Sunday, May 8, 2016

       तामाङ बौद्ध महासंघ नेपाल

Copyright :-

महोदय,
          उपरोक्त सम्बन्धमा गत बर्ष २०७२ बैशाख १२,१३ र २९ गते गएको विनाशकारी महाभुकम्पमा परि देशमा भौतिक संरचनाको साथै ठुलो संख्यामा मानवीय क्षति भएको कुरा सर्वविदित्तै छ। त्यसै क्रममा २०७२ बैशाख २९ गते गएको महाभुकम्पामा परि (दोलखा जिल्लाको उत्तरी ब्यापारिक केन्द्र सिंगटी बजारमा ) राहत लिन आएको भुकम्प पीडितहरु र स्थानीय बासिन्दाहरु पुरिएर सयौंको संख्यामा एकै स्थानमा र अन्यत्र पनि ठुलो सन्ख्यामा मानिसको ज्यान गुमाएको र धेरै जगत प्राणिहरुको मृत्यु भएको कारण त्यस भेगलाई बौद्ध धार्मिक बिधिपुर्बक शुद्धीकरण दिवंगत मृतआत्माहरुको चिरशान्तिको तथा विश्वशान्तिको लागि उक्त असमाहिक घटनाको वार्षिक तिथि पारेर र हलै मात्र छिमेकी रास्ट्र जापानमा समेत महाविनासकारी भुकम्पले ठुलो धनजनको क्षति पुर्‍याएको हुनाले ( पूज्यनिय औतारी धर्मगुरु लोसाङ नाम्ग्याल रिन्पोछे ) साथै अन्य विद्वान लामागुरुहरुबाट बौद्ध धर्म बिधिपुर्बक सम्पन्न गरिने ( महायज्ञ पुजा तथा वाङ अभिषेक ) कार्यक्रमको आतिथ्यता ग्रहणको लागि आमन्त्रण गर्दछौ।

पुजा कार्यक्रम
२०७३ बैशाख २७: लामा गुरुहरु भेला
२०७३ बैशाख २८:
-बिहान ७ देखि ९ बजे सम्म:साङ्सेर्केम,डोल्छ्योग तारा )पुजा
-बिहान ९ देखि ११ बजे सम्म: भोजन ग्रहण
-बिहान १२ देखि २ बजे सम्म:हो ( अमिताभ बुद्ध) छ्योग पुजा
-अपरान्ह ३ देखि ५ बजे सम्म: च्योइ पुजा
-बेलुकी ५ देखि ५:३० सम्म: सुर पुजा

२०७३ बैशाख २९ गते:
-बिहान ७ देखि ११ बजे सम्म: नाग पुजा,मार्मे तथा ङोवा मोन्लाम
-१२ देखि २:३० सम्म: छेवाङ आयु अभिषेक
-३:०० बजे पुजा समापन ।

उक्त महायज्ञ पुजा तथा वाङ अभिषेक कार्यक्रम भएको हुँदा सम्पुर्ण दोलखा सिगंटी आसपास का दोलखाबासी लाई उपस्तिथिको लागि तामाङ बौद्ध महासंघ मलेसिया हार्दिक आमन्त्रण गर्दछौ/गर्दछ।

सोनाम नोर्बु तामाङ :-

Saturday, May 7, 2016

            धर्मचन्द्र योन्जन तामाङ
नाम्सादिम शब्दको शाब्दिक अर्थ गाउँघर हो । तामाङ भाषामा नाम्सा शब्दले गाउँलाई जनाउदछ भने दिम शब्दले घर बुझाउदछ। यहि तामाङ भाषाका दुई शब्द नाम्सा र दिम शब्दको संयोजन नै नाम्सादिम हो।

भनिन्छ हजार माइलको यात्रा एक पाइलाबाट शुरूवात हुन्छ । हो त्यही हजार माइलको यात्राका पाइलाहरु मध्येको एक पाइला हो नाम्सादिम। नाम्सादिमको जन्म बोल्न नसक्नेहरुलाई पनि बोल्न लगाउनै पर्छ अनि आवाज विहिन तामाङ ग्रामिण बस्तीहरुको आवाजलाई बुलन्द पार्न जरुरी छ भन्ने उद्धेश्यका साथ भएको थियो। चेतनामूलक सन्देशका साथै तामाङ जातिको अस्तित्वको सुनिस्चितताका लागि नाम्सादिम रेडियो कार्यक्रम उत्पादन एबम प्रशारण गर्ने ब्यक्ति पत्रकार हिरामान बल तामाङ नै हुन।

