Thursday, June 9, 2016

 

लेखक:-लामा थुप्तेन योञ्जन तामाङ

ॐ नाङ्सिद नाम्दाग राङ्शिन ल्हुन्डुपे।
टाशी छ्योग्च्युइ शिना श्युग्पा यी।
साङ्गे छ्योइदाङ घेदुन फाग्पे छोग।
कुन्ला छ्याग्छाल दाम्च्या टाशी श्योग।
डोन्मे ग्याल्पो चाल्तेन दोन्डुब गोङ।
ज्याम्पे ग्येन्पाल घेडाग पाल्दाम पा।
कुन्ला गोङ्पा ग्याछेर डाग्पा चेन।
ल्हुन्पो तार्फाग चाल्डाग पाल्दाङ नि।
सेम्चेन थाम्चे लागोड डाग्पे पाल।
यिद्छिम ज्येपा चाल्राब डाग्पाल ते।
छेन्चाम थोइपे टाशी पाल्फेल वा।
देवार शेग्पा ग्येद्ला छ्याग्छाल्लो।
ज्याम्पाल श्योनु पाल्देन दोर्जे जिन।
चेनरे शिग्वाल गोन्पो ज्याम्पे पाल।
सायी ञिङ्पो डिब्पा नाम्पार सेल।
नाम्खाइ ञिङ्पो पाग्छ्योग कुन्तु शाङ।
उत्पाल दोर्जे पेकार लुशिङ दाङ।
नोर्बु धावा राल्डी ञिमा यी।
छ्याग्छेन लेग्नाम टाशी पाल्गी छ्योग।
ज्याङ्छ्युब सेम्पा ग्येला छ्याग्छाल्लो।
रिन्छेन दुग्छ्योग टाशी सेर्गी ञा।
दोइज्युङ बुम्साङ यिदहोङ कमा ला।
ञेन्डाग दुङ्दङ फुन्छोग पाल्बे हु।
मिनुब ग्याल्छेन वाङ्ग्युर खोर्लो ते।
रिन्छेन ताग्छ्योग ग्येयी छ्याग्छेन चेन।
छ्योग्दुइ ग्याल्वा छ्योइचिङ गेकेद मा।
घेसोग ङोवो डेन्पे पाल्देन वाइ।
टाशी ल्हामो  ग्याला छ्याग्छाल्लो।
छाङ्पा छेन्पो देज्युङ सेमेद बु।
मिग्तोङ देन्दाङ ग्याल्पो युल्खोर सङ।
फाग्के पोदाङ लुवाङ मिग्मी शाङ।
नाम्थोइ सेते ल्हाजे खोर्लो दाङ।
त्रिशूल लादाङ दुङ्थुङ दोर्जे चेन।
पिवाङ राल्डी छ्योतेन ग्याल्छेन जिन।
सासुम नेसु घेलेग टाशी पेल।
जिग्तेन क्योङ्वा ग्येला छ्याग्छाल्लो।
दाग्च्याग देङ्दिर ज्यावा चोम्पा ला।
घेदाङ ञेबार छेवा कुन्शी ने।
दोइदोन पाल्फेल साम्दोन यिद्शिन डुब।
टाशी देलेग सासुम नेसु घेलेग टाशी पेल।
जिग्तेन क्योङ्वा ग्येला छ्याग्छाल्लो।
दाग्च्याग देङ्दिर ज्वावा चोम्पा ला।
घेदाङ ञेबार छेवा छेवा कुन्शी ने।
दोइदोन पाल्फेल साम्दोन यिद्शिन डुब।
टाशी देलेग फुन्सुम छोग्पार सहयोग।।।





तामाङ बौद्ध महासंघ मलेसिया !!!


Wednesday, June 8, 2016

             
               लेखक:- लामा थुप्तेन योञ्जन तामाङ

बौद्ध धर्मअनुसार मरेका प्राणीहरुको उद्धारको निमित्त गरिने देछेन मोन्लाम !!!

ॐ मणि पद्मे हुँ ह्री.............१०८


ए म हो! ङोछार साङ्गे नाङ्वा थाये दाङ।
येसु जोवो थुग्जे छेन्पो दाङ।
योन्दु सेम्पा थुछेन थोब्नाम ला।
साङ्गे ज्याङ्सेम पाग्मेद खोर्गी कोर।
केदि ङोछार पाग्तु मेद्पा यी।
देवा च्येन्शे ज्यावाइ शिङ्खाम देर।
दाग्श्यन दिने छेफोइ ग्युर्मा थाग।
केवा शेनगि बार्मा छ्योइपा रु।
देरु केने नाङ्थाइ श्याल्थोङ श्योग।
देके दाग्गी मोन्लाम तब्पा यी।
छ्योग्च्युइ साङ्गे ज्याङ्सेम थाम्छे कि।
घेमेद डुबर झिनगि लाब्तु सोल।
तयथा पन्चा डिया आवा बोद्ध नि स्वाहा।।
छ्योग्दुइ ग्याल्वा सेचे गोङ।
छ्योग्ञी जोग्ला जेयी राङ।
दाग्गी दुइसुम घेसाग पा।
कोन्छ्योग सुम्ला छ्यिपा बुल।
ग्याल्वाइ तेम्पा फेल्ग्युर चिग।
घेवे सेम्चेन कुन्ला ङो।
डोकुन साङ्गे य्होब्ग्युए चिग।
घेचा थाम्चे चिग्दुइ ते।
दाग्गी ग्युला मिङ्युर चिग।
डिब्ञी दाग्ने छोग्तोग ते।
छेरिङ नेमेद ञाम्तोग फेल।
छेदिर साच्यु नोङ्युर चिग।
नाम्शिल छेफोइ ग्युर्मा थाग।
देवा च्येन्दु केग्युर चिग।
केने पेमा खाछे ते।
लुइतेन देला साङ्गे श्योग।
ज्याङ्छ्युब थोब्ने जिसिन दु।
टुल्पे डोवा डेन्पार श्योग ।।।



तामाङ बौद्ध महासंघ मलेसिया!!!


