर्शनको ज्ञान आफ्नै स्कुल,कलेज अनि गुम्बाहरु नभएको कारणले आम तामाङ समुदायमा पुर्‍याउन नसकिरहेको जस्तो देखिन्छ। यहि कारणले पनि तामाङ समुदायलाई बुद्ध दर्शनको ज्ञानको कमि भएको हो ।

आज हामी २५६०औ बुद्ध जयन्ती अर्थात बैशाख पुर्णिामाको नजिक छौं,बैशाख पुर्णिामाकै दिन सिद्धार्थ गौतम को जन्म सम्बोधीज्ञान(दुद्धत्व) प्राप्त र आफुले प्रतिपादन गरेको ज्ञानलाई प्रचारप्रसार गर्दागर्दै महापरिनिर्वाण प्राप्त गर्नुभयो।यहि तीनवटा घटनाक्रम बैशाख पुर्णिामा कै दिन घटेकोले संसारमै दुर्लभ घटनाको रूपमा लिइने गरिन्छ।यसै दिन आम बौद्ध धर्मावलम्बीहरु बुद्ध जन्मस्थल लुम्बिनी,झ्यारुङ खस्योर(बौद्ध )स्वायम्भु र नमोबुद्ध लगायत संसारका सम्पुर्ण बौद्ध तिर्थस्थलहरुमा महामानव गौतम बुद्ध लाई सम्झदै शान्तिको कामना हुँदै गर्द नेपालका हिन्दु शक्तिपिठहरुमा बलिका नाममा लाखौं को संख्यामा पशुपंक्षीहरुको हत्या गरिन्छ। यसको उदाहरणका रूपमा पलान्चोक भगवती मन्दिर,यहाँ बुद्ध जयन्ती अर्थात बैशाख पुर्णिामा कै दिन मेला लाग्दछ । पलान्चोक र आसपासका सम्पुर्ण समुदायले बैशाख पुर्णिामाको समयलाई दशैभन्दा पनि विशेष पर्व रूपमा लिने गरेको पाउछौ। भाकल छ भनेर अबोध पशुपंक्षी २कोष टाढा देखि बलि दिनकै निमित्त मन्दिरसम्म ल्याइन्छ।

यसरी शान्ति,अहिंसा र करुणका प्रतिक गौतम बुद्ध जन्मेको देशमा बुद्ध जयन्तीकै दिन लाखौं पशुपंक्षीहरुलाई बलि चढाउने प्रचलन छ भन्दा संसारका बौद्ध धर्मका ज्ञाताहरु आज अचम्मित छन।तसर्थ बुद्ध जयन्तिको दिन हत्या हिंसा नगर्न नगराउन आम बुद्ध धर्मावलम्बीहरु अगाडी बढ्न आवश्यक छ। अझ पलान्चोक र आसपासमा तामाङ समुदायको बसोबास भएको हुँदा उक्त दिन बलि दिनकै निमित्त पशुपंक्षी डोका अनि पेरुन्ङ्गु हालेर मन्दिर तर्फ लम्कदै गरेका थुप्रै तामाङ अनुहारहरु पनि थुप्रै भेटिन्छ। यसबाट के प्रष्ट हुन सकिन्छ भने तामाङ समुदायमा बौद्ध धर्मका ज्ञाताहरु: टुल्कु,गेशे,खेन्बो जति नै  सङ्ख्यामा भए पनि आम तामाङहरुलाई बुद्ध दर्शनको ज्ञान् छैन।

अन्त्य :
         तामाङ समुदायले बौद्ध धर्म अवलम्बन गरेको लामो इतिहास भए पनि बुद्ध दर्शनको ज्ञान् कम हुनुको पछडी तामाङ समुदाय स्वयंको कमजोरी हो। तामाङ समुदायमा रहेकोे महत्वोपुर्ण गोन्पो शिक्षालाई तामाङ समुदायले नै महत्व नदिएको कारणले नै तामाङ समुदायका पुराना एबम नयाँ पुस्तामा  बुद्ध दर्शनको ज्ञान् नभएको हो। गुम्बामा तहेका तामाङ लामाहरुले आम तामाङ जनमानसमा बुद्ध दर्शनसंग सम्बन्धित प्रबचन त परै जाओस् गुम्बा शिक्षा लिनका निमित्त आह्वान समेत गरेनन् । यदि आफुले जानेको शिक्षा आफ्ना साखा सन्तानलाई मात्रै नभएर आम तामाङ युबा पिढिलाई पनि बाँढेेको भए तामाङ समाज आज यो अबस्थामा हुँदैन थियो।