रेडियो नमोबुद्ध एफ.एम. १०६.७ मेगाहर्ज,धुलिखेल,काभ्रेपलान्चोक बाट साप्ताहिक शृङ्खलाको रूपमा उत्पादित एबम प्रशारित रेडियो कार्यक्रम नाम्सादिम हाल रेडियो सिन्धु एफ.एम. १०५.० मेगाहर्ज,चौतारा,सिन्धुपाल्चोक बाट प्रशारण भइरहेको छ। तामाङ ग्रामीण बस्तीहरुको समग्र आवाज लाई बुलन्द पार्न उत्पादन एबम प्रशारण गर्न थालिएको रेडियो कार्यक्रम देश र बिदेशमा समेत चर्चाको शिखर चुम्न सफल भयो ।

कार्यक्रम उत्पादन तथा प्रशारणका क्रममा पत्रकार हिरामान बल तामाङले थुप्रै समस्याहरुलाई चिर्दै,सिध्याइ नै दिने धम्कीपुर्ण शब्दहरु पचाउदै कार्यक्रम नाम्सादिमलाई अगाडी बढाइनै रहे। र त आज तामाङ भाषा,लिपि,कला,संस्कृति र धर्मको संरक्षण,सम्बर्द्धन एबम विकास गर्दै तामाङ समुदायको आर्थिक,सामाजिक र शैक्षिक स्तरोन्नति गराइ सभ्री समाज निर्माण गर्ने उद्देश्यका साथ नाम्सादिम छोरङान नेपाल नामक सामाजिक संस्थाको रूपमा रेडियो कार्यक्रम नाम्सादिम हामीमाझ उपस्थित भएको छ ।

हो उही रेडियो कार्यक्रम नाम्सादिम आज नाम्सादिम छोरङान नेपाल नामक बैधानिक संस्थाको नामले संस्थागत भएको छ ।नाम्सादिम छोरङान नेपालले नेवा आर्ट ट्रेडर्स नेपाल प्रा.लि. काठमाडौ मार्फत पत्रकार हिरामान बल तामाङले ती तामाङ ग्रामिण बस्तहरुमा गएर धेरै मेहनत गरेर उत्पादन तथा प्रशारण गरेको रेडियो कार्यक्रम नाम्सादिम मातृभाषा तामाङबाट खस भाषामा अनुबाद गरि नाम्सादिम नाम राखेरै छापास्वरुप अर्थात पुस्तकको रूपमा प्रकाशन गरेको रहेछ। मलाई पनि कार्यक्रम उत्पादन तथा प्रस्तोता हाल लेखक तथा पत्रकार हिरामान बल तामाङले नाम्सादिम पुस्तक उपलब्ध गराउनु भएको थियो तीन महिना अघि होला सायद। पुस्तक उपलब्ध गराइदिनु भएकोमा पत्रकार हिरामान बल तामाङ लाई हार्दिक धन्यवाद ।

नाम्सादिम पुस्तक भित्र निकै जनचेतनामूलक सन्देश हरु रहेछ ,आँसु -हाँसो ,सुख-दु:ख अनि मानव जिबनमा भए गरेका उतारचढावका कथाहरु ओ ग्रामिण बस्तीहरु बाट साउण्ड रेकर्डरमा कैद गरेर अथवा ती ग्रामिण बस्तीहरुबाट कथाका पात्रहरुलाई एफ.एम. स्टुडियोसम्म ल्याएर प्रशारित कार्यक्रम हरुको छापा स्वरुप अध्ययन गर्न पाउँदा असाध्यै खुशी लागेको छ ।

नाम्सादिम भित्रको एउटा अन्तर्बार्ता जसले मेरा नयन हरुमा आँसुको मुल फुटाएरै छाड्यो,सायद काभ्रेपलान्चोक जिल्ला पात्लेखेत - ९,फस्कोट्की लक्ष्मी तामाङ जस्ती पीडित (जसले एउटै फरिया ओढ्ने र ओछ्याउने गरेर रात कटाएकी थिइन) को अन्तर्बार्ता कसैले एफ.एम. स्टेशनसम्म ल्याएर बजाएको छैन होला। सासू-ससुरा अनि नन्द-आमाजुले दिएको पिडालाई लक्ष्मी तामाङले गहभरी आँसु बनाएर आम मानव समुदायलाई रेडियो सञ्चर माध्यम बाट सुनाएकी घटना हामिले आज नम्सादिमको लोखित दस्तावेज मार्फत पढ्न पाउनेछौ।अनि क्यान्सर जस्तो रोगले ग्रसित हिरालाल तामाङ्को अन्तर्वार्ता पनि निकै मर्मस्पर्शी छ,जो आज नाम्सादिम रेडियो कार्यक्रमको सहयोग कै कारण क्यान्सर जस्तो रोगबाट पनि छुटकारा पाएर खुशीसाथ जिइरहेको सुन्न र पढ्न पाउछौ ।