               लेखक:- लामा थुप्तेन योञ्जन तामाङ

बुद्धिस्ट धर्म अनुसार हरेक महीनामा विभिन्न शुभ तिथिहरु  हुन्छन् ।जस्तै बुद्धिस्ट महीनाको
८औं  तिथि (छेप ग्ये) अष्ठमी।
१०औं तिथि (छेप च्यु) दशमी ।
१५औं तिथि (छेप च्योङ्ङ) पुर्णिामा ।
२५औं तिथि (छेप ञेरङा) दशमी । र
३०औं तिथि (नाम्खाङ) औंसी पर्दछ।

गुरु रिम्पोछेको वास्तविक तिथि चाहिँ बुद्धिस्टओ छैटौं महीनाको १० औं तिथि हो। र हरेक महीनाको १०औं  तिथिलाई गुरु रिन्पोछे तिथि मानिन्छ। त्यसैगरी बुद्धिस्टको २ महीना अर्थात धावा ञिपा छेप च्यु, १०औं तिथि तदअनुसार 18 मार्च 2016 शुक्रबारको दिन गुरु रिन्पोछेको तिथि थियो।

बुद्धको अन्तिम निर्वना भएको बेला साफ्नै चेला हरु सबै बोलाउनु भएर चेला हरुलाई आज म यो संसार छोडेर जादै छु भन्नू भयो।र सबै शिक्षा हरुले अब बुद्ध हामी संग नरहने भयो भनेर चिन्ता गर्नु थाल्यो त्यसपछि भन्नू भयो तिमीहरु चिन्ता नगर्नु म ( उगेन ह्युल ) धाना कोशी भन्ने ठाउमा ठुलो पोखरीको बीचमा कमलको फुल माथी ८ वर्षओ बालकको रूपमा जन्म लिन्छु,वहाँ लाई मान्नु भन्नू भयो । वहाँ मेरो औतारको रूपमा आउनु हुनेछ।म जस्तै शान्त स्वरुपको हुँदैन। अलि फरक रुपको हुन्छ र वहाँमा सम्पुर्ण ज्ञानले भरिपुर्ण भएको महा शक्ति र अमर हुनेछ। उहाँ सबै बुद्धको स्वरुप एकै रूपमा भएको र तिनै कालको बुद्ध वहाँ गुरु रिन्पोछे हुनुहुन्छ।
गुरु रिन्पोछे ८ वटा ठुलो सिंहले उचालेको रत्नमणीको गद्दीमा विभिन्न किसिमको कमलको फुल र सुर्य चन्द्रको आसनमा तीनकलको सम्पुर्ण बुद्धहरु एकीकृत स्वभावको,असमानकरुणाका निधि श्रीमान मुल लामागुरु महाबज्रधरको रूपमा बसिरहेका,वर्ण सेतोमा रातो ओज लागेको एक कुख मण्डल र दुईहात राजाको गम्भीर मुद्रामा बस्नुभएको दायाँहातमा पञ्चाग्र बज्र संतर्जित मच्चाइरहेको भावमा धारण गरेको,उहाँले एक भटक योगि को खटम भनिने विशेष त्रिशूल बोक्नु भएको। शरीरमा श्हबेर लामो लामो बाहुला भएको भोटो,धर्मवस्त्र र फोका नामक नृत्यवस्त्र लगाउनु भएको,शिरमा प्यश्व पद्मकारको टोपी लगाउनु भएको छ।

गुरु रिन्पोछेको ८ प्रकारका रुप ज्योती विभिन्न ठाँउ परिस्थिति अनुसार क्रोध वा शान्त रूपमा आफ्नो अस्तित्व विभिन्न पक्षहरुलाई प्रतिनिधित्व गर्नु भएको छ । रिग्पा शेड्र अनुसार ८ प्रमुख प्रकारका आफ्नो जीवनमा विभिन्न अंक मा गुरु रिन्पोछे द्वारा ग्रहण गरेका थिए । गुरु रिम्पोछे को ८ रुप ज्योती विभिन्न गुरु रिम्पोछे को चित्रण छैन,तर विभिन्न आवश्यकता र माग अनुसार देखि पर्न आफ्मो क्षमता प्रतिबिम्बित गर्नु भएको हो। ८ रुपलाई तिब्बतीमा गुरु छेन्ग्ये भनिन्छ । गुरु को मन्त्र हो

ॐ अ हुँ बज्र गुरु पद्म सिद्धी हुँ।

गुरु छेन्ग्ये, ८ गुरुको नाम हुन:-
१) गुरु पद्म ज्युङ्ने।
२)गुरु उर्गेन दोर्जे छ्याङ ।
३) गुरु शाक्य सेङ्गे ।
४) गुरु पद्म ग्याल्पो ।
५) गुरु लोदेन छोग्जे।
६) गुरु ङिमा होइसेर ।
७) गुरु दोर्जे ड्रोलो ।
८) गुरु सेङ्गे ड्राडोगबहुन।

गुरु पद्म ज्युङ्ने :-

कमलको फुलमा जन्म भएको उहाँ एक कमलाको फुल माथी बसिरहनु भएको, त्यो चिसो विरुद्ध सुरक्षा रूपमा,निलो वस्त्र शवेर र भारी तिब्बती जुता पहनता जो अन्तर्गत एक भिक्षु ,तीन राज वस्त्र लगाउनु भएको। उहाँ दयालु प्रेम को दाहिने हातमा हिरा-मण्डाले र योगि स्पष्ट बुद्धि आफ्नो बायाँ हातमा महा शक्ति भएको जल अ्मृत भएको खोपडी धारणा गर्नु भएको। उहाँले एक भटक योगि को खटम भनिने विशेष त्रिशूल बोक्नु भएको। र उनको टाउको एक नेपाली कपडा मुकुट,शैली एक कमल फुल को आकार को एक स्मरण गराउन डिजाइन मा टोपी लगाउनु भएको ।त्यस बेला ''गुरु पद्म सम्भावा '' रुप धारणा गर्नु भएको हो।