अझै भन्नुपर्दा तामाङ समुदायलाई अपाङ्ग तुल्याउने काम राज्यको शासन सत्तामा रहेका शासक वर्गले गरेका हुन।बौद्ध दर्शनका शस्त्र समेत जलाएको इतिहास छ।
र बलि प्रथा तामाङ समुदायम प्रचलनमा आउनुको पछाडी राज्य शाक्तिकै हात थियी। जब रास्ट्रीय एकीकरण को नाममा तामाङ किपट भुनिहरु खोसियो,त्यस पछि उनिहरुको आक्रमण तामाङहरुको भाषा,लिपि,धर्म अनि सन्कृती तिर लम्कियो। थुप्रै गुम्बाहरु गुठी र विर्तामा परिणत गराइयो,म्हेनङ वा म्हेनिङलाई दशैमा विभक्त मात्रै गरिएन बलि प्रथालाई अंगाल्न समेत दबाब दिए। त्यसैको फलस्वरूप आज तामाङ समुदाय अपाङ्ग जस्तै छ।आज तामाङ सन्स्कृती न त बौद्ध जस्तो देखिन्च न त हिन्दु जस्तो,तैपनी हामि तामाङहरु बौद्ध हौं भन्न पछाडी पर्दैनौ।

तसर्थ आगामी दिनहरुमा आम तामाङ समुदायले आफ्नो सन्ततिहरुलाई बौद्ध दर्शन सम्बन्धि शिक्षा दिन जरुरी छ।हिजो जुन संस्कार थियो त्यसभित्र रहेका नराम्रा विकृतिले युक्ति संस्कारलाई  फ्याँक्दै सुसंस्कृत संस्कारलाई अवलम्बन गर्दै सभ्य तामाङ समाज निर्माण गर्ने काम तामाङ युवाहरूको काधमा आएको छ र त्यो जिम्मेवारी बाट तामाङ युवाहरु पछाडी हट्ने छैन।

धर्म र सन्स्कृती अलग पाटा हुन तथापि अन्योन्याश्रीत सम्बन्ध पनि रहेको हुन्छ।बुद्ध दर्शनबाट बुद्ध धर्ममका रूपमा परिस्कृत बुद्धका सिद्धान्त संसारमै अकाट्य ठहरिएको छ।यसको।मतलब फरकफरक समुदायका बौद्ध धर्मावलम्बीहरु जो छन।उनिहरुको मानिरहेको परम्परागत सन्स्कृतीमा विकृति छैन भन्न सकिन्न तर बुद्ध दर्शन र धर्ममा विकृति छैन।त्यसैले तामाङ समुदायले आफ्नो समुदायमा रहेको परम्परागत संस्कार र सन्स्कृतीभित्रका विकृतिहरुलाई हटाउदै संसारले मानेको बुद्ध दर्शनलाई आफ्नो सन्स्कृतीमा समेत देखाउन आवश्यक छ।

मनुष्यको जन्म लिन पाउनु आफैमा एउटा दुर्लभ घटना हो। तर भौतिक शरीर रहेसम्म आफुलाई सुद्धर्मको मार्गमा परिचालन गर्न नसके मृत्युपछिसम्म पनि दु:खै दु:खको मार्गमा भौतारिरहनु पर्ने हुन्छ।

मनुष्यको जन्मपछीको मृत्यु परम-शत्रु हैन।
मृत्यु परम-मित्र हो। भौतिक शरीर रहेसम्म जसले सद्धर्मको मार्गमा कुशल कर्म गर्दै हाँसिहाँसी मृत्युवरण गर्छ ऊ नै निरवाणको मार्गमा पुग्छ।


            "तामाङ बौद्ध महासंघ  मलेसिया !!!"


Sunday, May 15, 2016

                
                 साभर: धर्मचन्द्र योन्जन तामाङ  

सिङ्गोन सङ्ग उर्गेन पेमा छ्योइलिङ गुम्बाको नबनिर्मित प्रवेशद्वार उद्धाटन तथा छे-वाङ ( दीर्घायु अभिषेक ) कार्यक्रम सम्पन्न !!!