काभ्रेपलान्चोक जिल्लामा तामाङ लगायतका आदिवासी जनजातिको नाममा छुट्ट्याइनु पर्ने बजेटमा स्थानीय विकास अधिकारीले नीति नियम विपरीत बिनियोजन गरेको भन्ने विषय लाई पनि पत्रकार बल तामाङले जोडदार तवरले अन्तर्वार्ता मार्फत उठाएका छन। तामाङ समुदायले तेमाल जात्रा,फापेरे-सेलो,म्हेनङ वा म्हेनिङ पर्व,भाषा,लिपि,धर्म,संस्कृति लगाएतका तामाङ समुदायको ऎतिहासिक महत्त्वका विषयहरुमा प्रशारण गरिएको रेडियो कार्यक्रम पुस्तकको रूपमा अध्ययन गर्न पाउनेछ। ल्होछारको।बिसयमा पनि केही हदसम्म प्रष्ट पार्न खोजिएको छ भने नाम्सादिमले तामाङ समुदायले सदियौ देखि प्रचलनमा ल्याइरहेको बुद्धचिता मालाको बिसयमा प्रशासनले अँखा लगाएको जस्ता गहन मुद्दालाई उठाएको पाइयो।

अनन्त: तामाङ समुदायले हिरामान बल तामाङलाई पत्रकारको रुपमा त चिनिहाल्छन नै तर ती दुरदराजका तामाङ युवाहरु जो अध्ययन,अध्यापनको सिलसिलामा उपत्यका अनि आसपास आइपुग्दा नाम्सादिम तामाङ शब्द देख्नेबित्तिकै पुस्तक खरिद गर्न उत्सुक हुन्छ र खरिद गर्छ पनि।तर यहिनिर ती युवाहरुलाई लेखक तथा पत्रकार हिरामान बल तामाङको फोटो सहितको संक्षिप्त परिचयको अभाब खड्किरहेका महसुस अवश्य पनि हुनेछ।खैर जे होस तामाङ समुदायको बारेमा अध्ययन गर्ने अध्ययनकर्ताहरुका निमित्त पत्रकार एबम लेखक हिरामान बल तामाङको नाम्सादिम पुस्तक एउटा उत्कृष्ट अध्ययन सामग्री हुनसक्छ जस्तोतो मलाई लागेको छ।
कभर डिजाइन एकदमै आकर्षक छ,पुस्तकको अग्र पेजमा तामाङ जातिको प्रचलित घरको तस्बिर छ अाँगनमा लुङ्दर-दर्ज्यु (बौद्ध तोरण) टाँगिएको छ । पछिल्लो कभर पेजमा तामाङ बस्ती झल्काउने प्रयास गरिएको देखिन्छ।
थुजेछे !!!
         तामाङ बौद्ध महासंघ मलेसिया !!!
विशुद्ध धार्मिक सामाजिक संस्था तामाङ बौद्ध महासंघ नेपाल को अर्को प्रवास संगठन तामाङ बौद्ध महासंघ मलेसिया गत बर्ष 01 जुलाई 2015 मा गठन भएको थिए।

वरिष्ठ धर्मगुरु एंव तामाङ बौद्ध महासंघ नेपाल का केन्द्रिय अध्यक्ष डा.गेशे ङिमा तामाङ ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। भने निम्न ७ सदस्यीय तामाङ बौद्ध महासंघ मलेसियाको कार्य समिति गठन गरिएको थिए।
जसमा कार्यसमितिहरु :-
१) अध्यक्ष - अनिल तामाङ
२)उपाध्यक्ष - बिबि तामाङ
३)महासचिव - सोनाम नोर्बु तामाङ
४)कोषाध्यक्ष - प्रेम तामाङ
५)सदस्य - सोनाम तामाङ
६)सदस्य - मेनसाङ तामाङ
७)सदस्य - हेमन्त तामाङ