गुरु उर्गेन दोर्जे छाङ:-
सम्भोग काया को पोशाक मा रंग मा गाढा निलो रुप देख्नु भएको छ। युम खाडोसंग अङ्गलोमा बाधिएको संघ मा चित्रण गरिएको। त्यस बेला ''गुरु दोर्जे छाङ'' को रुप धारणा गर्नु भएको हो।

गुरु शाक्य सेङ्गे:-

उहाँ ८ बिद्ध्याधारा को तान्त्रिक अभ्यासहरु सिकिसक्नु भएको,बोध गाया को साक्या को सिंहमा । उहाँ ले एक पुर्ण नियुक्त बौद्ध भिक्षु रूपमा आफ्नो रुप देखाउनु भएको छ।त्यस बेला ''गुरु शाक्य सेङ्गे'' को रुप धारणा गर्नु भएको हो।

उडियन को गुरु पद्म ग्याल्पो:-   
उहाँ कमल फुल माथी त्रीपिटक (धर्मशास्त्रको तीन संग्रह) को राजा रुपमा बस्नु भएको । उहाँले एक जवान पहनाया राजकुमार वा राजा जस्तै देख देखाउनु भएको छ। त्यस बेला '' गुरु पद्म ग्याल्पो'' को रुप धारणा गर्नु भएको हो।

कश्मिर को गुरु लोदेन छोग्जे:-
उहाँ इमानदार युवा जस्तै,सबै दुनिया को ज्ञान बटोरता गर्ने एक महान रूपमा बस्नु भएको। उहाँले एक हात-ड्रमरु पिटाइ र एक हात खोपडी -कचौरा समातेर,राज कुमार लुगामा देखाउनु भएको छ। त्यस बेला '' गुरु लोदेन छोग्जे'' को रूप धारणा गर्नु भएको हो।                                                                  

गुरु ङिमा होइसेर:-
जोग्छेन को सूक्ष्म मार्फत मन को अन्धकार उज्यालो गर्ने गुरु ङिमा होइसेर को घामको ज्योती योगि रूपमा बस्नु भएको उहाँ ले एक खटम सुर्य तिर अंक जो पकड एक कमर कपडा मात्र र लुगा एक नग्न योगि रूपमा देखाउनु भएको छ। त्यस बेला '' गुरु ङिमा होइसेर '' को रुप धारणा गर्नु भएको हो।

गुरु दोर्जे ड्रोलो:-
बज्रकिलय (उग्र बज्रस्वत्त्व) को घोर प्रकटिकरण '' हिरा हावाको झोका रूपमा '' सबै को सान्त्वनादाता,बुद्धि - खजाना संग तत्व कैद गरि बस्नु भएको रूपमा चिनिन्छ । त्यस बेला '' गुरु दोर्जे ड्रोलो'' को रुप धारणा गर्नु भएको हो।

गुरु सेङ्गे ड्रदोग:-
नालन्दा विश्वविद्यालय को गुरु सेङ्गे ड्रदोग बहस को सिंह ,प्राणी जगतको मुलुकभर धर्म को प्रचार गर्नु भएको । उहाँले एक हातमा एक डण्डाले र अन्य एक बिच्छी समात्नु भएको ,एक धेरै भयंकर रुप,गाढा निलो र शक्तिशाली बोद्धिस्वत्त्व बज्रपानी को आकारको रुप देखाउनु भएको छ।त्यस बेला '' गुरु सेङ्गे ड्रडोग '' को रुप धारणा गर्नु भएको हो।

गुरु रिन्पोछे दोस्रो बुद्ध मानिन्छ । उहाँ सबै बुद्धको स्वरुप एकै रूपमा भएको ,र तिनै कालको बुद्ध वहाँ गुरु रिम्पोछे हुनुहुन्छ। उहाँ मा मन्जुश्रीको ज्ञान,आयुको ज्ञान,बैद्द्यको ज्ञान, धन लक्ष्मीको ज्ञान,शक्ति को ज्ञान, दया करुणा प्राणिहरु उद्धारको ज्ञान, देविहरुको ज्ञान इत्यादी सबै बुद्धको ज्ञान उहाँमा भएको महा गुरु रिन्पोछे हो।उहाँ निर्वाण हुनु भएको छैन उहाँ अहिले (सिम्पोइ ह्युल) राक्षस को देशमा हुनुहुन्छ । हामी ले गुरु रिम्पोछेको बन्दना,पूजापाठ,मन्त्र जप गर्नुभएमा हामिमा आइपर्ने विभिन्न बाधाबिग्न,दिन दश हटेर जानेछ। मनले चोताएको पूरा हुने, आयु लामो हुने, धन सम्पत्ति को अभाव नहुने, र हामी सबैको।जीवन रक्षा हुनेछ।गुरुले भन्नु भएको छ कि जस्ले भक्ति र बिश्वासको साथ मेरो बन्दना मन्त्र गुन गुनाउछौँ,उस्कै शिरमा म सधैं हुनेछु भनुभएको छ। त्यसैले गुरु रिन्पोछेको बन्दना र जप जति सक्नु हुन्छ त्यति गर्नुहोस!!!
थुजेछे!!!

ॐ अ हुँ बज्र गुरु पद्म सिद्धि हुँ !!!