जेठ ०२, काभ्रे।
                   काभ्रेपलान्चोक जिल्लाको सल्लेभुम्लो-३ स्थित सिङ्गोन सङ्ग उर्गेन पेमा छ्योइलिङ गुम्बाको नबनिर्मित प्रवेशद्वार उद्धाटन तथा छेवाङ ( दीर्घायु अभिषेक ) कार्यक्रम सम्पन्न भएको छ । जेठ १ गते भुम्लुसल्ले,फलाँटे,भुम्लिटार,सापिङ,बेख्सिम्ले,चौबाँस,गोठपानी,विर्तादेउराली,र कोलाँती गा.बि.स. का भक्तजनहरुको उल्लेखनिय सहभागितामा परमपुज्यनिय तामाङ टुल्कु लोसाङ नाम्ग्याल रीम्पोछेज्यु बाट उक्त द्वारको विविधत ह्राप्ने ( प्राणप्रतिष्ठा ) गरि उद्धाटन गरिएको हो।
सोहीक्रममा प्रमुख अतिथि टुल्कुद्वारा छे-वाङ दिनुका साथै सोही अवसरमा रिम्पोछेले सहयोगिहरुलाई सम्मान-पत्र तथा बुद्धमुर्तिहरु समेत उपहार स्वरुप प्रदान गरेको थिए।

गुम्बा ब्यबस्थापन समितिको अध्यक्ष नेमा दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रमको विशेष अतिथिहरुमा बौद्धधर्म प्रवर्द्धन तथा गुम्बा विकास समितिको कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङ,जिल्ला विकास समिति काभ्रेका स्थानीय विकास अधिकारी टेकराज निरौला,काभ्रे क्षेत्र नं.४ को सांसद विदुर सापकोटा र काभ्रेका प्रहरी उपरीक्षक राजेन्द्रराज बास्तोला लगायत रहेका थिए।
त्यस्तैगरी अतिथिहरुमा छ्योर्तेन टासी तामाङ गुम्बा नयाँ बस्तीको महासचिव पेम्बा गोले,ताम्बा सङ्घ नेपालका अध्यक्ष  धावावाङ्गेल मोक्तान,साहित्यकार तथा गोले तामाङ वंश उत्थान समाजको सदस्य खोजराज गोले,टासी छ्योर्तेन तामाङ गुम्बाको सह-कोषाध्यक्ष महावीर लामा तथा नेपाल तामाङ सन्स्कृती घेदुङको निवर्तमान अध्यक्ष दोर्जे गोले लगायत रहेका थिए ।

गुम्बाका सचिव इन्द्रबहादुर गोलेले स्वागत मन्तव्य राखेका थिए। सोही क्रममा गोलेले,वि.सं.२०३२ सालमा स्थापित गुम्बाको भवन निर्माण २०३६ सालदेखी शुरु भएको र २०५६ सालसम्ममा सम्पन्न भएको जानकारी दिएका थिए ।
नयाँ समिति तथा सबैतिरको सहयोगका कारण गुम्बा स्थापना र सञ्चालन सफल भएको जनाउदै कार्यक्रममा उपस्थित पाहुना तथा उपस्थित सबैलाई स्वागत गरेका थिए ।