तसर्थ यस वार्षिक साधारणसभा आउने 10 जुलाई 2016 को दोस्रो हप्तामा ( आइतबार )हुने बारे तामाङ बौद्ध महासंघ मलेसिया का अध्यक्ष लामा गुरु अनिल तामाङ ज्युले जानकारी गराउनु भएको छ।

उक्त वार्षिक साधारणसभा का लागि सम्पुर्ण पदाधिकारी सदस्यहरुमा उपस्थित भइदिनु हुन पनि यस तामाङ बौद्ध महासंघ मलेसिया परिवार विनम्र हार्दिक निमन्त्रणा गर्दछौ/गर्दछ।

तामाङ बौद्ध महासंघ मलेसिया !!!
बिगत २ बर्ष देखि मलेसिया स्थित सेलेङ्गोर केलाङ मा कार्यरत तामाङ बौद्ध महासंघ मलेसियाका उपाध्यक्ष हिमाल थिङ तामाङ (चन्द्र ) आज मिति 7 मे 2016 मलेसियान समय अनुसार बेलुकी 5:35pm एयर एसिया मार्फत फ्लाइट हुने जानकारी गराउनु भएको थियो।

बिदाई कार्यक्रम भने 6 मे 2016 सनिवार मलेसियाको मुटु कोतरया नेपाली किचेन रेस्टुरेन्टमा राखिएको थियो जसमा तामाङ बौद्ध महासंघ को अध्यक्ष अनिल तामाङ र महासचिव सोनाम नोर्बु तामाङ र केही सदस्यहरुको उपस्थिति थियो भने अध्यक्ष अनिल तामाङले उहाँ को यात्रा आरामदायीको कामना गर्दै , बौद्ध धर्म अनुसारको खादा र सम्झनाका कोसेली हस्तान्तरण गरिएको तामाङ बौद्ध महासंघ मलेसिया का महासचिव सोनाम नोर्बु ले बताउनु भएको थियो।

तामाङ बौद्ध महासंघ मलेसिया ।

Friday, May 6, 2016

गत मे १ तारीख बुद्ध जयन्ती बारे छलफल मा लिएको एक झलक


ल्हासो फ्याफुल्ला _______________

×××××××××××××××××××××××××××××××××××



हार्दिक निमन्त्रणा , हार्दिक निमन्त्रणा , हार्दिक निमन्त्रणा ,

कोष बोम्जन तामाङको Back again with Tamang Flover मलेसियामा बिमोचन हुँदै

यहि आउने 2016 मे 21 तारीख सनिवार २५६० औ बुद्ध जयन्तीको अवसर पारेर गित सङ्गीतलाई सानै उमेर देखि माया गर्ने तामाङ बौद्ध महासंघ मलेसियाका केन्द्रिय धार्मिक सदस्य कोष बोम्जन तामाङको Back again with Tamang Flover को एउटा music Video सहित मलेसियामा बिमोचन गरेर सार्बजनिक गर्ने भएको हुदा सम्पुर्न गित संगीतलाई माया गर्नु हुने नेपाली दाजुभाई दिदिबहिनीहरु निम्न स्थानमा उपस्थित भई २५६०औ बुद्ध जयन्ती पुजा पाठ तथा बिमोचन कार्यक्रममा सहभागी भई उक्त कार्यक्रमको सोभा बडाई दिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ भने तेहि दिन साझ ब्रेकफिल्ड बुद्ध बिहार बाट Buddha Was Born In Nepal को मुल नाराको साथ र्याली गर्ने भएको हुदा कुनै दुख नमानी उपस्थित भई दिनु हुन पनि हार्दिक अनुरोध गर्दछौ | ल्हासो थुजेछे |

स्थान : 5 लेवन होटेल कोलालम्पुर 
चाहिन टावन 
समय बिहान १०:०० बजे 
मिति : 2016/ 21 मे 

अयोजक 
आदिवासी जनजाती महासंघ मलेसिया 
तामाङ बौद्ध महासंघ मलेशिया लगाएत 
अन्ने पाँच वटा सस्थाहरु रहने छ 

तामाङ बौद्ध महासंघ मलेसिया
                           ल्हास्सो फ्याफुल्ला टाशिदेलेग !!!
यस तामाङ बौद्ध महासंघ मलेसिया संस्थाको आज देखि online media संचालन मा आएको छ । कृपया यहाँ हरुको सल्लाह सुझावको अपेक्षा गरिएको छ ।

तामाङ बौद्ध महासंघ मलेसिया परिवार
 

Letest Video

Popular Posts