Monday, June 6, 2016


         
          Koshis Lobsang W. Tamang

रामेछाप स्थित श्री पशुपति उ.मा.बि हिलेदेवी-६ रामेछापका बिद्यालय मा तामाङ बौद्ध महासंघ रामेछाप इकाई समितिका अध्यक्ष Koshis Lobsang W. Tamang ज्यु द्वारा सम्भोटा लिपिको कक्षा संचालन गरिएको छ।
उक्त कक्षा/शिक्षा बारे संचालनमा ल्याउन उहाँ आफै लगिरहनु भएका छन।


यसैगरी अब हरेक गाउँ-गाउँका गुम्बा एवम् बिद्यालयमा तामाङहरुले सम्भोटा लिपि बारे अध्ययन गर्न र गरौंनु तपाई हामीले पहल गर्न आवश्यक देखिन्छ।
तसर्थ प्रतेक तामाङ गाउँ बस्तीका बिद्यालय मा सम्भोटा लिपि बारे बुझाउनु सकियो भने हामीले हाम्रो बौद्ध धर्म भित्रका संस्कार,संस्कृति बारे विकास गर्न सकिन्छ र हामी हरेक क्षेत्रमा सकारात्मक ढंगले शिक्षा लिन र दिन सकिनेछौ।


        तामाङ बौद्ध महासंघ मलेसिया !!!

Saturday, June 4, 2016

 
                 लेखक:-छिरिङ लामा(तामाङ)
साभार:-samadesh.com

आज हामी चौरासी लाख प्राणीहरु मध्य अठार लक्षणलेयुक्त सर्वश्रेष्ठ मानव जीवन प्राप्त भएको हाम्रो शास्त्रले प्रास्ट्याएको छ। यो अमुल्य जीवन पाएर आज कुशल मार्गको चिन्तन मनन र त्रीरत्न प्रती शरण गमन गर्न सकिएन भने पछि बिउ बिनाको फलको आश कसरी गर्ने ? आज दु:ख लाग्दो कुरा के देखा परेको छ भने लामा (छेढोग)र जजमान (जिन्धाग)हरुमा धर्मको बिषयलाई लिएर साधारण ज्ञानको बोध हुन सकेको छैन।

खासगरी हाम्रो पुर्खाहरुले आफ्नो धर्म भित्रको सार अर्थ नबुझेर अन्य धर्मको देखासेखी गरेर मृतक कार्यहरुमा पनि लासलाई सिन्दुरले पहिरिने र लासको अघि-अघि,खुकुरी देखाउदै लाने,मृतकको नाम गरेर नुन तेल बार्ने,केश खौरने,छोपो ओढ्ने,माना चामल तर्पिने,घेवा नसकुन्जेल कुखुराको मासु,माछा,आमाको मृत्युमा दुध,बुबाको मृत्युमा मृगाको मासु आदि बार्ने,काँशको थाल-बटुकामा नखाने,छालाको जुत्ता - चप्पल नलगाउने,खाट-राडी-आसनिमा नबस्ने,गहना फुकाली त्याग्नु पर्ने,चुल्ठो नबाट्ने,लुगा उल्टो लगाउने,गुद्री समेत उल्टा ओछ्याउने,खतुकी (शोकमा परेका व्यक्ति)ले अरुसंग नबोल्ने,खतुकीलाई अरुले छुन नहुने,दोमासे बोर्ने,दागबत्ती दिने,आफन्तले आगो दिने,श्रावणमा धर्म नगर्ने,मृतकको नाममा जिव हत्या गर्ने,यस्ता चलनहरु हाम्रो महायान बुद्धिस्ट भित्र नपर्ने हुनाले यस्ता चलनहरु देखि अलग रहनु अति आवश्यक छ।
यस्ता चलनहरु नछोडेसम्म हामी र हाम्रो बुद्धमार्गी बुद्धिस्ट सन्तानहरु धर्मबाट अत्यन्तै टाढा हुने छौँ। जबसम्म यस्ता चलनहरु छोड्न सक्दैन तब सम्म हामिलाइ हाम्रा गुरुजनहरुले अगाल्ने छैनन र हामिले जतिनै धर्म प्रचार गरेता पनि पानीले भिजेको सलेदोमा आगो सल्काए जस्तो हुनेछ । खोलाको बगरमा स्याउ रोपे जस्तो हुनेछ । यस किसिमको अहितका चलनहरुबाट अलग्ग भइ शुद्ध रहनु पर्नेछ।
हामीहरुमा बारम्बार भोगिरहेको भन्दा हर्षको सिमा रहदैन र हाम्रो हृदयमा अहंकार उत्पन्न हुन्छ। त्यस अहंकारले सताइए पछि शोक सुर्तासंग अलग गराउछ र मृतक आत्मालाई दु:ख देखि छुटाउने पुण्य संचय गर्ने काम देखि छुटाउछ। त्यस्ता चिजहरुलाई तीन वर्ष नभए पनि वर्ष दिन सम्म त्याग्नु पर्छ।

वास्तवमा मृत्यु संस्कारमा पालन गर्नु पर्ने कुराहरु तल दिएको छ:

१)नयाँ लुगा नफेर्ने
२)धार्मिक पर्व बाहेक जातीय पर्व नमनाउने 
३)पाटी नखाने
४)गीत नगाउने
५)ननाच्ने
६)पहिले लगाएको भन्दा थपेर गहना नलगाउने र धूम्रपान,मद-मदिराबाट अलग्ग रहने मृतकको नाममा धर्मिक मार्यमा होसियार साथ लगिरहनु पर्ने। यतिमात्र गर्न सके दु:खको समयमा अचानक उत्पन्न हुने अहंकारको निर्मुल हुनेछ अनि विनम्र भई धार्मिक कार्य गर्न सजिलो हुनेछ। बुद्ध धर्म भनेको अहिंसा परम धर्म हो। बुद्ध धर्मले सबै धर्मसंग धार्मिक सहिष्णुता राख्दछ।