बुद्ध जिवनीसम्बन्धी तामाङ भाषामा रहेको गीत टेकबहादुर घिसिङ र धावावाङ्गेल मोक्तानले प्रस्तुत गर्दै शुरु गरिएको कार्यक्रममा  नेपाल बौद्ध महासंघको महासचिव समेत रहेका आचार्य नुर्बु शेर्पाले प्रबचन दिएका थिए। सोहिक्रममा पञ्चशील र चतुर ब्राह्म विहार लगायतका विषयमाथी स्पस्ट पारेका थिए। शेर्पाका अनुसार पञ्चशील गुम्बा रहेका वा ध्यान्स्थ भइ गुफामा बसेकालाई भन्दा पनि राज्य सत्तामा रहेका नेतृत्वकर्ताका लागि अति आवश्यक रहेको हुन्छ।
कोहि पनि जन्मजात बौद्ध धर्मावलम्बी हुँदैन।बौद्ध धर्मावलम्बी हुन त्रि-रत्नको शरणमा जानुपर्ने हुन्छ। बौद्ध मान्यताअनुसार किराफट्याङ्राले पनि बुद्ध हुनसक्ने गुण राखेको हुन्छ । बुद्ध हुन कुनै निश्चित तोकिएको जातिको मानिस हुनुपर्छ भन्ने छैन।
राग,द्वेष,ईर्ष्या र मोहबाट मुक्त मानिस नै बुद्ध हो। बुद्धको शरणमा गएपछी भने लौकिक देउताको पूजा गर्ने वा शरणमा जानु हुदैन। उपचार वा पूजाको नाममा बलि दिनु हुदैन ।
हिंसा गर्नु हुँदैन।चिन्तनद्वारा पनि हिंसा हुन्छ। अज्ञानता जस्ता
रोगबाट मुक्ति दिलाउने नै बुद्ध हो। उनको दर्शन नै औषधि हो । धेरै बिराम गरेकालाई सही मार्ग निर्देशको लागि सङ्घले सहयोग गर्नुपर्ने हुन्छ। सङ्घमा प्रवेश गरेपछि कुलतमा फसेका का संगत गर्नु हुँदैन। चतुर बह्म विहारलाई बुझ्न सक्नुपर्छ।मैत्री,करुणा,मुदिता र उपेक्षाबारे स्पष्ट हुनसक्नुपर्छ। अरुलाई गाली गर्दैमा आफ्नो भाषा र सन्स्कृतिको जगेर्ना हुँदैन। त्यसैले बौद्ध धर्म मान्ने साथै भाषा र संस्कृतिको संरक्षण सम्बन्धित जाती समुदायकै दायित्व हो। अझै अगाडी,आध्यात्मिक र सामाजिक शत्रु हुने जनाउँदै राग,द्वेष,र मोह आदि आध्यात्मिक साथै बेरोजगारी,अशिक्षा र विभेद आदि सामाजिक शत्रु भएको स्पष्ट पारे। ती शत्रुलाई काट्न हतियार भनेको ज्ञान र शिक्षा रहेको समेत शेर्पाले बताए।

सांसद विदुर सापकोटाले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए।उनले बौद्ध धर्म भनेको बहुजन हितायको सिद्धान्तमा आधारित रहेको बताए। सोही क्रममा गुम्बाको थप निर्माण र व्यवस्थापनको लागि आफु तयार रहेका र सन्स्कृती तथा नागरिक उड्डयन मन्त्रालयबाट सम्बोधन गर्ने गरि आफुहरुले व्यवस्थापन गरेको समेत जनाए।
त्यस्तै गरेर सांसद कोषबाट न्युनतम पाँच लाख उपलब्ध गराउने तथा कोलाँतीको मार्ग निर्माणको लागि तीन लाख बजेट व्यवस्था गराएको जनाउँदै खानेपानीको लागि निवेदन पेश गर्न समेत आह्वान गरेका छन। कार्यक्रममा काभ्रे जिल्लाको स्थानीय विकास अधिकारी टेकराज निरौलाले समेत सम्बोधन गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे। कार्यक्रमको समापन गर्ने क्रममा अध्यक्ष नेमा दोर्जे लामाले आफ्नो हजुरबुबाले २०३२ सालमा शुरु गरेको गुम्बालाई आज यो अवस्थामा स्थापित गराउन सफल भएकोप्रती खुशी व्यक्त गरेका छन।

गत साल गएको भुकम्पका कारण गुम्बाको भवन क्षतिग्रस्त रहेका छ। कतिखेर ढाल्ने हो थाहा छैन।
तसर्थ पुनः निर्माणको जरुरी रहेको गुम्बा व्यवस्थापन समिति लगायत स्थानीयको माग रहेका छ। तथापि हालसम्म यसका लागि खासै सहयोग जुटेको देखिन।


तामाङ बौद्ध महासंघ मलेसिया !!!