मृतकको नाममा गर्नु पर्ने कामहरु:-

१)मर्ने समयमा बर्दो पाठ गराउने पर्नेछ कारण मरणको दु:खदेखि,मुक्त गराउनलाई 
२)होम यज्ञ वा लाश जलाउने ठाँउ खाल्डो भन्दा चौका उठाइ जलाईए उचित हुनेछ। अस्तु छुट्याएर अरु खरानी र हड्डी चोखो ठाँउमा सेलाउनु पर्नेछ। यदि सिद्धि पुरुषको हड्डी खरानी हो भने पानीको मुल्कोमा बगाउँदा उचित हुन्छ।अरुको यस्तो गर्न मिल्दैन।
३)आफन्तले आगो दिनु हुँदैन। कारण दु:ख माथि दु:ख थपेर बिराठ बन्नेछ। मृतकको आत्माले दु:ख देखि छुटकारा पाउन असमर्थ हुनेछ।
४)बिरन्तरी मानिस वा लामाद्वारा आगो दिनु पर्नेछ।लामाद्वारा आगो दिए पहिले भएको दु:ख देखि मुक्त हुने आशीर्वाद पाउनेछ।
५)लाश जलाईएको कोइला खरानी माथी पूजास्थान (माने छ्योर्तेन)बनाउन मनाही छ। किनकी खरानी हड्डी माथि पुजास्थान बनाई पूजा परिक्रमादी गरे मृतक आत्मालाई दु:खको बोझ बढेर बिराठ बन्नेछ र मुक्त हुने मौका पाउदैन भन्ने बिश्वास छ । माने छ्योर्तेन बनाउदा चोखो ठाँउमा बनाई मन्त्र (सुङ) मात्र लगाई बनाउने र हड्डी खरानी अस्तु नलगाउने।त्यसो गरे सबै प्राणिले पुण्य सन्चाय गर्ने धर्मस्थल बन्नेछ।त्यस्को पुण्यले मृतकको आत्माले सुखवती क्षेत्रमा बास लिन सक्नेछ भन्ने बिश्वास रहिआएको छ।
यसरी संसारिक चलन र धार्मिक चलनमा आकाश र पातालको फरक पर्नेछ। त्यसकारण लोक कीर्तिमा फसेर यो अमुल्य जीवन तथा समय बिताउनु त बहुमुल्य रत्न मणि हिलोमा मिल्काए सम्मानको नोक्सान हुने कुरालाई बुझी दिए आजको युगमा धर्मको सामु मानव जीवन प्राप्त गरेको ठुलो महत्त्व रहने थियो। सधैनै परोपकारीको भावनाद्वारा परामितालाई अपनाई दु:खी प्रा‍णीको  हित गरे अमुल्य पुण्य संचाय गर्ने खानी फेला पर्ने थियो ।

अन्त्यमा:
सबै सज्जन महानुभावहरुमा प्राणीको हित गरि धर्मको सेवा दृढ संकल्प गरौं भन्ने हार्दिक अनुरोध गर्न चाहन्छु।


          तामाङ बौद्ध महासंघ मलेसिया !!!

 
 
          लेखक:-धर्मचन्द्र योञ्जन तामाङ

परिभाषा:
तामाङ भाषामा विवाहलाई ब्रेल्वो अथवा ब्रेलसाङ भनिन्छ।
विवाह दुई व्यक्ति (पुरुष र महिला)का बीचको सम्झौता हो।श्रीमान र श्रीमतीका बीचमा जिन्दगीभर संगै जिउने र संगै मर्ने शर्तनामा सहित मनाइने एउटा उत्सव जस्ले कानुनी सम्बन्धलाई स्थापित गर्दछ,त्यही स्थापित कानुनी सम्बन्धलाई ब्रेलसाङ(विवाह)भनिन्छ।
विवाहका सम्बन्धमा सबैले आ-आफ्नो तरिकाले व्याख्या विश्लेषण गरेको पाइन्छ।
How to choose A suitable life partner.
उपन्यासमा विवाहको सम्बन्धमा यसरी लेखिएको छ; ''Marriage is a very important tool for human beings to live a balanced life and have a systematic society.''
मानवका लागि एउटा सन्तुलित जीवन जिउन र सामाजिक प्रक्रिया जान्नका निमित्त आवश्यक एवम् महत्त्वपूर्ण चीज नै विवाह हो।

विवाहको सम्बन्धमा Oxford Advance Learner's Distionnary यस्तो लेख्छ:-
Marriage is the legal relationship between husband and wife.and the ceremony in which two people become husband and wifi. श्रीमान र श्रीमती बीचको कानुनी सम्बन्ध विवाह हो र दुई व्यक्ति (पुरुष र महिला) जुन समारोहमा श्रीमान र श्रीमती हुन्छन् त्यो नै विवाह हो।

एउटा पुरुष र एउटी महिलालाई एउटा विषेश प्रकारको सामाजिक एवम् कानुनी प्रक्रियाद्वारा एकैठाँउमा उभ्याउने पद्धतिलाई नै विवाह भनिन्छ,जसले समाजको विकास निर्माण देखि लिएर थुप्रै उद्देश्यहरु परिपुर्ति गर्न सहयोग गर्दछ। खैर जे होस विवाह एउटा जीवन पद्धतिको एउटा अत्यावश्यक पाटो हो।

तामाङ समुदायमा विवाह आफ्नै धर्म एवम् संस्कृति अनुसार गरिन्छ। तामाङ जातिको आफ्नै किसिमको वैवाहिक संस्कार छ।तामाङ समुदायमा तामाङ ह्रिमठीम (संस्कृति) अनुसारको कुटुम्ब मिल्ने थरहरुका बीचमा मात्रै विवाह हुन्छ।

प्रकार:
तामाङ जाति भित्र प्रायः विवाह २ भागमा विभाजन गरिएको पाइन्छ।

१.मागी विवाह:
तामाङ जातिमा कुटुम्ब मिल्ने केटा पक्षबाट कुटुम्ब मिल्ने केटी पक्ष समक्ष तामाङ सन्स्कृति अनरुप विधिसम्मत तरिकाले केटि मागेर गरिने विवाह नै मागी विवाह हो। तामाङ जातिमा मागी विवाहलाई सबैभन्दा राम्रो मानिन्छ।

२.भागी विवाह:
केटा र केटीको एकआपसमा मन मिलेको तर अभिभावक र समाजले स्वीकार नगरेको अवस्था केटाकेटी भागेर गरिने विवाहलाई भागी विवाह भनिन्छ। यसलाई प्रेम विवाह पनि भन्न सकिन्छ।

संस्कृति:
तामाङ जातिमा आफ्नै मौलिक वैवाहिक संस्कार रहेको छ। तामाङ लोकबाजा डम्फु बजाएर तामाङ लोकसन्स्कृतिको मुर्धन्य संगीत तामाङ सेलोको तालमा वैवाहिक कार्यक्रम सम्पन्न गर्नु तामाङ संस्कृति र जातीय पहिचानको गौरवमय परिचय हो।उक्त विवाह समारोहमा दाम्पत्य जीवन सुखद एवम् सफल होस भनेर लामागुरुहरुलाई अनिवार्यरूपमा टाशी-घेपा र टाशी-चेक्पा अर्थात शुभ मोन्लाम पाठ गर्न लगाउनुपर्छ।

तामाङ संस्कृतिको मौलिक पक्षहरुको खोजी गरेर हेर्ने हो भने तामाङ चेलीको ह्रुई(थर)परिवर्तन हुदैन। जस्तो योञ्जन वंशकि चेलीको विवाह घिसिङको छोरासंग भयो तापनी उनी घिसिङ कदापि हुदिनन्।

आफ्नो छोरिचेली कुटुम्बलाई सुम्पने बेलामा तपसिलका ४ प्रकारका वस्तुहरु साक्षी राख्ने गरिन्छ ।
१.विवाह हुने स्थानका अलौकिक ज्योहो-ज्योमो(देवी देवता) हरु,
२.हिमालमा हुने डाँफे अनि तराईमा पाइने मयुरको प्रतिकस्वरुप कुखुराको भाले,
३.नदिमा पाइने गोही र कछुवा आदिको सम्झनास्वरुप जिउँदो माछा र
४.विवाह स्थलमा भएका सम्पुर्ण सज्जन महानुभावहरु।
यिनै ४ प्रकारका साक्षीहरुको रोहवरमा मात्रै तामाङ जातिले आफ्नो छोरिचेली कुटुम्बलाई जिम्मा लगाउछ। यहि तामाङ संस्कृतिलाई तामाङ जातिमा छोङ्खोर,घासा वा चारदाम भनिन्छ। यहि चारदाम गर्ने समयमा तामाङ जातिको ताम्बाले हाम्रो छोरिबेटी तपाई कुटुम्बलाई सुम्पिए तापनि हाम्रो ह्रुइ अर्थात थर चाहिँ हजुरहरुलाई सुम्पेको छैनौं भनी माइतीकै थर रहने कुरा बताउँछ ,तसर्थ यहि कारणले तामाङ चेलीको थर परिवर्तन हुँदैन।

चारदामको समयमा ताम्बा र गान्बाले भन्ने तामाङ लोकशैलीको प्रस्तुतिकरण काल्पनिक रुपले नेपाली भाषामै राख्ने जमर्को गरेको छु।

यो सन्देश यस गाउँका अलौकिक ज्यहोज्योमो(देवीदेवता) लगायत सजिब रुपमा रहेको यस भेगका हिमाल पर्वतका डाँफे र समथर तराईका घना जंगलका मयुर अनि मुनाल चराले सुनोस भनी प्रतिनिधिका रूपमा सञ्चारसंबाहक परेवा वा सुनपङ्खी कुखुराको भाले राखिएको छ। नदीनालामा रमाउने जलचरहरु माछा,गोही र कछुवा आदिले थाहा पाओस् भनी प्रतिनिधिका रुपमा माछालाई ल्याएको छौं भने यस विवाह मण्डपमा विराजमान सम्पुर्ण सज्जनवृन्दहरुलाई साक्षी राखी आजको मितिमा ..........जिम्मा लगाएका छौं। पाले पुण्य मारे पाप भनेर हामिले हाम्री चेली दिएका छैनौं,हाम्री चेली तपाई....रेम्बोर्छेको जीवनसाथी अथवा पत्नीको रुपमा रहेता पनि थर भने जीवनपर्यन्त रहिरहने छ।

यसरी विधिवत तरिकाले समारोह अन्त्य भैसके पश्चात्  ती साक्षीको रूपमा ल्याइएको डाँफे र मुनाल पंक्षीको प्रतिनिधि परेवा वा कुखुराको भाले,गोही र कछुवाको प्रतिनिधि माछालाई आ-आफ्नो ठाँउमा जिउँदै छोडिदिनु पर्दछ अनि मात्रै दुलहा-दुलहीको दाम्पत्य जीवन सुखमय हुनेछ भनिन्छ।

धर्मचन्द्र योञ्जन तामाङ
फलाँटे -४ जुरेडाँडा,काभ्रेपलान्चोक ।

Wednesday, June 1, 2016


            लेखक:- धर्मचन्द्र योञ्जन तामाङ ।

मानव सभ्यताको विकास क्रमसंगै विभिन्न जातजातिका रूपमा मानिसहरु विभाजित हुने कार्य पनि शुरु भयो। ती विभिन्न जातिहरुमा तामाङ पनि एक हो।तामाङ पहिचान सहितको सभ्यता विकसित हुने क्रममा नै तामाङ थरहरुको पनि सिर्जना भएको हो।यसरी विभिन्न तामाङ थरहरु सिर्जित हुने क्रममा योञ्जन थर पनि अस्तित्वमा आयो।

विभिन्न तामाङ थरहरुको उत्पत्तिसंगै योञ्जन थरको पनि उत्पत्ति भयो। यसरी उत्पत्ति भएको योञ्जन थरलाई तामाङ सभ्यताको चिनारी दिने विभिन्न ग्रन्थहरुमा लिपिबद्ध गरिएको पाइन्छ । सम्भोटा (तिब्बती) लिपिमा लिपिबद्ध हस्तलिखित ग्रन्थहरु ह्रुइसाङ च्योप्गे,सेदाङ,दोङ-ह्राप आदिमा योञ्जन थरको वर्णन गरिएको छ।
यहाँ तामाङ वंशावलीको ह्रुइसाङ च्योपगेला दोङ-ह्रापमा योञ्जनलाई पाँच पुर्खा (खेङा) मध्येको एक पुर्खाको रूपमा वर्णन गरिएको छ। पाँच पुर्खाहरुमा योञ्जन,मोक्तान,घिसिङ,बल र ब्रोक्चन पर्दछ। पाँच पुर्खा (खेङा) को वृतान्त वर्णनमा योञ्जनको बारेमा यसरी वर्णन गरिएको छ:
योञ्जन रेम्बोर्छेला म्हेमेला छान, म्हेमे हुङ्गा ग्याल्बो दहाङ्दो बाबना, नाक्पो च्यागी गोन्बोला बाब, ला तेन्मामी लामा कोनज्योतेन,ताकपा ङो जिन्नामी म्हारला चुरगुरि क्युअी ग्युल्मु।