Friday, May 13, 2016


                   साभार: धर्मचन्द्र योन्जन तामाङ

परम्पुज्यनिय धर्मगुरु लोसाङ नाम्ग्याल रिम्पोछे ज्युको परमपावन बाहुलीबाट सिङ्गोन सङ्न उर्गेन पेमा छ्योइलिङ गुम्बा सल्ले,भुम्लु - ३ काभ्रेपलान्चोकको-कोशिपारी प्रवेशद्वार उद्घाटन तथा वाङ (आशीर्वाद) प्रदान हुने कार्यक्रम रहेका हुँदा सम्पुर्ण समाजसेवी,शिक्षाक,पत्रकार लगायत सम्पुर्ण बौद्ध धर्मावलम्बी तथा गैर-बौद्ध धर्मावलम्बीहरुलाई सादर निमन्त्रणा गरिन्छ ।

            कार्यक्रम:
मिति: २०७३ जेठ १ गते शनिबार
समय: बिहान ठिक ८:०० बजे
स्थान: भुम्लु,सल्ले-३ काभ्रे

             आयोजक:
सिङ्गोन सङ्न उर्गेन पेमा छ्योइलिङ गुम्बा भुम्लु,सल्ले-३ काभ्रे ।


तामाङ बौद्ध महासंघ मलेसिया !!!
  KHEN RINPOCHE GESHE NYIMA TAMANG

               Copyright : TAMANGUSA.ORG

At the invitation of tamang society of greater Washington  (TSGW) Venerable KHEN RINPOCHE GESHE NYIMA TAMANG Will be in northen Virginia to offer a teaching on "Buddhist philosophy and significance of BUDDHA PURNIMA (SAGA DAWA)"

We are blessed to have a precious and Holy GURU like him in our community to continuously turn the wheel of DHARMA.
You and your family with friends are cordially invited to receive the precious Teaching of DHARMA at below venue.Date and Time:


Venue : Centre villa regional library 14200
               Saint Germain Dr
               Centre villa, va 20121

Date and Time : Sunday, 22 May 2016
                              12:30pm To 2:30pm




Tamang Buddhist Federation Malaysia.


Thursday, May 12, 2016


काठमाडौं,बैशाख २९ गते । यस वर्षको बुद्धजयन्तीका अबसरमा पहिलोपटक हुन लागेको अन्तरास्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
यसअघि बुद्ध जयन्तीको अबसरमा विभिन्न सम्मेलनको आयोजना गरेको भए पनि मुलुकको कार्यकारी प्रमुखको अध्यक्षतामा बौद्ध धर्मसम्बन्धी अन्तरास्ट्रिय प्रतिनिधि र ख्यातिप्राप्त ब्यक्ति नेपालमा बोलाएर ऐतिहासिक सम्मेलन गर्न लागेको यो पहिलो हो।

सरकारले आगामी जेठ ६ र ७ गते अन्तरास्ट्रिय बौद्ध सम्मेलन काठमाडौंमा गर्न गत वर्षदेखि तयारी प्रारम्भ गरेका थियो। सम्मेलनमा रास्ट्रय तथा अन्तरास्ट्रियस्तरका बुद्धधर्म र बुद्ध दर्शनसम्बन्धी नेपाली प्राज्ञिक ब्याक्तित्व,अनुसन्धानकर्ता १८ र बिदेशी ६ वटा गति २४ कार्यपत्र प्रस्तुत हुनेछ।

आगामी जेठ ८ गते २५६० औं बुद्ध जयन्ती लुम्बिनीमा मनाउने तयारी गरेका छ । सो अबसरमा बौद्ध सम्मेलनका लागि देश बिदेशबाट आएका बिशिष्ठ ब्यक्ति र प्राज्ञको उपस्तिथिमा लुम्बिनीमा बौद्ध परम्पराअनुसार विभिन्न धार्मिक अनुष्ठानसहित धुमधामका साथ बुद्ध जयन्ती मनाउने तय भएको छ ।

सम्मेलनका लागि "लुम्बिनी नेपाल: भगवान बुद्धको जन्मस्थाल तथा बुद्ध दर्शनको उग्दन भुमी" भन्ने नारा तय गरिएको छ ।

मन्त्रीपरिषदको गत माघ २० गतेको निर्णय अनुसार प्रधानमन्त्री केपि शर्मा ओलिको अध्यक्षतामा ५०१ सदस्यीय मुल समारोह समिति गठन भएको थियो,सम्मेलन मुल आयोजक संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ।

मन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति गठन भएको छ। सम्मेलन सफल पार्न विभिन्न विषयगत १३ वटा उपसमिति निर्माण गरिएको छ।

सम्मेलन मुल आयोजक समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपि शर्मा ओलिले सिद्धार्थ गौतम बुद्धप्रतीको न्याय, बुद्ध सम्बन्धि भ्रम चिर्ने सम्मेलनको मुख्य उदेश्य रहेको उद्धोष गरिसक्नुभएको छ ।