यसबाट हामी के प्रष्ट हुन सक्छौ भने योञ्जनको उत्पत्ति नाक्पो च्यागी गुम्बामा भएको हो।
गुम्बाको भित्तामा आकाशे रङ्गको चार भुजा (हात) भएको बाघभैरव,महांकालको रूपमा देखिने देवता लामा कोन्ज्योलाई योञ्जनले कुलदेवता मान्दछ।

यसैगरी सेदाङमा पनि योञ्जन थरको बारेमा यसरी लेखिएको छ:
बाब्सा नाक्पो च्यागी गोन्बो
फोला बब ह्रुइगी फोला लामाकोन्ज्यो
दाङ छ्याअी क्योङ पाल
हिसेकी गोन्बो छ्यासिपा तेन

योञ्जनको उत्पत्ति नाक्पो च्यागी गुम्बामा भएको हो। लामा होन्ज्यो,पाल हिसे गोन्बो छ्यासिलाई योञ्जनले कुलदेवता मान्दछ।

यसैगरी योञ्जनहरुको वर्णन दोङ-ह्रापमा पनि  सेदाङमा झै गरिएको पाइन्छ:
बब्सा नाक्पो च्यागी गोन्बोला बब
ह्रुइगी फोला लामा-कोन्ज्यो
दोङ छ्योअी क्याङ पाल हिस्ये गोन्बो छ सहि बब तेन।

अनि ताम्बा काइतेनमा अझै प्रष्टसंग लेखिएको छ:
नाक्पो च्यागी गोन्बोला बब
ह्रुइगी फोला योञ्जन-ला
लामा कोनज्यो महांकाल

नाकपो च्यागी गुम्बामा उत्पत्ति भएको योञ्जनले लामा कोनज्यो नामक कुल मान्दछ।

यसरी पाँच पू्र्खा (खेङा) को यात्रा वृतान्त वर्णन गरिएको हुङ्गा रेम्बोर्छेलाई नै योञ्जनहरुको पुर्खा मानिएको छ।वहाँको जन्म नाक्पो च्यागी गुम्बामा भएको थियो।वहाँले तान्त्रिक शक्तिको माध्यमद्वारा बाँसको टोकरीमा समेत पानी भरेर ल्याउन सक्नुहुन्थ्यो। कुनै समयमा योञ्जन लामाहरुको घिसिङ थरका लामासंग द्वन्द चर्किएको थियो।घिसिङ लामाले आफ्नो तान्त्रिक शक्तिद्वारा हावा-हुन्डरी, असिनापानी पारेर योञ्जनहरुले लगाएको बालीनाली नास पार्ने निर्णयमा पुगे र सोहो अनुरुप गरे पनि,त्यसैबेला नाक्पो च्यागी बगैंचामा हुङ्गा रेम्बोर्छेले ध्यान तपस्या गरिरहनु भएको थियो,वहाँले तपस्या गरिरहेको अवस्थामा वहाँले हावा-हुन्डरी असिनापानी पर्न लागेको थाहा पाउनुभयो। यसले कृषिमा असर पार्छ भनी तान्त्रिक शक्तिद्वारा सुनको डोको बनाएर असिनापानी डोकोमा थाप्नुभयो। उनै हुङ्गा रेम्बोर्छेका सन्तानहरु नै योञ्जन कहलिएका हुन।

बुद्धिमान मोक्तानको तामाङ वंशावली (जिक्तेन तामछ्योअी), सन्तवीर लामाको ताम्बा काइतेन लगायतका अन्य तामाङ तथा तामाङ इतरका लेखकहरुको पुस्तकमा पनि योञ्जन थरको उत्पत्तिको सम्बन्धमा उल्लेख गरिएको पाइन्छ।
उदाहरणका लागि समाजशास्त्री डोर बहादुर बिष्टको ''पिपुल अफ नेपाल - १९७२'', नगेन्द्र शर्माको '' नेपालको जनजीवन -२०३७'' गाव्रिल टाउचरको ''हिमालयन माउन्टेन कल्ट्स'', जनकलाल शर्माको ''हाम्रो समाज: एक अध्ययन - २०३९'' र वंशाटार्टको ''गोर्खज नोट अफ नेपाल - १९०८'' लगायतका  पुस्तकहरुलाई लिन सकिन्छ।

एक किंवदन्ती अनुसार दोङ ज्याल्सा (राज्य)को काग्यु च्यागी गोन्बो अर्थात नाक्पो च्यागी  गोन्बोका लामा पुरोहितहरुको सन्ततिहरुलाई नै योञ्जन थरका तामाङ हुन। यसरी विभिन्न ग्रन्थहरुमा वर्णन गरिएको योञ्जन थरका तामाङहरु शुरुआतमा सिन्धुपाल्चोक जिल्लामा पर्ने नाकपो च्यागी भन्ने स्थानमा बसोबास गर्न थालेको भनिन्छ। त्यस पश्चात्  बन्दरपा,ताङ्गाम हुँदै बसाइँसराइ हुँदै जादा वनजंगल फडानी गरेर हालको ह्रिस्याङगुमा बसोबास गरेका हुन।
योञ्जनहरु ह्रिस्याङगु लगायत धादिङ,फुलपिङ,याम्दाली, पोङ्दी, धैबुङ र वाफल आदि।ठाँउहरुलाई आफ्नो किपट भुमि मान्दछन।

हुङ्गा रेम्बोर्छे समय पश्चात् नै योञ्जनहरु ह्रिस्याङगुबाट बन्दरपा,धादिङ,फुलपिङ,याम्दाली,पोङ्दी र वाफल लगायतका ठाँउहरुमा बसाइँसराइ गरि फैलिएका थिए।यसरी आज पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनि उत्तरी हिमालदेखि दक्षिण तराईसम्मको चौहद्दी भित्र बसोबास गर्न नभएर विश्वभर छरिएर रहेको योञ्जनहरु बम्जन, लोप्चन, मिक्चन र डुम्जनहरुलाई सहथर मान्दछन। अझ सन २०१३ मा भएको तेस्रो अन्तरास्ट्रिय तामाङ सम्मेलनको घोषणापत्रमा त म्हेमे कु(नौ बाजे) र माम कु(नौ बज्यै) बाट जन्मेको सन्तानहरु नै सहथर वा सहगोत्री हुन भनेर उल्लेख गरिएको छ। जसअनुसार म्हेमे हुङ्गा रेम्बोर्छे र माम नाङ्साल्मोको सन्तानहरु बम्जन,लोप्चन,मिकचन र डुमजन नै योञ्जनहरुको सहथर हो। तसर्थ योञ्जन वर्गमा पाँचवटा थर पर्दछ,जसलाई तामाङ भाषामा ङाह्रुअी भनिन्छ।


माथी उल्लेखित योञ्जन वर्गभित्रका पाँच थरहरुका बीचमा कहिल्यै पनि विवाह हुदैन । यसरी तामाङ सामुदायमा पाँच पाण्डव मानिने योञ्जन वर्गमा रहेको योञ्जनहरु दुई प्रकार (गोत्र)का हुन्छन। जसलाई तामाङ भाषा खोर भनिन्छ। योञ्जनहरु लामा र बोन (बिच्छी) अर्थात चन खोर (गोत्र)मा विभक्त छन।तामाङ जहाँ पुगे,जहाँ बसे त्यही ठाँउका खोलानाला,डाडापाखा आदि ठाँउको नामबाट खिर(गोत्र) वर्गीकरण गरिएको पाइन्छ। त्यस्तै योञ्जन थरमा पनि पदवीका आधारमा खोर(गोत्र)छुट्याइएको छ।झाक्री प्रथा अवलम्बन गर्ने योञ्जनले बोन (विच्छी) वा चन खोर (गोत्र)को योञ्जन भन्न रुचाउँछन् भने लामा योञ्जनहरु लामा खोर(गोत्र)को योञ्जन भन्दछ।त्यसैगरी आजापूजा गरिने कुल-देवताको नाम जोडेर पनि खोर(गोत्र) निर्धारण गरिएको हुनसक्छ । लामा-कोनज्यो कुल मानेसंगै लामा  खोर(गोत्र) राखिएको हो कि भन्ने अनुमान् लगाउन सकिन्छ ।तसर्थ जसले जुन खोर (गोत्र)को योञ्जन हुँ भने पनि योञ्जन,योञ्जन नै हो। तामाङ जातिमा हिन्दु वर्णाश्रम अनुसार खोर(गोत्र) फरक भन्ने बित्तिकै विवाह हुदैन।

तामाङ जाती भित्रको एक योञ्जनको घरमा लगाउने रङ्ग पनि फरक छ। योञ्जन थरका तामाङको घरमा पुरै सेतो रङ्ग लगाइन्छ। लोप्चनको घरका भित्तामा पनि योञ्जनले झैँ पुरै सेतो रङ्गको प्रयोग गरिन्छ।तर बम्जनको घरमा रातो रङ्गको प्रयोग गरिन्छ। हिजो यसरी रङ्गको प्रयोगमा पनि आफ्नो पहिचान भएता पनि आजको योञ्जन लगायतका तामाङको घरमा बढ्दो आधुनिकता संगै इच्छा अनुसारको रङ्ग लगाउन थालिएको पाइन्छ।त्यसैगरी योञ्जनहरु जुन खिर (गोत्र)का भए पनि कुल-देवता पूजा कोठामा राख्ने प्रचलन छ।तर अरु केही थरका तामाङले आफ्नो थर अनुसार कसैले घरको थाम,बुइगल,अनि छानामा राख्ने गर्दछन।

आज आफ्नो थातथलो छडेर रोजगारीको सिलसिलामा या बसाइँसराइको कारणले देशदेशावर पुगेका योञ्जनहरु आफुलाई ह्रिस्याङ्गोली, धादिङ्गे, यामदली, र वाफले योञ्जन भनेर चिनाउने गरेका पाइन्छ। यी त बसाइँसराइ हुनुपुर्व आफ्नो पुर्वज बसोबास गर्नुभएको थातथलो हो।
यसरी वर्गीकरण गर्नु उचित हुदैन ।केही समय अगाडीको घटना हो पङ्तिकारले पुर्वकी योञ्जन बहिनीसंग फोनमा वार्ता गर्ने अवसर प्राप्त गरेको थिएँ,अहिले पनि हामी सम्पर्कमा छौँ ।मैले सोधेँ कुन खोर(गोत्र) को योञ्जन हो आङा ? आङाको जवाफ थियो: ह्रिस्याङ्गोली। तसर्थ यहाँ के भन्न खोजेको हुँ भने ह्रिस्याङगु हाम्रो उद्गम थलो हो, खोर (गोत्र) होइन।

संसारभरका योञ्जनहरु एक हौ,फरक छैनौं भन्ने भावना जागृत होस,धन्यवाद !!!


पङ्तिकार फलाँटे -४ जुरेडाँडा,काभ्रेपलान्चोक स्थायी ठेगाना भएको योञ्जन थरका तामाङ हुन।





              तामाङ बौद्ध महासंघ मलेसिया !!!



Letest Video

Popular Posts