बुद्ध नेपाल बाहिर जन्मिएको भन्ने भ्रमपुर्ण प्रकाशन अझै केही देशमा पाइने सन्दर्भमा यो सम्मेलनले बुद्ध नेपाल मै जन्मेको हुन भन्ने सन्देश फैलाउनेछ । मन्त्री पोखरेलले परराष्ट्र मन्त्रालय मार्फत बुद्ध नेपालमा नभई अन्य देशमा जन्मिएको भन्ने पुस्तक बाट सच्याउन पहल भइरहेको बताउनु भयो।

सो क्रममा दक्षिण कोरियाले आफ्नो सम्पुर्ण पुस्तकबाट गौतम बुद्ध भारतमा नभई नेपालमा जन्मिएको भनेर सच्याइसकेको जानकारी आएको छ । भने अन्य देशले पनि आफुहरुले सो गम्भीर त्रुटि सच्याउने जनाएका छन।

मन्त्री पोखरेल सम्मेलनले सिद्धार्थ गौतम बुद्धको जन्म र कर्म थलो नेपाल नै भएको र बाँकी अन्य ठाउमा गएर गरेको क्रियाकलाप वा लिला मात्रै हुन भने सम्मेलनले प्रमाणित गर्ने बताउनु हुन्छ।

चिनियाँ रास्ट्रपति र भारतका प्रधानमन्त्रीलाई निमन्त्रणा सम्मेलनका लागि चिनियाँ रास्ट्रपति सि जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि, दक्षिण कोरियाका रास्ट्रपति पार्क गेउन हाई, संयुक्त राष्ट्रसंघ का महासचिव वान कि मुनलाई सरकारले निमन्त्रणा गरिसकेको छ ।

त्यस्तै,श्रीलंकाका प्रधानमन्त्री नरिल विक्रमेसिङ्घे भारतको बिहार मुख्यमन्त्री नितीश कुमार,उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव,पश्चिम बङ्गालको मुख्यमन्त्री ममता बनर्जी, त्रिपूराको मुख्यमन्त्री मानिक सरकार, सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ लाई निमन्त्रणा गरीएको छ ।

साथै १३ देशका सन्कृती, तथा धार्मिक मामिला मन्त्री लाई निमन्त्रणा गरिएको छ।
श्रीलंका, म्यान्मार ,थाइल्यान्ड ,भारत ,भुटान ,दक्षिण कोरिया ,लाओस ,मङ्गोलिया र इजरायलका सम्बन्धित मन्त्रीलाई निमन्त्रणा गएको छ ।

त्यसतै, बौद्ध धर्मसम्बन्धी २३ देशका संघसंस्था नेपाल आउँदै छन। संयुक्त राज्य अमेरिका,बेलायत,श्रीलंका,म्यान्मार,थाइल्यान्ड,भारत,चीन,
भियतनाम,कम्बोडिया,जापान,भुटान,दक्षिण कोरिया,लाओस,मङ्गोलिया,सिङ्गापुर,इन्डोनेशिया,मलेसिया,
बाङ्लादेश,रुस,जर्मनी,फ्रान्स,अस्ट्रेलिया,क्यानडा रहेका छन।

सम्मेलनका लागि हालसम्म २१ देशका ९२ सरकारीस्तर र अन्य प्रतिनिधिको सहभागीता हुने तय भइसकेको सम्मेलन मुल आयोजक समारोह समितिका सदस्य-सचिव बच्चुनारायण श्रेष्ठले जानकारी दिनुभयो । रासस
                     Sundor Yonjan

दोलखा जिल्लाको उत्तरी ब्यापारीक केन्द्र सिंगटी बजारमा बैशाख २८ र २९ गते तामाङ बौद्ध महासंघ नेपालको आयोजना र अवतरी धर्मगुरु Losang Namgyal Rimpoche ज्युको प्रमुख आतिथ्यतामा महायज्ञ तथा बिश्व शान्ति पुजा कार्यक्रम भब्यरुपमा सम्पन्न भयो।

तन मन र धनले सहयोग गर्नु हुने सम्पुर्ण मित्रहरुलाई हार्दिक धन्यवाद।

संयोजक :- सुन्दर योन्जन
महासचिव :- तामाङ बौद्ध महासंघ नेपाल ।













तामाङ बौद्ध महासंघ मलेसिया !!!

Letest Video

Popular Posts